• १३ असोज २०८१, आइतबार

राष्ट्रियसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, असार २८ गते । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा बैठक जारी छ ।

मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकहरुलाई सभासमक्ष टेबुल गर्नुहुनेछ ।

सचिव फुयालले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, खानेपानी तथा सरसफाइ विधेयक, २०७६, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ र यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ सभासमक्ष टेबुल गर्नुहुने कार्यसूची छ ।