युवाको सक्रियता बढेसँगै कीर्तिपुर क्षेत्रमा केही वर्षदेखि निरन्तर रूपमा बाँसुरी, दाफा (दापा), धिमे, धाँ, नाय्खी, काँ बाजा बजाउन आकर्षण बढेको छ। यसअघि दुई दशकसम्म यहाँका युवा पाश्चात्य सङ्गीतमा रमाउने गर्थे। वरिष्ठ सङ्गीतकार तीर्थ मालीले केही वर्षदेखि बाँसुरी, दाफा (दापा), धिमे, धाँ, नाय्खीलगायतका बाजागाजामा युवा पुस्ताको आकर्षण बढेकाले आफूहरूलाई भ्याइनभ्याइ हुने बताउनुभयो। कीर्तिपुर नगरपालिकालाई सांस्कृतिक पहिचानसहितको विशेष नगर घोषणा पछि यहाँका गुठीगाना, खलः पुच, सांस्कृतिक समूह र नाट्यमण्डलीको जन्म भइरहेको छ।
उत्पादनयामको सुरुवातमै गोलभेँडाले उचित मूल्य नपाउँदा सर्लाहीका किसान चिन्तित बनेका छन् । भर्खरै फल्न सुरु भएको गोलभेँडाको भाउ ह्वात्तै घटेपछि गोलभेँडा खेती गर्ने किसान निराश बनेका हुन् । यहाँका किसानले अहिले गोलभेँडा प्रतिकेजी १० रुपियाँदेखि १२ रुपियाँमा बिक्री गरिरहेका छन् ।
सरकारले चार अर्ब ५८ करोड रुपियाँ कर फिर्ता गरेको छ । मूल्य अभिवृद्धि कर छुटको सुविधा प्राप्त गरेको कूटनीतिक निकाय, कूटनीतिज्ञ, क्रेडिट, निकासी र अर्थ मन्त्रालयले छुट प्रदान गरेका अन्तर्राष्ट्रिय संस्थालाई गत आर्थिक वर्ष २०७९/८० को सो रकम बराबरको मुअकर फिर्ता गरिएको हो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई थप प्रभावकारी बनाएर क्षेत्रीय विकासका लागि अगाडि बढाउनुपर्नेमा यस क्षेत्रका उच्च नेतृत्वले जोड दिनुभएको छ । ३९ औँ बडापत्र दिवसको अवसरमा सार्कका सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूले शुभकामना वक्तव्यमार्फत सार्कको औचित्य यस क्षेत्रको विकासका लागि महत्वपूर्ण रहेको औँल्याउनुभएको हो ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित छ न्यायाधीशको सुनुवाइ मङ्सिर २९ गतेदेखि गर्ने भएको छ । आइतबार उजुरीकर्तासँगको छलफलपछि समितिले प्रस्तावित न्यायाधीश सुनुवाइको मिति तोकेको हो । यो पटक तीन दिन सुनुवाइका लागि समय तोकिएको छ । सबै प्रस्तावित न्यायाधीशको सुनुवाइ प्रक्रिया सकिएपछि मात्र अनुमोदनसम्बन्धी निर्णय समितिले गर्ने छ ।
पछिल्लो समय आन्तरिक उडानका वायु सेवा कम्पनीमा लापरबाही बढ्न थालेको छ । उडानका क्रममा कहिले जहाजको इन्डिकेटरमा समस्या, कहिले आकाशमै जहाजको ढोका खुल्ने, कहिले ढोकै नखुल्ने समस्या, कहिले जहाजको ब्याट्री डाउन भएर जहाज स्टार्ट नै नहुने त कहिले जहाजको ल्यान्डिङ गेयरमा आउने समस्यालगायतका लापरबाहीबिच आइतबार पुनः यस्तै घटना दोहोरिएको छ ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो ।
प्रमुख विपक्षी दलका पाँच सदस्यको पछिल्लो दुई सातामा कारागारमा मृत्यु भएको अधिकारी र आफन्तहरूले आइतबार बताएका छन् ।
पोखरामा आज साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेमजा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा—५ बस्ने २४ वर्षीया भावना बराल हुनुहुन्छ ।
ताप्लेजुङमा लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान आइतबार सम्पन्न गरिएको छ। सदरमुकाम फुङ्लिङमा लैङ्गिक हिंसाबिरुद्ध सचेतनामुलक वक्तृत्वकला, नाटकलगायत विविध कार्यक्रम आयोजना गरी अभियान सम्पन्न गरिएको हो।
गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर २४ गते। सांस्कृतिक गुरु योजना, बजेट, कार्यक्रमलगायतका २८ बुँदे माग राख्दै कीर्तिपुर सांस्कृतिक नगर व्यवहारिक रुपमा लागू गर्न ज्ञापनपत्र बुझाइएको छ। आइतबार एक कार्यक्रमबीच नेकपा (माओवादी केन्द्र)को कीर्तिपुर अभियानले मौलिकता झल्किने गरी आगामी नीति तथा कार्यक्रममा प्रस्ताव वडा कार्यालयबाट सार्वजनिक गर्न माग राखेको हो। माग सुनवाइ गर्नुहुँदै कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दिवाकर अधिकारीले सांस्कृतिक, सामाजिक र विकास निर्माणका मागप्रति आफू सकारात्मक रहेको बताउनुभयो। उहाँले यसलाई कार्यान्वयन गराउन सम्बद्ध पक्षसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेकपा (माओवादी केन्द्र)का वडा अध्यक्ष रामचन्द्र डंगोल र सचिव पुष्प महर्जनद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सङ्घीयता पुष्टि हुने कार्यक्रमहरु, सांस्कृतिक पहिचानलाई स्थापित गर्न, वैष्णवी माध्यामिक विद्यालयको स्तरोन्नती गर्ने, व्यवस्थित रुपमा विकास निर्माणका काम गर्न, वडा नम्बर ७ का सिमानामा बाटो खोल्न र सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा ‘लक्की वडा नम्बर ७’ स्थापित गर्न पहल होस् भनेर उल्लेख गरिएको छ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहित प्रादेशिक संरचनामा नेपाल गइसकेपछि मौलिक सम्पदाको संरक्षण र सम्बद्र्धनको लागि युवा पुस्ता खुलेर आएका छन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रघात गर्नेसँग सचेत हुनुपर्ने बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउने बताउनुभएको छ।
सीमापारी भारतबाट विभिन्न सामानहरु भन्सार राजस्व छलेर नेपाल भित्र्याइ तस्करी हुँदै आए पनि हाल बाँकेका चामल उद्योगीहरु समेत राजस्व छलेर भारतबाट चामल भित्र्याउन सक्रिय रहेको पाइएको छ ।