हरेक क्षेत्र तथा विषयवस्तुमा चुनौतीसँगै अवसर अन्तरनिहित हुन्छन् । यसलाई कुन रूपमा ग्रहण गर्ने भन्ने सम्बन्धमा फरक अवधारणाहरू देखापर्न सक्छन् । कतिपयको धारणामा बढ्दो जनसङ्ख्या वृद्धि संसारकै लागि खतरासूचक हो भने कतिपयका लागि थुप्रै अवसरको खानी पनि हो
देशको सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षाको रक्षा र प्रवद्र्धन गरेर मात्र राष्ट्रियताको प्रवद्र्धन हुन सक्छ । राष्ट्रियता बलियो भए देश बलियो हुन्छ । नेपाली भाषा, मातृभाषा तथा संस्कृतिको संरक्षण र संवद्र्धन, सीमा सुरक्षा, र राष्ट्रिय पुँजी निर्माण तथा तीव्र विकास गरेर स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणबाट नै राष्ट्रियताको प्रवद्र्धन गर्न मद्दत पुग्छ ।
बाबुको नामबाट नागरिकता लिन जिल्ला प्रशासन कार्यालय जाँदा हुन्छ भने आमाको नामबाट नागरिकता लिन अदालत जानै पर्ने बाध्यता रहेको छ ।
नेपाल कृषि प्रधान देश हो । अहिले पनि कुल जनसङ्ख्याको ६० प्रतिशतभन्दा ज्यादा मानिस कृषिमै निर्भर छन् । कुल गार्हस्थ्य उत्पादनमा आज पनि रेमिट्यान्सपछि कृषि क्षेत्रकै योगदान (२३.९५ प्रतिशत) बढी छ । कुनै बेला अर्थतन्त्रमा सबैभन्दा बढी टेवा दिएको कृषि क्षेत्र विगत दुई दशकयता खुम्चँदै आएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जाने युवाको सुरक्षालाई ध्यानमा राखेर काम गरिरहेको बताउनुभएको छ । बेलायत, जापानसहितका अन्य सुरक्षित गन्तव्य मुलुकमा समेत श्रम बजारको खोजी भइरहेको मन्त्री कुँवरले बताउनुभयो ।
परीक्षा सञ्चालनक्रममा लापरबाही गरेको आरोप लगाउँदै विद्यार्थीले सोमबार त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेका छन् । त्रिविले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको नेतृत्वमा गएका विद्यार्थीले तोडफोड गरेका हुन् । उनीहरूले उपकुलपति कार्यालयभित्र पसेर कुर्सी, सोफा तथा टेबुल फुटाइदिएका छन् । आक्रमणबाट झ्यालका केही सिसा पनि फुटेका छन् ।
संस्कृतको यस श्लोकमा असारे भनी प्रयोग भएको ‘असार’ महिना होइन सारहीन भन्ने अर्थको हो । सारहीन संसारमा सुखको सार ससुराल हो । त्यसैले त महादेव र विष्णु आआफ्ना ससुराली हिमालय र समुद्रमा आरामसाथ रहेका छन् भन्ने अर्थ हो यसको ।
भानुभक्तका जीवनीका विभिन्न घटना र तिथिमितिमध्ये गिरिधारीसँग भएको झगडालाई महìवपूर्ण घटनाका रूपमा लिइन्छ । गिरिधारीले भानुभक्तसँग पहिलो बगर खेत र दोस्रो बाँधकुलोसम्बन्धी दुई पटक झगडा गरेका छन् । पहिलो झगडाको तिथिमितिमा जीवनी लेखकबीच मतान्तर देखिए पनि दोस्रो झगडाका बारेमा मतान्तर देखिँदैन । यो लेख मतान्तर विश्लेषणतिरभन्दा गिरिधारीले भानुभक्तसँग किन झगडा गरे भन्ने विषयमा केन्द्रित छ ।
चालू आर्थिक वर्षमा थप आठवटा क्यासिनो सञ्चालनमा आएका छन् । पर्यटन विभागका अनुसार आव २०७८/७९ को हालसम्म दुईवटा ठूला र छवटा साना (मिनी) क्यासिनो थपिएका हुन् । झापाको धुलाबारीमा सञ्चालनमा आए
दोलखाको भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा उज्यालो भविष्य दोलखाको आयोजनामा सञ्चालित हिंसापीडित महिलाका लागि पाँच दिने सीपमूलक तालिम सम्पन्न भएको छ । आइतबार तालिमको समापनमा नगरप्रमुख ईश्वरनारायण मानन्धरले मानवीय सम्वेदनालाई पहिलो प्राथमिकता दिने चुनावी घोषणपत्रमा उल्लेख रहेको जानकारी दिनुभयो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र बनाउन आउँदा अनावश्यक रङ्गीचङ्गी भएका लागि सामान्य रूपमा आउनू भन्दै फर्काउन थालेको छ । परिचयपत्र बनाउन आउँदा कपाल रङ्ग्याउने र अनुहारमा पनि भद्दा मेकअप गर्नेका कारण विभागले सामान्य रूपमा आउन आग्रह गरेको छ ।
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट (विनियोजन विधेयक) प्रदेश सभाबाट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको हो ।
नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुरप्रसाद गौतम निर्वाचित हुनुभएको छ । संघको सोमबार काठमाडौंमा सम्पन्न चुनावी साधारण सभाले गौतमलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल निर्विरोध निर्वाचित हुनुभएको छ ।