नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा जारी छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा सुरु भएको हो।
जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ट्रिपरभित्र १७ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गर्ने दोलखा गौरीशङ्कर गाउँपालिका–८ निवासी ३२ वर्षीय ट्रिपर चालक ज्ञानबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेकपा (माओवादी केन्द्र)की सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरुको अन्त्य हुन नसकेको बताउनुभएको छ ।
राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण सङ्घीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गर्नुभएको छ ।
राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा 'पार्वती'ले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्रसम्बन्धी भएको बेथिति रोक्न सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकहरुको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताउनुभएको छ ।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक जारी छ ।
२०९औँ भानु जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबार भानुभक्तको जीवनी विषयक प्रवचन तथा भानुभत्तीय रचना वाचन कार्यक्रम आयोजना गरियो । नयाँ पुस्तालाई भानुको जीवनी तथा रचनाका बारेमा परिचित गराउने उद्देश्यले विद्यालय तहका विद्यार्थीलाई भानुभक्तीय रचना वाचन गराइएको हो ।
सिराहाको दक्षिण–पूर्वी भेग भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका–१ मा बालासुन्दरी कृषि सहकारी साना किसान दूध डेरी स्थापना भएपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् । उत्तरतर्फ १२ किलोमिटरमा लहान र दक्षिणमा पाँच किलोमिटरमा भारतीय बजार लौकाहामा गएर दूध बिक्री गर्दै आएका यहाँका किसानलाई यो डेरीले सहज बनाएको छ । गाउँकै बजारमा डेरी सञ्चालनमा आएपछि भैँसीपालनतर्फ किसान आकर्षित भएको स्थानीय हरिहरनाथ यादवले बताउनुभयो ।
मुलुकभरको कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ प्रतिशतभन्दा बढी छ ।राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा ३६.९ प्रतिशत योगदान रहेको बागमती प्रदेशको कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा भने १७.१२ प्रतिशत योगदान रहेको बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो ।
इलाका प्रहरी कार्यालय उर्लावारीले गत मङ्गलबार ८ जना थुनुवा लिएर विराटनगर हिँडेको गाडी पथरीशनिश्चरेको जय चौक नपुग्दै बिग्रियो । अघिल्लो दिन मात्रै मर्मत गरी चलाएको बा १ झ ६४५० नम्बरको गाडी बाटो मै बिग्रिएपछि प्रहरीलाई थुनुवा अदालत पुर्याउन समस्या भएको थियो र बाटामै विचल्लीमा परेको थियो । समयमै थुनुवालाई अदालतमा हाजिर गराउन नसक्दा समस्या हुने गरेको प्रहरीले जनाएको छ ।
वरिष्ठ तबलावादक अच्चुतराम भण्डारीको नाममा सङ्गीत प्रतिष्ठान स्थापना भएको छ । वरिष्ठ गीतकार तथा निर्देशक यादव खरेलले अच्चुतराम भण्डारी सङ्गीत प्रतिष्ठानको एक समारोहबीच शनिबार उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहनुभएका खरेलले अच्चुतराम भण्डारी सङ्गीत प्रतिष्ठानले गीत-सङ्गीतको महत्त्वपूर्ण वाद्यवादन तबला र तालको वरिष्ठ तबलावादक अच्चुतराम भण्डारीको नाममा सङ्गीत प्रतिष्ठान स्थापना भएको छ । वरिष्ठ गीतकार तथा निर्देशक यादव खरेलले अच्चुतराम भण्डारी सङ्गीत प्रतिष्ठानको एक समारोहबीच शनिबार उद्घाटन गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहनुभएका खरेलले अच्चुतराम भण्डारी सङ्गीत प्रतिष्ठानले गीत-सङ्गीतको महत्त्वपूर्ण वाद्यवादन तबला र तालको महìवलाई अझ प्रभावकारी ढङ्गले आम सङ्गीत पारखीसम्म पु-याउनका लागि महत्त्वपूर्ण कार्य गर्ने बताउनुभलाई अझ प्रभावकारी ढङ्गले आम सङ्गीत पारखीसम्म पु-याउनका लागि महत्त्वपूर्ण कार्य गर्ने बताउनुभ
तिम्रो चर्चा परिचर्चा, निकै सुनेको थिएँ बौद्धिक सिर्जनशील व्यक्तित्वको धनी तिम्रा अनेक सिर्जनाहरू पढेको थिएँ कति निश्चल सरलता तिम्रो सिर्जनाले साँच्चै नै मेरो मन छोइदियो अनि त म हराउन थालेँ
नेपाल प्रहरीले आफ्ना लागि हातहतियार आवश्यक रहेकाले हतियार खरिद विधिसम्मत हुने जनाएको छ । प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले विज्ञप्ति जारी गरी खरिदसम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै यससम्बन्धी समाचार प्रवाह गर्दा संवेदनशील हुन पनि आग्रह गर्नुभएको छ । उहाँले राज्यको सीमित स्रोतसाधनबाट नेपाल प्रहरीको अत्यावश्यक सामग्री खरिदमा विनियोजन भएको बजेटबाट तत्कालको आवश्यकतालाई ध्यानमा राख्दै हातहतियार खरिद प्रक्रिया हुने बताउनुभएको छ ।
प्रत्येक रातसँग सिउँरी खेल्दै आइरहँदा आज थकित छु । जूनतारासँगै नाचेर ब्युँझेको म ओइलाएको छु बाका सपनाहरूसँगै