मौलिक कला, संस्कृति र गीत सङ्गीतमा प्रसिद्ध मानिने बागलुङमा एक दशकयता निकै कम हुँदै गएका छन् । सहरदेखि गाउँसम्म जताततै मौलिकता बोकेका गीत सङ्गीत गुञ्जिने गरे पनि हिजोआज सुनिन छोडेका छन् ।
इजिप्टमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु भएको छ । विदेशमा रहेका इजिप्टका मतदाताहरूले यसअघि डिसेम्बर १ देखि डिसेम्बर ३ सम्म मतदान गरेका थिए ।
कालीकोट सदरमुकाम मान्ममा खाना पकाउने ग्यासको मूल्य वृद्धि हुँदा खरिदबिक्रीमा मनपरी देखिएको छ । त्यसले गर्दा विद्यार्थी मारमा परेका छन् । कक्षा ११ पढ्ने र एसइईको तयारी कक्षा पढ्न आएका विद्यार्थी सबैभन्दा बढी मारेमा परेका छन् । सदरमुकाम मान्ममा प्रतिसिलिन्डरको मूल्य दुई हजार दुई सय रहेको छ भने सदरमुकाम मान्म आसपास दुई हजार पाँच सय देखि तीन हजार पाँच सयसम्म पर्ने गरेको छ ।
सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ । आईतबार काठमाण्डौबाट कार्गो सामाग्री लिएर तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडेको जहाजको दायाँ भागको सिसा आकाशबाटै जमिनमा खसेको हो ।
कर्णाली प्रदेशमा भ्रष्टाचारसम्बन्धी उजुरीको दर बर्सेनि बढ्दो रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले उजुरी आउने दर कर्णालीमा उच्च रहेको जानकारी दिएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा एक हजार ३४२ उजुरी परेका थिए । आव २०७९/८० मा त्यो सङ्ख्या बढेर दुई हजार ९३ पुगेको थियो । चालु आवको पाँच महिनाको अवधिमा ७६३ उजुरी परेका छन् । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ९४४ गरी यो वर्ष एक हजार ७०७ उजुरी कार्यालयको दायित्वभित्र परेका छन् । गत आवमा उजुरी वृद्धिदर ५६.१८ प्रतिशत थियो । यो वर्षको पाँच महिनामै ५८.२० प्रतिशतले वृद्धि भएको छ । यो वर्षको हालसम्ममा सबैभन्दा बढी सुर्खेतका १५२ उजुरी परेका छन् । दैलेखबाट १२२, जुम्लाबाट ९३, मुगुबाट ६६, रुकुमपश्चिमबाट ६४, जाजरकोट र हुम्लाबाट ५५/५५, कालीकोट र सल्यानबाट ५०/५०, डोल्पाबाट ४१ र रुकुमपूर्वबाट १५ उजुरी परेका छन् । आयोगको कार्यालय सुर्खेतले १९२ मुद्दामा विस्तृत अनुसन्धान गरिरहेकामा १७ वटाको अनुसन्धान सम्पन्न गरी प्रतिवेदन आयोगमा पेस गरेको छ । अहिले १७५ मुद्दामा अनुसन्धान भइरहेको छ । कर्णालीका दुई वटा मुद्दा विशेष अदालतमा दायर भएका छन् । विस्तृत अनुसन्धानबाट भ्रष्टाचार भएको ठहर गरेका ती मुद्दा विशेष अदालतमा पठाइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न माध्यमबाट प्राप्त उजुरीका आधारमा आवश्यक अनुसन्धान गरी भ्रष्टाचार र अनियमितता भएको ठहर गरेमा बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने गरेको छ । छायानाथ रारा नगरपालिका मुगुविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको जनाइएको छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतका तत्कालीन आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयविरुद्ध पनि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
ठकुरी समुदायको बाहुल्य रहेको कालीकोटको रास्कोटमा तत्कालीन पञ्चायती व्यवस्थामा निर्वाचित प्रधानपञ्च नरपति लुवार अहिले समाजका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त प्रबुद्ध समूहको प्रतिनिधित्व रहने राष्ट्रियसभा सदस्य हुनुहुन्छ ।
रम्भा गाउँपालिका पाल्पाका १० पालिकामध्येको सानो हो । भौगोलिक रूपमा यो गाउँपालिका ९४ वर्गमिटर क्षेत्रफलमा मात्रै फैलिएको छ । उत्तरतर्फ कालीगण्डकी नदीले छोएको यो गाउँपालिकाका पाँच वडामा २५ हजारभन्दा बढी जनसङ्ख्याको बसोबास छ । स्थानीय तह बनेपछि विसं २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनबाट दुई पटक नेकपा (एमाले) बाट अध्यक्षको उम्मेदवार बन्नुभएका विष्णुप्रसाद भण्डारी निर्वाचित हुनुभयो । उहाँसँग पालिकामा भएका विकास निर्माणबारे गोरखापत्रका तानसेन समाचारदाता रेखीराम रानाले गर्नुभएको कुराकानी :
सुनसरीका १२ वटा स्थानीय तहमध्ये इनरुवा नगरपालिका जिल्लाको सदरमुकाम हो । यो नगरपालिकामा कुल १० वटा वडा छन् । विसं २०७९ वैशाखमा भएको दोस्रो स्थानीय तहको निर्वाचनमा नेपाली
सुनसरीका किसानले खेत खनजोत नै नगरी बाली लगाएर राम्रो आम्दानी गर्ने गरेका छन् । किसानले शून्य खनजोत प्रविधिको प्रयोग गरेर मकै लगाउँदा कम लागतमा बढी उत्पादन लिन सफल भएका छन् ।
