नेकपा एमाले बाँकेले हचुवाका भरमा कपास विकास समिति खारेजीको निर्णय गरेको भन्दै सो निर्णय फिर्ता लिन माग गरेको छ ।
बाँकेमा जेठ अन्त्यसम्म पनि वर्षा नभएपछि किसानले धान रोपाइका लागि आवश्यक बीउ राख्न पाएका छैनन् । सिँचाइ सुविधा नभएको स्थानमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर धानको बीउ राखिएको छ ।
तातो हावा 'लू' र अत्यधिक गर्मीबाट जोगिन अहिले बाँके लगायत छिमेकी भारतीय सहरका सर्वसाधारणको प्रमुख गन्तव्य नेपालगञ्जका पौडी पोखरी बनेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य खेमादेवी विष्टले आइतबार बसेको प्रदेश सभा बैठक बहिस्कार गर्नुभएको छ ।
भारतको उत्तराखण्डस्थित चक्करपुरमा सवारी दुर्घटनामा परी चारजना नेपालीको मृत्यु भएको छ ।
चर्चरे–सराई–आर्यभञ्ज्याङ सडकखण्डको बाँधबारीमा पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । लुम्बिनी प्रदेश सरकार भौतिक तथा पूर्वाधार मन्त्रालयको लगानीमा बाँधबारीमा पक्की पुल बनेपछि यो सडकखण्ड भएर यात्रा गर्ने यात्रुलाई जुनसुकै बेला यात्रा गर्न सहज भएको हो ।
पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकार गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्ययता कायम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
जलको नगरी भनेर चिनिने महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रचण्ड गर्मीसँगै पानीको हाहाकार भएको छ । जलेश्वरको सम्पूर्ण वडाहरूमा पानीको अभाव भएपछि नगरपालिकाले पानी वितरण गर्न सुरु भएको हो ।
भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
काठमाडौंको सिनामङ्गलमा गोली चलेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले सिनामङ्गलस्थित शम्भु मार्गमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जानकारी दिनुभयो ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगरप्रमुखको कार्यकक्षमा लगाइएको ताला दशौं दिन पुग्दासम्म पनि खुल्न सकेको छैन । नगरप्रमुखको कार्यकक्षमा लगाइएको ताला नखुल्दा दैनिक काम प्रभावित भएको हो ।
गत केही दिनयता नेपालगञ्जमा अत्यधिक बढेको गर्मी र नियमित चल्ने तातो हावा 'लू' का कारण बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्।
पूर्वी कजाकिस्तानको अवाइ क्षेत्रमा बिहीबारदेखि जङ्गलमा लागेको डढेलोमा परी तीन जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।
इको साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१६ देखि गरिँदै आएको वातावरण साहित्य गोष्ठी-प्राय साहित्य विषयक कार्यपत्र प्रस्तुति, कृति विमोचन, पुरस्कार वितरण, कविता वाचन तथा एक दिवसीय आठौँ वातावरण साहित्य गोष्ठी सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका सांसद दीपक गिरीले आगामी आर्थिक वर्षदेखि बजेट घोषणा बिहान १० बजे गर्नुपर्ने बताउनुभएको छ ।