• १८ असार २०८१, मङ्गलबार

फोहोर व्यवस्थापन गरिने

blog

बनेपा, असार २८ गते  । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आफ्नो पाँच वर्षीय कार्यकालमा सडक, पर्यटन, फोहोर व्यवस्थापन, खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताउनुभएको छ । उहाँले बनेपाको फोहोर काठमाडौँ महानगरपालिकाले लैजाने स्थानमा व्यवस्थापन गरिँदै आएको बताउँदै काठमाडौँको फोहोर रोकिएको खण्डमा काभ्रेको समेत फोहोर रोकिने बताउनुभयो ।

उहाँले आफ्नो कार्यकालमा बनेपा नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा वडाको फोहोर वडामा नै व्यवस्थापन गर्ने नीति अघि सारिएको बताउँदै यसो गर्दा फोहोर उत्पादनसमेत कम हुने बताउनुभयो । नगरप्रमुख शाक्यले भन्नुभयो, फोहोर व्यवस्थापनका लागि नगरपालिकाले घरभित्रको फोहोर घरभित्र नै व्यवस्थापन गरी त्यसबाट कम्पोस्ट मल बनाई कौसी खेतीमा प्रयोग गर्ने, प्लास्टिक र कागजजन्य फोहोरलाई नगरपालिकाले किनेर लैजाने लक्ष्य राखेको छ ।

उहाँले नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि चारवटा विद्यालयमा नमुना कार्यक्रम सञ्चालन गरिने र काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरेर नगरभित्र विभिन्न विषयको अध्यापन गराउने तथा शिक्षकलाई शिक्षण सिकाइसमेत गरिने बताउनुभयो । 

बनेपा–नगरकोट सडकको स्तरोन्नति गरी पर्यटक आवागमनमा सहजता ल्याउने, नगरपालिकाका विभिन्न पर्यटकीय क्षेत्रसम्मको सडक स्तरोन्नति गर्नुका साथै पर्यटकीय विकासका लागि विभिन्न पूर्वाधार निर्माण गर्ने योजना बनाइएको छ । निजी क्षेत्रको लगानीमा दुई सय शøयाको अस्पताल, प्रदेश सरकारको सहयोगमा ५० श-याको आर्युवेद अस्पताल निर्माणका लागि जग्गा खोजी भएको र सरकारले बनेपाको वडा नं. ४ मा १५ श-याको आधारभूत अस्पताल निर्माणसमेत गर्न लागेको उहाँले सुनाउनुभयो । 

प्रमुख शाक्यले भक्तपुरको सूर्यविनायक–धुलिखेल चार लेनको सडक समयमा नै सुरु गर्न पहल गर्ने, अरनिको राजमार्गको साँगादेखि केयूचोकसम्म सडक तथा भित्री सडकमा समेत सडकबत्ती जडानको काम सुरु गरिएको जानकारी दिनुभयो । नगरभित्र रहेका खानेपानीको स्रोतलाई व्यवस्थित गरी नगरवासीलाई खानेपानी सुविधा पु-याउनुको साथै काभ्रे उपत्यकाको खानेपानी आयोजनाको समस्या बुझेर बनेपाका धारामा पानी खसाल्ने बताउनुभयो ।