• १२ साउन २०८१, शनिबार

कांग्रेस सुशासनका निम्ति जन्मिएको पार्टी हो : महामन्त्री थापा

blog

कांग्रेस मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा ।

काठमाडौं, मङ्सिर २४ गते।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस सुशासनको वाचा मात्रै गर्ने नभएर सुशासनकै निम्ति जन्मिएको पार्टी भएको बताउनुभएको छ। आइतबार कांग्रेस मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले यस्तो बताउनुभएको हो।  

महामन्त्री थापाले भन्नुभयो, ‘‘सुशासन हाम्रो वाचा मात्रै होइन, त्यसकै निम्ति जन्मिएको पार्टी हो।  त्यसैले हामी सरकारमा भएको बेला, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनेको बाटोमा देश हिँडिरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन्।  यति धेरै काण्ड किन भइरहेको छन् ? जरामा के छ ? समस्या कहाँनेर छ ? के कारणले गर्दा आएको छ ? मलाई लाग्छ नेपाल पुकारले त्यसको जरामा पुग्नुपर्छ। ’’

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले आजको दिनमा कुशासनबाट नागरिक वाक्कदिक्क भएको बताउनुभयो।  उहाँले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद् भएको बताउनुभयो।  उहाँले कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका यति धेरै घटना किन भइरहेको छन् ? भन्दै प्रश्न गर्नुभयो। 

महामन्त्री थापाले काँग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।