• १३ असोज २०८१, आइतबार

यौन हिंसा नियन्त्रणका लागि सुधार आवश्यक : कानुनमन्त्री कोइराला

blog

काठमाडौं, असार २७ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘क्रिमिनल जस्टिस सिष्टम’मा सुधारको जरुरी रहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा ‘यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ माथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री कोइरालाले यौन हिंसा नियन्त्रणका लागि सुधारको आवश्यकता रहेको औंल्याउनुभएको हो । साथै उहाँले त्यसका लागि कानुन आयोगले काम गरिरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले यौन हिंसाका पीडितलाई न्याय दिन र पीडकलाई कारबाहीको दायरामा ल्याउन हदम्याददेखि धेरै कुरामा सुधार आवश्यक रहेकाले सरकारले कानुन आयोगमार्फत त्यसको अध्ययनको कामलाई अघि बढाउनुपरेको स्पष्ट पार्नुभयो ।
मन्त्री कोइरालाले अध्यादेशको प्रतिस्थापन गर्नका लागि सो विधेयक सरकारले ल्याएको उल्लेख गर्दै त्यसमा सुधार गरेर जाने प्रतिबद्ध व्यक्त गर्नुभयो ।

उहाँले संसद् र संसदीय समितिले दिएको निर्देशनलाई सधैं पालना गरेर जाने दृढता व्यक्त गर्नुभयो ।