शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), कात्तिक २३ गते । गुल्मीदरवार गाउँपालिका –१ बोटे गाउँकी ५० वर्षीया दिलकुमारी बोटे मृत अवस्थामा फेला पर्नुभएको छ । प्रहरीका अनुसार बोटे कात्तिक २१ गते घरबाट कोही कसैलाई जानकारी नदिइ हिडेको र त्यसयता सम्पर्कविहीन भएको परिवारले जनाएको थियो।
खोजतलासका क्रममा आइतबार साँझ स्थानीयले बोक्सिरह भन्ने स्थानमा शब फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
मृतकको मानसिक अवस्था ठिक नभएको सारुले बताउनुभयो । अहिले इलाका प्रहरी कार्यालय रिडी र मजुवा प्रहरी चौकीको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । शब पोस्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइने प्रहरीले जनाएको छ ।