• १२ साउन २०८१, शनिबार

दुई महिनादेखि युवक बेपत्ता

blog

हराएका युवक चेतन शाही । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, मङ्सिर २५ गते । अछामको पञ्चदेवल विनायक नगरपालिकाका एक किशोर हराएको दुई महिना पुग्दा पनि फेला परेका छैनन् । 

गत कात्तिक ७ गते हराएका विनायक नगरपालिका –५ (साबिकको ल्याटी गाविस –२) बस्ने विर्खबहादुर शाहीका छोरा १८ वर्षीय चेतन शाही सम्पर्कमा नआएका हुन् । 

वडा अध्यक्ष हेमबहादुर शाहीले बालकको खोजीका लागि सार्वजनिक सूचना जारी गर्नुभएको छ । उहाँले कसैले भेटेमा नजिकको प्रहरी कार्यालय वा मोबाइल  ९७४४२९८००६ र ९७४२२०३०७८ मा खबर गरिदिन अपिल गर्नुभएको छ ।

बालकका आफन्त देविन्द्र बमले बालक हराएदेखि आमा बेहोस् भएको बताउनुभयो । खोजी गर्दा पनि नभेटिएपछि परिवारका सदस्यहरू चिन्तित भएका छन् । खोजीकार्य प्रहरीले पनि गरिरहेको छ । बालकका बुवा भारतमा रहेकाले वालकको खोजी गरिदिने कोही नभएको बमले बताउनुभयो ।