नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका साथ सङ्घीयताको सफल कार्यान्वयन गराउनतर्फ हामी सबै लाग्नुपर्ने बताउनुभएको छ ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिकाका एक किशोर हराएको दुई महिना पुग्दा पनि फेला परेका छैनन् ।
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा कर्मचारी–११ सोमबार विजयी भएको छ । काठमाडौँ महानगरपालिकाअन्तर्गतको जनप्रतिनिधि–११ विरुद्धको मैत्रीपूर्ण खेलमा कर्मचारी टिम ५–३ गोलले विजयी भएको हो ।
रुकुमपश्चिमका स्थानीय तहको समेत लगानी रहेको स्यार्पू जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले सोमबार जिल्लाको बाँफिकोट गाउँपालिका–३ भाग्लेमा स्यार्पू जलविद्युत आयोजनाको शिलान्यास गर्नुभएको हो ।
वडा ७ का एलेक्स महर्जन र वडा १६ की अंकिता बज्राचार्यले पाँचौँ ललितपुर महानगरपालिका मेयर कप अन्तरवडा रात्रिकालिन टेबलटेनिस प्रतियोगितामा स्वर्ण जित्नुभएको छ ।
सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यवती समूह ‘डी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा सत्यवतीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले हरायो ।
नेपालगन्ज उपमहानगरको व्यस्त बजारमा ढुवानीका ठुला–साना साधनले ट्राफिक व्यवस्थापनमा दिनदिनै समस्या बढ्न थालेपछि समस्या समाधानका लागि ढुवानी व्यवसायीले स्वयम् ट्रान्सपोर्ट भिलेज निर्माणमा लागेका छन् ।
दाङमा नदीजन्य पदार्थ नियन्त्रण गर्न खोज्दा नगर प्रहरी र गाडी चालकमाथि हातपात भएको छ । लमही नगरपालिका–२ बटकहवास्थित राप्ती नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको ट्याक्टर नियन्त्रण गर्दा लमही नगरपालिकाका नगर प्रहरी छवि चौधरी, विनोद शर्मा र चालक मेघराज गिरीमाथि हातपात भएको हो ।
आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ । आज अर्थमन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग सुझाव लिइएको हो ।
धादिङको सिद्धलेक गाउँपालिका वडा नं–२ झगरेस्थित डिलबहादुर नेपालीको घरमा विद्युत लाइन सर्ट भई आगलागी हुँदा घरसहित सम्पूर्ण सामग्री जलेर नस्ट भएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलव ४० अङ्कले ओरालो लागेर एक हजार नौ सय ४८ दशमलव ५७ मा सीमित भएको छ ।
नेकपा एमाले अछामको जिल्ला अधिवेशन फागुनमा गर्ने तय गरेको छ ।
गण्डकी प्रदेशभित्र विद्युत् विस्तारमा प्रयोग भएका ३० हजार चार सय ८१ काठका जीर्ण खम्बा हटाइ फलामका खम्बा राखिएको छ । प्रदेश सरकार स्थापना भएयता सो सङ्ख्यामा काठका खम्बा विस्थापन गरिएको हो ।
बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूल खेतीको रुपमा किबीलाई लिन थालिएको छ । पछिल्लो समय शिक्षा, रोजगारलगायत कारणले बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएपछि बाँझो खेतीयोग्य जग्गाको सदुपयोग गर्दै गाउँ-गाउँमा किबी खेतीको लहर चलेको हो ।