• ११ वैशाख २०८१, मङ्गलबार

रासायनिक मलको मूल्य निर्धारण

blog

फाइल तस्विर

शेरबहादुर राई

ओखलढुङ्गा, असार २७ गते । गाउँपालिकाभित्र विक्री वितरण हुने रासायनिक मलको मूल्य निर्धारण गरिएको छ । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिकाले पालिकाभित्र विक्री वितरण हुने रासायनिक मलको मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरेको हो । 

मूल्य निर्धारण गरेर सार्वजनिक सूचनामार्फत सरोकारवालालाई जानकारी गराइएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । युरिया प्रति किलो २६ रुपियाँ र डिएपी प्रति किलो ५५ रुपियाँ मूल्य कायम गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

गाउँपालिकाको अनुदानमा किसानका लागि उपलब्ध गराइएको रासायनिक मल सुलभ मूल्यमा किसानलाई विक्री वितरण गर्ने उद्देश्यले मूल्य निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत लोकमणि खनालले जानकारी दिनुभयो । साल्ट ट्रेडिङ कर्पोरेशनको मूल्य, ढुवानी र व्यवस्थापन खर्च जोडेर मलको मूल्य निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।