नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सुशासनको वाचा मात्रै गर्ने नभएर सुशासनकै निम्ति जन्मिएको पार्टी भएको बताउनुभएको छ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाले बैतडीका स्थानीय तहमा भ्रष्टाचार बढेको गुनासो गरेका छन् ।
कालीगण्डकी गाउँपालिकाले चौथो कालिगण्डकी खेलकुद महोत्सव २०८० गर्ने भएको छ । गाउँपालिकाले यही मङ्सिर २९ गतेदेखि पुस १ गतेसम्म खेलकुद महोत्सव गर्न लागेको हो ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैँकहरू मिटरब्याजीजस्तो हुन नहुने बताउनुभएको छ । आइतबार झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य फेरि अघि बढ्ने भएको छ । यही डिसेम्बर १६ तारिखबाट धाम निर्माणको पुनः सुरुवात हुने भएको हो ।
नेपाली कांग्रेसको मुखपत्र 'नेपाल पुकार’ पुनः लोकार्पण भएको छ। कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले सानेपास्थित बिपी स्मृति भवन केन्द्रीय कार्यालयमा आइतबार एक कार्यक्रम गरेर पुस्तक लोकार्पण गरेको हो।
नेपालगन्ज भन्सार कार्यालयबाट न्यून मूल्याङ्कन देखाएर भन्सार जाँचपास गराई राजस्व छलेर ठुलो परिमाणमा व्यापारिक माल सामान भित्रिने गरेको खुलासा भएको छ।
म्याग्दीको बेनीमा सम्पन्न २१औँ जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालयस्तरीय जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ ।
तनहुँको देवघाट गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ।
घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई ध्यानाकर्षण पत्र बुझाइएको छ।
राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको आरोप लागेको छ।
एसिसी यु–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाललाई अफगानिस्तानले जितको लागि २६२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकार सम्बन्धी महासन्धिमा व्यवस्था गरिएका सबै अधिकारलाई नेपालको संविधानले मौलिक हकको रुपमा प्रत्याभूत गरेको उल्लेख गर्नुभएको छ।
पूर्वी नवलपरासीको पहाडी बौँदीकाली गाउँपालिकाको बौँदीखोलाको पक्की पुल बाढीले बगाएको पाँच वर्ष पुग्दा समेत पुल निर्माण हुन नसक्दा स्थानीयलाई आवत–जावतमा समस्या भएको छ ।