जनकपुरधाममा सीताराम विवाहपञ्चमीका अवसरमा एक सय दुई क्विन्टल अनाज प्रयोग गरी ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा निर्माण थालिएको छ । एक सय दुई क्विन्टल अन्न प्रयोग गरी जनकपुरधामस्थित रङ्गभूमि मैदान (बाह्र बिघा) मा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमालाई आकार दिन आइतबार साँझदेखि चकले ब्लक बनाउने कार्य सुरु भएको हो । प्रत्येक वर्ष जनकपुरधाममा हुने विवाहपञ्चमीको
सिन्धुली जिल्लाका नौ वटै स्थानीय तहले १५ श-याको आधारभूत अस्पताल बनाउन थालेका छन् । नागरिकलाई स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा दि
भेरीगङ्गा (सुर्खेत), मङ्सिर २५ गते । बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको पाइएको छ । कर्णाली प्रदेश सरकारसँगको समन्वयमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले गरेको अध्ययनका अनुसार तीन आर्थिक वर्षको बजेटलाई विश्लेषण गर्दा एक प्रतिशत मात्रै बजेट विनियोजन भएको देखिएको छ । प्रदेश सरकारले विनियोजन आव २०७८/०७९ देखि आव २०८०/८१ सम्मको बजेटलाई विश्लेषण गरिएको थियो । यसअन्तर्गत आव २०७८/७९ मा प्रदेश सरकारले छुट्याएको रु ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजार कूल बजेटमध्य १४ करोड ९० लाख १७ हजार सात सय ७३ अर्थात् १ दशमलव २८ प्रतिशत मात्रै बालबालिकाको क्षेत्रमा बजेट विनियोजन भएको थियो ।त्यसैगरी, आव २०७९/०८० मा बालबालिकाको क्षेत्रमा बजेट घटेको देखिएको छ । कूल बजेट रु ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बजेटमध्ये बालबालिकाको क्षेत्रमा रु २८ करोड १४ लाख २८ हजार आठ सय आठ अर्थात् ० दशमलव ८६ प्रतिशत मात्रै बजेट विनियोजन भएको छ । यस्तै, चालु आवमा समेत बालबालिकाको क्षेत्रमा बजेट १ दशमलव ०७ प्रतिशत मात्रै विनियोजन भएको छ । यस वर्ष सरकारले रु ३३ अर्ब ३७ करोड ९७ लाख बजेट विनियोजन गरेकोमा बालबालिकाको क्षेत्रमा रु ३५ करोड ५८ लाख २५ हजार ५२ मात्रै विनियोजन भएको सिसीआर कर्णाली प्रदेशका अध्यक्ष टेकराज आचार्यले जानकारी दिनुभयो । बजेट विश्लेषण गर्दा बाल अधिकारका चार क्षेत्रलाई समावेश गरिएको थियो भने विद्यालय पूर्वाधार निर्माणलाई समेत बालबालिको क्षेत्रमा बजेट मानिएको छ । यसैबीच बजेट विश्लेषण समीक्षा कार्यक्रममा सरोकारवालाले बालबालिकाको क्षेत्रमा लगानी बढाउन तिनै तहका सरकारले प्राथमिकता दिन आग्रह गरिएको छ । उनीहरुले बालबालिकामा लगानी गरे मात्रै समृद्धि हासिल हुने जनाउँदै तिनै तहका सरकारले त्यहीअनुसारको योजना र कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका हुन् । सिसीआर कर्णाली प्रदेशका अध्यक्ष आचार्यले प्रदेश सरकारले बालबालिकामा लगानी गर्न नसकेको जनाउँदै यस्तो अभ्यासले समृद्धि हासिल गर्न नसकिने बताउनुभयो । गैरसरकारी संस्था महासङ्घका सुर्खेतका अध्यक्ष प्रकाश सारु मगरले पनि बालबालिकामा लगानी बढाउन सरकारलाई सुझाव दिनुभयो । कार्यक्रममा विभिन्न सरोकारवालाले बजेट विश्लेषण नतिजाले बालबालिकाप्रति सरकार संवेदनशील नदेखिएको गुनासो गरेका थिए । कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य एवं सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारीले बालबालिकामा लगानी बढाउन आवश्यक रहेको जनाउँदै त्यसको लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । बालअधिकार महासन्धि १९८९ मा बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिताको अधिकारको व्यवस्था गरेको, नेपालको संविधान धारा ३४ मा बालबालिकाको मौलिक हकको व्यवस्था गरिएको छ । बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार राज्यको दायित्वको व्यवस्थासमेत गरिएको छ । तर सरकारले भने बालबालिकाका सवाललाई खासै चासो नदिएको सरोकारवालाले बताएका छन् । रासस
रुकुम (पूर्व) मा फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो ।
पोखरामा जारी आठौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवमा भूगर्भविद् तथा फोटोग्राफर डा. इरिका हुवाचेककी छोरी इर्मट्रडले हिमाली क्षेत्र फरक भए पनि जीवनशैली भने एकै प्रकारको हुने गरेको बताउनुभएको छ । हिमाली क्षेत्रको विषयमा आफूले खिचेको तस्बिरका बारेमा अनुभव साट्दै छोरी इर्मट्रडले हरेक देशका हिमाली क्षेत्रमा बस्ने नागरिकको जीवनशैली एउटै भएको अनुभव सुनाउनुभएको हो ।
काभ्रेपलान्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (के यू) को २९ औँ दीक्षान्त समारोहको पहिलो चरणमा एक हजार आठ सय विद्यार्थी दीक्षित हुने भएका छन् । बुधवार हुने २९ औँ दीक्षान्त समारोहको पहिलो चरणमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज, साइन्सका एक हजार ८३८ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले जनाएको छ ।