• १० मंसिर २०८१, सोमबार

खराव ब्याटिङका कारण नेपाल नामिबियासँग पराजित

blog

फाइनल तस्बिर ।

काठमाडौं, असार २८ गते । खराव ब्याटिङका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । स्कटल्यान्डको  क्याम्बुस्दुन न्यू ग्राउन्डमा सोमबार राति सकिएको खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भयो । 

जितको लागि नामिबियाले  दिएको दुई सय २१ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा सवै विकटको क्षतिमा १ सय ८० रनमा समेटिएको थियो । नेपालका लागि आरिफ शेखले अविजित ५० रन बनाउनुभयो । देव खनालले ३४, कुशल भुर्तेलले २७, करण केसीले १९, ओपनर आसिफ शेख ले१४ तथा सोमपाल कामी र आदिल अन्सारीले १०/१० रन बनाउनुभयो । 

बलिङमा नामिबियाका डाभिड वेइ, बेर्नाड स्कोल्ज र जान फ्राईलिन्च्कले दुई दुई विकेट लिनुभयो ।  जेरार्ड इरासमुस र रुवेन त्रुम्पलमानले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २० रन बनाएको थियो । नामिबियाका लागि जान निकोलले सर्वाधिक ६० रन बनाउनुभयो । 

डिभान ल कोकले ४१, जेर्हाल्ड इरासमुसले २२, क्रिग विलियस्मले २१, लोहान्ड्रे लवरेन्स र डाभिड वेइले १८/१८ तथा जेजे स्मिथले १७ रन बनाउनुभयो । बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिनुभयो । सोमपाल कामीले दुई तथा करण केसी, बसिर अहमेद र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो । 

नेपाल, नामाबिया र आयोजक स्कटल्यान्ड सम्मिलित सिरिजमा नेपालले दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।