अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक २३ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, स्याङ्जाको २४ औं साधारणसभा तथा नवौं अधिवेशनले जगत गौडेलको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
वालिङको वालिङ उद्योग वाणिज्य संघको सभाहलमा गए राति सम्पन्न भएको अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्य समिति चयन गरेको हो । समितिमा प्रथम उपाध्यक्ष राजेश भण्डारी, द्वितीय उपाध्यक्ष अनिल लम्साल, महिला उपाध्यक्ष तारा पौडेल श्रेष्ठ, सचिव रेशम थापा मगर र सह–सचिव पावलबहादुर सिंह (लक्ष्मण) ठकुरी, कोषाध्यक्षमा रबिना गुरुङ, सह–कोषाध्यक्षमा सोम बस्याल निर्विरोध चयन हुनु भएको छ ।
समितिको सदस्यमा जीवन थापा, कृष्ण मल्ल ठकुरी, सगुन थापा, यमबहादुर नेपाली, एलिना गुरुङ, सुशील पोख्रेल, भोजकुमारी पौडेल, सुवास गुरुङ, यज्ञप्रसाद डुम्रे, बद्री थापा, लिलबहादुर थापा, यानिमाया गुरुङ शिला चयन भएको प्रतिष्ठानका पूर्वअध्यक्ष नेत्र खड्काले जानकारी दिनुभयो ।
यस्तै, समितिले प्रतिक्षा काफ्ले, मन्जु खनाल र सुरेश विकलाई सदस्यमा मनोनित गरेको छ । अधिवेशनको प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले गर्नुभएको थियो । कलाकार राजु गुरुङ, रामजी खाँण, श्याम रानासहितका कलाकारहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।