• १५ कात्तिक २०८१, बिहिबार

परीक्षाको नम्बर

blog

विमर्श कक्षा ५ मा पढ्छन् । पढ्नमा खासै अब्बल नभए पनि उनले सबै कुरा जानेका छन् । घरमा आमाबुवालाई सघाउन उनलाई निक्कै मन पर्दछ । कसैसँग झगडा गर्ने उनको बानी पनि छैन । विमर्श कक्षामा सबैको प्रिय छन् । 

सधैँ उज्यालो अनुहार लगाएर विद्यालयबाट आउने विमर्शको अनुहार भने आज केही मलिन र पिर परेको जस्तो देखिन्थ्यो । सधैँ साथीसँग गफ गर्दै विद्यालयबाट आउने ऊ, आज भने एक्लै फर्किएको थियो । अँध्यारो अनुहार लगाउँदै छोरो एक्लै आएको देखेर उसका बाबु सन्तोष आश्चर्यमा पर्छन् । बिहान रमाउँदै गएको छोराको अनुहार बिग्रिएका कारण जान्न उनलाई मन लाग्छ । “आज मेरो छोराको उज्यालो अनुहार किन यसरी अँध्यारो भएको होला ?” बाबुको कुरालाई उसले सुने नसुनेझै गरेर जवाफ फर्काउँदैन 

कहिल्यै पनि नरिसाउने छोराले आफूले सोधेको कुराको जवाफ पनि नफर्काएर सरासर भित्र गएपछि सन्तोषलाई नरमाइलो लाग्छ । कतै पेट दुखेर या टाउको दुखेर होला भनेर उनले खासै चासो दिँदैनन् ।

विमर्श घरभित्र पसेको करिब १० मिनेटपछि भित्रबाट सुक्कसुक्क गरेको आवाज आउँछ । केही क्षण अगाडिसम्म अँध्यारो अनुहार लगाएको छोरा रोएको सुनेपछि हातमा रहेको चनाको छ्वाली फ्याँकेर उनी कोठाभित्र जान्छन् । “छोरा के भयो तिमीलाई भन न, म छु नि तिम्रो बुवा । रोएर अनि रिसाएर समस्याको समाधान हुन्छ त ? ” उसले छोरालाई सुम्सुम्याउँछ । बाबुले सोधेको प्रश्नको जवाफ दिनुभन्दा पनि विमर्श झन् बेस्सरी रुन थाल्छ ।


सन्तोषले निक्कै करकाप गरेपछि उसले रुन्चे आवाजमा मुख खोल्यो “यस पटक परीक्षामा १२औँ आएँ” यति भनेर ऊ फेरि रुन थाल्यो ।

“ला, हेर यस्तो सानो कुरामा पनि रुन्छन् त ?” 

“अनि पहिला म ८औँ आएको थिएँ नि त, राम्रोसँग पढ्दा पनि  परीक्षमा नम्बर आएन, मलाई धेरैले जिते” विमर्श हिक्क हिक्क गर्न थाल्यो । सन्तोषलाई छोरा रुनुको कारणबारे सबै थाहा भयो । 

”ल भन तिमी पहिलाभन्दा पढाइमा कमजोर भएका छौँ त ?”

विमर्शले “छैन ” भन्ने भावमा टाउको दायाँबायाँ हल्लाउँछ । 

“अनि नम्बर आएपछि मात्रै जान्ने नआएपछि नजान्ने हुन्छ त” सन्तोषको कुराले विमर्शलाई छुन्छ ।

“अनि सबै जान्ने भएर पनि म किन पहिला भन्दा पछाडि भएँ त ? “विमर्शले प्रश्न ग¥यो । 

“हेर छोरा पढ्नु भनेको जान्नु हो, तिमीले सबै कुरा जानेका छौ भने त्यो नै सबैभन्दा राम्रो कुरा हो, अब नम्बर भन्ने कुरा कहिले आउँछ, कहिले आउँदैन । फेरि नम्बर धेरै आयो भन्दैमा राम्रो र नआउँदैमा नराम्रो भन्न मिल्दैन” सन्तोषले थप सान्त्वना दिए “परीक्षामा कहिलेकाहीँ हामीले नसोचेका प्रश्नहरू आएका हुन्छन् जसले गर्दा 

सोचजस्तो नम्बर नआउन पनि सक्छ ।”

  “अनि मलाई सबै कुरा आउने भएर पनि सरले किन पछाडि पारिदिनु भयो त ?” विमर्शको अझै चित्त बुझेको थिएन ।

 “त्यस्तो होइन नि, तिमीले जानेको कुरा 

लेख्ने बेलामा राम्रोसँग नलेखेको पनि हुन सक्छ नि । 

   “अब तिम्रो साथी समर सधै प्रथम हुन्छ र ? तर पनि ऊ कहिल्यै रोएको थाहा छ” 

“नाई छैन बाबा” उसले बुबालाई अङ्कमाल गर्छ । 

“एक पटक पछाडि परेपछि फेरि अर्को पटक राम्रो गर्ने त हो नि” 

बुवाको सान्त्वनाले विमर्शको मन हल्का भयो । वास्तवमा उसले सामान्य कुरा यस्तो हो भनेर ख्याल नगर्दा परीक्षामा राम्रो लेख्न नसकेको कुरा बोध ग¥यो । 

“अबदेखि साना साना कुरा पनि जान्ने गरी पढ्छु, अनि नम्बर मैले सोचेजस्तो आएन भने पनि रुँदिन बरु मेहनत गर्छु, थ्याङ्क्यु बाबा” बुबाको गालामा चुम्बन गरेर विमर्श भान्सामा खाजा खानका लागि ओर्लियो ।