• १४ मंसिर २०८१, शुक्रबार

'मोटरसाइकल दुर्घटनामा ज्यान जोगाउन हेल्मेटको प्रयोग अनिवार्य'

blog

गौरादहमा सचेतनामूलक बोर्ड ।

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर २५ गते । झापाका ग्रामीण क्षेत्रमा बिना हेल्मेट मोटरसाइकल चलाउँदा हुने जोखिम सम्बन्धी सचेतना सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय गौरीगंज र ट्राफिक प्रहरी पोष्ट गौरीगन्जले संयुक्त रूपमा हेल्मेटको प्रयोगको विषयमा सचेतना सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताउनुभयो । 

गौरादहबाट सुरु भएको कार्यक्रम जिल्लाभर नै सञ्चालनमा आउने बताइएको छ । हेल्मेटको प्रयोगको विषयमा जनचेतनामूलक कार्यक्रमसँगै विभिन्न ठाउँहरूमा सचेतना बोर्ड समेत राख्न सुरु गरिएको छ । 

झापाको गौरादहमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत सडक दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना मूलक कार्यक्रम गरी उक्त स्थानमा सडक दुर्घटना सम्बन्धी सचेतना मूलक बोर्ड राखिएको छ ।

इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रमुख अरविन्द कुमार साहका अनुसार ग्रामीण क्षेत्रमा हेल्मेटको प्रयोग कम हुँदा सम्भावित दुर्घटनाको जोखिमको विषयमा चालकहरूलाई जानकारी दिइने गरेको छ । दुईपाङ्ग्रे सवारी चलाउँदा अनिवार्य रूपमा लगाइने सुरक्षा कवचको रूपमा हेल्मेट लिइन्छ ।