• ९ असार २०८१, आइतबार

यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्न बनेको विधेयकप्रति सांसद सङ्ग्रौलाकाे असन्तुष्टि

blog

काठमाडौं, असार २७ गते । सत्तारुढ नेपाली कांग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले सरकारले संसदमा पेश गरेको ‘यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ प्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

सांसद सङ्ग्रौलाले सो विधेयक बलात्कार जस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्न पर्याप्त नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपालमा भयावह ढङ्गले बढिरहेका त्यस्ता जघन्य अपराधको घटना नियन्त्रण गर्नका लागि सरकारले अन्तर्राष्ट्रिय मापदण्ड र संयुक्त राष्ट्र सङ्घको उदाहरणलाई ध्यानमा राखेर कानुन बनाउनुपर्ने माग समेत गर्नुभयो ।

उहाँले विद्यमान विधेयकले व्यवस्था गरिएको दण्ड, जरिवानाले बलात्कार जस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न नसक्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

बलात्कार जस्ता जघन्य अपराधका घटना ५० प्रतिशतभन्दा बढी सहेर बस्ने गरेको उल्लेख गर्नुहुँदै सांसद सङ्गौलाले त्यसलाई अनुसन्धानको दायरामा ल्याउन पनि सरकारलाई दवाब दिनुभयो ।