सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक जारी छ ।
सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले सरकारले संसदमा पेश गरेको ‘यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ राष्ट्रपति एवम् पार्टीका महासचिव शी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ले नेपालको विकासमा सहयोग पुग्ने बताउनुभएको छ ।
रासायनिक मलको अभावका बीच गुल्मीमा असार अन्तिम हप्तासम्म ५५ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष यो समयसम्म यस जिल्लामा ४५ प्रतिशत धान रोपाई सकिएको थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका भूमिहीन सुकुम्बासीको जग्गा नापजाँचको काम शुरुभएको छ । भूमि आयोगले तिलोत्तमाको वडा १३ करौजियाबाट जग्गा नाप जाँचको काम शुरु गरेको हो ।
प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले सङ्घीय राजधानीको सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर नेपाल प्रहरीलाई जिम्मेवारी दिन खोजिएको प्रष्ट पार्नुभएको छ ।
गाउँपालिकाभित्र विक्री वितरण हुने रासायनिक मलको निर्धारण गरिएको छ । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिकाले पालिकाभित्र विक्रि वितरण हुने रासायनिक मलको मुल्यमा एकरुपता ल्याउन मुल्य निर्धारण गरेको हो ।
प्रतिनिधिसभा बैठकमा यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयकसम्बन्धित समितिको प्रतिवेदन पेश भएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उक्त प्रतिवेदन सोमबारको बैठकमा पेश गर्नुभएको हो ।
प्रतिनिधिसभा बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिलवालले मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
नेपाल राष्ट्र बैङ्कले कसिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिरहेका बेला निजी क्षेत्रले भने यसलाई केही विस्तारकारी बनाउने प्रयास निरन्तर गरिरहेका छन् । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न सार्वजनिक कार्यक्रममा अर्थतन्त्रको वर्तमान जटिलता समाधान गर्नेगरी मौद्रिक नीति आउने बताउँदै गर्दा निजी क्षेत्र भने केही सहुलियत जोगाउने अपेक्षामा देखिएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।