प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदे यामको मह काढ्ने समय अहिले चलिरहेको छ । यस यामको मह काढ्ने समय कात्तिक महिनादेखि सुरु हुन्छ । महबाट कृषकले मनग्य आम्दानी पनि गरेका छन् ।
गाउँमा रहेका वृद्धवृद्धा आफ्ना कलिला नातिनातिनासहित मञ्चमा उपस्थित भएर कार्यक्रम देखाए । उनीहरू आएका पाहुनालाई गुरुङ समुदायमा प्रचलित पोसाकमा विभिन्न सांस्कृतिक नाच प्रस्तुत गर्छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चितवनस्थित भरतपुर अस्पतालको प्रसूति विभाग अन्तर्गत निर्माण गरिएको वर्थिङ युनिटको उद्घाटन गर्नुभएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कास्कीका सामुदायिक वन उपभोक्ता समूहका १३ जना महिला अध्यक्षलाई सम्मान गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय राजकिशोर सिंह राजपूतको सालिक अनावरण गर्नु भएको छ ।
नेपालका शीर्ष वरीयताप्राप्त खेलाडी अरहन्तकेशर सिंहल सोमबार ऋद्धि शाक्यलाई सोझो सेटमा ११–२, ११–५, ११–८ ले हराएर एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको क्वार्टरफाइनलमा स्थान बनाउनुभएको छ ।
नेपालको सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा एक लाख पर्यटकले भ्रमण गरेका छन् । प्राकृतिकरुपमा सुन्दर मानिने यो स्थानमा तीन महिनाको अवधिमा एक लाख पर्यटकले भ्रमण गरेको गाउँपालिकाले जनाएको छ ।
मङ्सिर २१ गते, दिनको १ बज्नै लागेको थियो । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेश हुँदै गण्डकी प्रदेश प्रवेश गर्दै हुनुहुन्थ्यो । ओली दुई प्रदेशको सिमाना बागलुङको निसीखोला गाउँपालिका पातीहाल्नेमा स्वागत गर्न बसेकाको मनमा भने हिजोका दुःख, आजको अवस्था र भोलीको चिन्ताले पिरोलेको देखिन्थ्यो ।
पाल्पाका सामुदायिक विद्यालयमा अध्ययनरत पाँच हजार किशोरीको रक्तअल्पना जाँच गरिएको छ । जिल्लाका दश वटै पालिकाभित्रका ४० वटा सामुदायिक विद्यालयहरूमा अध्ययनरत झण्डै पाँच हजार किशोरीहरूको रक्तअल्पता परीक्षण गरिएको हो ।
निर्माण सम्पन्न भएको डेढ वर्षपछि श्रीनगर सांस्कृतिक डबली तानसेन नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताउनुभएको छ ।
ताजपुरिया समुदायका अगुवाहरूले आफ्नो संस्कृति र परम्परा संरक्षणका लागि सरकारसँग आग्रह गरेका छन् । संविधानको भावना र मर्मअनुसार आदिवासी जनजातिको कला, संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्नुपर्ने भन्दै उहाँहरूले त्यसका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
जापानका नागरिकले आगलागीका घटनालाई नियन्त्रणमा सहयोग पुग्ने वारुण यन्त्र सहयोग गर्ने भएका छन् । आगलागीका घटनालाई नियन्त्रण गर्न सहयोग पुगोस् भनेर जापानका नागरिकको सहयोगबाट रैनादेवी छहरा गाउँपालिकालाई वारुणयन्त्र (दमकल) दिन लागिएको हो ।
झापाका ग्रामीण क्षेत्रमा बिना हेल्मेट मोटरसाइकल चलाउँदा हुने जोखिम सम्बन्धी सचेतना सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय गौरीगंज र ट्राफिक प्रहरी पोष्ट गौरीगन्जले संयुक्त रूपमा हेल्मेटको प्रयोगको विषयमा सचेतना सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउनुभयो ।