धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरमा रहेको जडीबुटी प्रशोधन केन्द्र तीन वर्षपछि पुनः सञ्चालनमा आउने भएको छ । २०७६ सालमा मधेश प्रदेश सरकारले भाटीघारी सामुदायिक वन उपभोक्ता समूह पुष्पवलपुरलाई जडीबुटी प्रशोधन गर्ने मेसिन उपलब्ध गराएको थियो । तीन महिनासम्म सञ्चालन गरिएको जडीबुटी प्रशोधन केन्द्र कोभिड–१९ का कारण बन्द गरिएको थियो । बन्द अवस्थामा रहेको सो प्रशोधन केन्द्रमा रहेको मेसिन मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याउने तयारी भएको छ ।
असारको बेलामा हाम्रो खेत खलामा आली बाउसे गरेर धान रोप्ने हिलोमा ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आफ्नो पाँच वर्षीय कार्यकालमा सडक, पर्यटन, फोहोर व्यवस्थापन, खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनुभएको छ । उहाँले बनेपाको फोहोर काठमाडौँ महानगरपालिकाले लैजाने स्थानमा व्यवस्थापन गरिँदै आएको बताउँदै काठमाडौँको फोहोर रोकिएको खण्डमा काभ्रेको समेत फोहोर रोकिने बताउनुभयो ।
काठमाडौं बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौं १५ स्वर्ण, ५ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो ।
विमर्श कक्षा ५ मा पढ्छन् । पढ्नमा खासै अब्बल नभए पनि उनले सबै कुरा जानेका छन् । घरमा आमाबुवालाई सघाउन उनलाई निक्कै मन पर्दछ । कसैसँग झगडा गर्ने उनको बानी पनि छैन । विमर्श कक्षामा सबैको प्रिय छन् । सधैँ उज्यालो अनुहार लगाएर विद्यालयबाट आउने विमर्शको अनुहार भने आज केही मलिन र पिर परेको जस्तो देखिन्थ्यो । सधैँ साथीसँग गफ गर्दै विद्यालयबाट आउने ऊ, आज भने एक्लै फर्किएको थियो । अँध्यारो अनुहार लगाउँदै छोरो एक्लै आएको देखेर उसका बाबु सन्तोष आश्चर्यमा पर्छन् । बिहान रमाउँदै गएको छोराको अनुहार बिग्रिएका कारण जान्न उनलाई मन लाग्छ । “आज मेरो छोराको उज्यालो अनुहार किन यसरी अँध्यारो भएको होला ?” बाबुको कुरालाई उसले सुने नसुनेझै गरेर जवाफ फर्काउँदैन
विश्व एथलेटिक्स च्याम्पियनसिपमा धावक कृष्ण बस्नेतले प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई १५ देखि २४ तारिखसम्म अमेरिकाको पोर्टल्यान्डमा हुने प्रतियोगिताको म्याराथनमा कृष्णले प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघले जनाएको छ ।
भाइबहिनीहरू, तिमीहरूलाई थाहा छ ? सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक २०७९/८० को आयव्ययको विवरण (बजेट) अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभयो । नेपालमा कात्तिकबाट बजेट निर्माणको तयारी सुरु हुन्छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्छ । यस वर्ष पनि सरकारले आफ्नो वार्षिक बजेट प्रस्तुत गरेको छ ।
खराव ब्याटिङका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा सोमबार राति सकिएको खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भयो ।
१५ दिनदेखि लगातार सक्रिय बनेको मौसम पछिल्लो समय केही कम भएको छ । मनसुनी प्रणाली कम भएपनि सक्रिय भएकाले मंगलबार पनि देशभर बर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शैक्षिक सत्र सुरु भएको तीन महिना बित्न लाग्दासमेत सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाले पाठ्यपुस्तक नपाएपछि सोमबार गाईघाटमा विद्यार्थीले जुलुससहित बजार परिक्रमा गरेका छन् । जनक शिक्षा सामग्री केन्द्रले समयमै किताब छापेर बजारमा ल्याउन नसकेपछि सदरमुकामस्थित त्रियुगा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाले हामीलाई पाठ्यपुस्तक चाहियो भन्दै जुलुस निकालेर गाईघाट बजार परिक्रमा गरेका हुन् ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २८ गते । नबिल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गरेपछि सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । मर्जपछि ‘नबिल बैङ्क लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको हो ।‘क’ वर्गको इजाजतप्राप्त नबिल बैङ्कले नेपाल राष्ट्र बैङ्कको अनुमतिबाट नेपाल बङ्गलादेश (एनबी) बैङ्कलाई प्राप्ति गरेको हो । प्राप्तिसँगै अब नेपाल बङ्गलादेश बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्वको जिम्मेवारी नबिल बैङ्कले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वित्तीय संस्था भएको छ । समग्र बैङ्किङ प्रणालीको आवश्यकतालाई ध्यानमा राखी सर्वसाधारणको विश्वासनीयतामा थप अभिवृद्धि गर्न यो कदम चालेको बैङ्कका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुङ्गानाले बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले सोमबार भेट गर्नुभएको छ ।ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा उहाँहरूबीच भेटवार्ता भएको हो । सो अवसरमा माओवादी केन्द्रका नेताहरू वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन र पम्फा भुसालको पनि सहभागिता रहेको थियो ।
मधेश प्रदेशमा सामाजिक सुरक्षा सुनिश्चित गर्न प्रदेश सरकार क्रियाशील रहेको एक कार्यक्रमका वक्ताहरूले बताउनुभएको छ । विपन्न, अशक्त र असहाय अवस्थामा रहेका एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई राज्य आफूसँग रहेको अनुभूति मधेश प्रदेश सरकारले लिएको दाबी सरकारका एक सदस्यले गर्नुभएको छ ।
सरकारी सार्वजनिक निर्माणका काम निर्धारित समयमा सम्पन्न नगर्ने प्रवृत्ति पछिल्लो समयमा बढ्दै गएको पाइएको छ । ठेक्का सम्झौताअनुसार काम पूरा नगर्ने ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने काम पनि हुँदै आएकोमा बागमती प्रदेशको प्रदेश यातायात पूर्वाधार निर्देशनालयमार्फत ठेक्का आह्वान गरिएको हेटौँडाको पुल भने निर्धारित समयभन्दा अगावै सम्पन्न भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पहिलो दिन स्थानीय तह निर्वाचनको समीक्षा गरिएको छ । उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको कार्यसूची र प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय