गुल्मीको मदाने गाउँपालिका– ६, पुर्कोटदह साउनेपानीमा छोराहरूले आमालाई घरनिकाला गरेका छन् । यसै बिच बुवाको मृत्यु भएपछि आमाले श्रीमानको काज किरियासमेत गर्न नपाएपछि घर वाहिरनै काज किरिया गर्नुभएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को सहयोगमा उच्च पर्वतीय क्षेत्रमा जिन बैङ्क (बिउबिजन राख्ने) स्थापना गर्ने भएको छ । डब्लुडब्लुएफको आर्थिक सहयोगमा मनाङ वा मुस्ताङमध्ये एक ठाउँमा उच्चस्तरीय जिन बैङ्क स्थापना गर्ने सम्झौता भइसकेको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बताउनुभयो । रिगाग्री परियोजना नाम दिएर सो क्षेत्रमा काम पनि सुरु भइसकेको छ । उहाँले दुवै पक्षको सामूहिक प्रयासबाट परियोजनाले तोकेको उपलब्धि समयमै हासिल गर्ने विश्वास आफूले लिएको बताउँदै यो परियोजनाले देशको कृषि अनुसन्धानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । डब्लुडब्लुएफका नेपाल प्रतिनिधि गुरुङले १० वर्षभित्र हिमाली क्षेत्रमा नमुना जिन बैङ्क स्थापना हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । रैथाने अनुवंश र आनुवंशिक विविधतालाई संरक्षण गरेर लैजान यो परियोजना सफल हुने उहाँले बताउनुभयो ।
नेपाल सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गरेर चालेका कदमले भ्रष्टाचार नियन्त्रण कार्यमा केही आशा जगाएको छ । भ्रष्टाचारले लोकतन्त्रका मूल्य, मान्यता, नैतिकता, न्याय र कानुनको शासनलाई निरन्तर चुनौती दिइरहेको छ । अन्तर्राष्ट्रिय संस्था ट्रान्स्परेन्सी इन्टरनेसनलले जारी गरेको सूचकमा नेपाल बढी भ्रष्टाचार हुने मुलुकमध्ये ११० औँ स्थानमा परेको छ । जम्मा सय पूर्णाङ्कको अङ्क भारमा ३४ अङ्क प्राप्त गरेर नेपाल भ्रष्टाचार व्याप्त मुलुकको यो
मिडिया र मानव अधिकारबिच नङ र मासुको जस्तै सम्बन्ध हुन्छ । उन्नत समाज निर्माणमा दुवै पक्ष अत्यावश्यक भूमिकामा छन् । मिडियाले सूचना सम्प्रेषणमार्फत जनमत निर्माण गर्छ र राजकीय शक्ति प्रयोग गर्ने ठाउँमा रहेका सरोकारवाला पक्षलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्छ । उता, मानवको रूपमा पृथ्वीमा जन्मिन पुगेका व्यक्तिमा नैसर्गिक रूपमै निहित अधिकार मानव अधिकार हुन् भन्ने कुरा स्पष्टै छ । तैपनि, मानवजातिमा मानसिक, नैतिक, राजनीतिक, आर्थिक, र
जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको रु नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
मुलुकको अर्थतन्त्र र आर्थिक स्थितिका बारेमा प्रकाशित तथ्याङ्कबाट मुलुकको आर्थिक स्थिति गम्भीर चुनौतीपूर्ण मोडमा पुगेको देखिन्छ । उपभोगमा आधारित अर्थतन्त्र, व्यापारमा निर्भर आर्थिक गतिविधि, न्यून गार्हस्थ बचत, न्यून पुँजी निर्माण, न्यून लगानी, न्यून आन्तरिक उत्पादन, प्रतिस्पर्धी उत्पादन क्षमताको अभाव, उपलब्ध स्रोतको अविवेकपूर्ण वितरण, प्राकृतिक प्रकोप तथा अन्य संरचनागत समस्याका कारण न्यून आर्थिक वृद्विको अवस्था छ । यस्तै मुद्रास्फीति, परम्परागत उत्पादन प्रणाली, आधुनिक प्रविधिको अभाव, न्यून आन्तरिक उत्पादकत्व, बढ्दो उत्पादन लागत, बिचौलियाको बिगबिगीसँगै कमजोर आपूर्ति
