• १५ वैशाख २०८१, शनिबार

विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान हुने

blog

विद्यालयलाई सामग्री हस्तान्तरण गरिदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असार २७ गते । नाँम्खा र सिमकोट गाउँपालिकाका तीसवटा आधारभुुत विद्यालयलाई फोरजी ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान हुने भएको छ । नेपाल टेलिकमको ग्रामीण दुर सञ्चार कार्यक्रम अन्तर्गत उक्त इन्टरनेट सेवा जडानका लागि सामग्री विद्यालयलाई हस्तान्तरण गरिएका हो । 

नाँम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले गाउँपालिकाको १७ वटा आधारभूत विद्यालयलाई फोरजी ब्रोडब्याण्ड इन्टरनेट सेवाका लागि मेशीनहरु बितरण गरिएको बताउनुुभयो । यसबाट ती विद्यालयमा इन्टरनेटको पहुुँच पुुग्नेछ । विद्यालयमा इन्टरनेट प्रबिधिको पहुुँच बढाउन नेपाल टेलीकमले सो सामग्री उपलब्ध गराएको र गाउँपालिकाले विद्यालयलाई सामग्री हस्तान्तरण गरेको बताउनुुभयो । 

बिधुुतको ब्यवस्था भएका विद्यालयमा तत्काल र नभएका विद्यालयमा गाउँपालिकाले सोलारको ब्यवस्था गरेर सो सेवा जडान गर्ने बताइएको छ । त्यसैगरी टेलिकमको सोही कार्यक्रम अन्तर्गत सिमकोट गाउँपालिकाका १३ वटा विद्यालयलाई पनि मेशिनसहित सामग्री बितरण गरिएको छ । गाउँपालिकाले एक–दुुई दिनमा प्राबिधिक खटाएर इन्टरनेट सेवा जडान गर्ने भएको छ । 

सिमकोटका अधिकांश विद्यालय बिधुुतको पहुँचमा रहेका छन् । सिमकोट गाउँपालिका –२ को पन्चमुुखी आधारभूत विद्यालयका शिक्षक लक्ष्मण बोहराले हाल इन्टरनेटको पहुँचविनै पठनपाठन भइरहेकोबेला सो सेवा जडानपछि विद्यालयलाई अतिरिक्त क्रियाकलाप खोजेर पठनपाठनमा सहयोग पुुग्ने बताउनुुभयो । जिल्लाका अन्य पाँचवटा गाउँपालिकाका सवै आधारभूत विद्यालयमा सो कार्यक्रम परेको छ ।