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमार्फत राष्ट्रिय राजनीतिमा नयाँ सन्देश प्रवाहित भइरहेको समृद्धिका लागि सङ्कल्प यात्राले नयाँ सन्देश दिइरहेको छ । झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको पुष्पलाल मध्यपहाडी लोकमार्गलाई आधार बनाएर हुने यो अभियान नेपाली मोडलको मौलिक लङ मार्चका रूपमा हेरिएको छ । राजनीतिक दलहरू निर्वाचनदेखि निर्वाचनसम्म मात्रै जनताबिचमा जाने र त्यसबाहेकका समयमा जनताका दैनन्दिन जीवन यापनका विषयमा बेखबर हुने गरेको
कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुल एक वर्षमा काम सक्ने गरी २०७३ सालमा निर्माण सम्झौता भएको थियो । तर पटक पटक म्याद भएर सात वर्ष बिती सक्दा समेत अझै काम अलपत्र छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
सरकार प्रमुख, नेतृत्वकर्ता तथा नेतालाई आफ्ना माग अनुसार फूलमालाको भारी बोकाउने सुदूरपश्चिमेली जनताको आन्दोलनले १७ वर्ष पार गरेको छ । कैलाली उद्योग वाणिज्य सङ्घले जनताका माग सुनुवाइका लागि २०६३ सालबाट यस्तो आन्दोलन सुरु गरेको हो । माग राख्ने नाममा सडक आन्दोलन, तोडफोड र नाराबाजीको विकल्पका रूपमा बृहत् महोत्सवको आयोजना गरी सोही कार्यक्रमका प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएका उच्चपदस्थ व्यक्ति तथा सरकार प्रमुखलाई ठुलो माला लगाइदिने गरिएको छ ।
बाजुराको गौमूल गाउँपालिकाको दुर्गम गाउँ अन्द्राणीमा पहिलो पटक बिजुली बलेको छ । दुर्गम गाउँमा उज्यालो अभियान अन्तर्गत कादुरी एग्रिकल्चरल एन्ड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालले दुई वटा वडामा बिजुली पु¥याएको हो ।
हिलिङ जाजरकोटलाई निरन्तरता दिन, स्वस्तिश्री गुरुकुल आइबी वल्र्ड विद्यालयले चित्रकला प्रदर्शनीको आयोजना गरेको छ । देशका दस अग्रणी भिजुअल कलाकारले विद्यालय परिसरभित्र हिलिङ जाजरकोट विषयमा केन्द्रित रहेर चित्रकला बनाउनुभएको हो ।
घनश्याम लामिछाने निर्देशित चलचित्र ‘चित्रा’ १० वर्षमुनिका बालबालिकाले सित्तैमा हेर्न पाउने भएका छन् । चलचित्रले बाबुछोरीको मार्मिक कथा पस्कने हुँदा निर्माण पक्षले यस्तो घोषणा गरेको हो । त्यस्तै कुनै पनि ‘चित्रा’ नाम भएकी बालिकाले सोको प्रमाण पेस गरेमा तीनवटा टिकट निःशुल्क पाउने कार्यकारी निर्माता सन्तोष अधिकारीले जानकारी दिनुभयो । यसले नेपाली चलचित्रको प्रवर्धनमा सहयोग पुग्ने मेरो विश्वास छ । यसका साथै चलचित्रभित्र प्रस्तुत गरेको कथा पारिवारिक छ र आमाबाबु तथा सन्तानले यसलाई एकसाथ हेर्नुहोस् भन्ने चाहनाले यस्तो घोषणा गरेको हुँ, उहाँले भन्नुभयो, “म आफू पनि एक सन्तानका पिता भएकाले यस्तो गरेको हुँ ।”
घाँस काट्ने क्रममा भिरबाट खसेर घाइते भएका अभिनेता प्रकाश घिमिरे डेढ महिनापछि चलचित्रको छायाङ्कनमा फर्किनुभएको छ । बुढानीलकण्ठमा चलचित्र ‘महाजात्रा’ छायाङ्कनसँगै उहाँ काममा फर्किनुभएको हो । ‘जात्रा’ शृङ्खलादेखि नै चलचित्रमा उहाँ अभिनेत्री वर्षा राउतको पिताको भूमिकामा देखिनुभएको थियो । छायाङ्कनमा फर्किन पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । “केही समयको विश्रामपछि चिकित्सकको सल्लाह अनुसार नै आराम र काम गरिरहेको छु,” अभिनेता घिमिरेले भन्नुभयो ।