काठमाडौँलाई मुख्य बजार बनाएर देवघाटमा उत्पादित सुन्तला बिक्री वितरणका लागि बजार व्यवस्थापन, किसानले सिधै अनुदान पाउने व्यवस्थालगायत विषय महानगरको बैठकमा छलफल गरिने कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले राससलाई जानकारी दिनुभयो ।
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पा जिल्ला जोड्ने राम्दीमा नयाँ पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने प्रमुख मार्गका रूपमा रहेको सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दीमा नयाँ पक्की पुल निर्माण सुरु भएको हो ।
नेपालका वरिष्ठ गायक गायिका र नेपालीभाषी भुटानी समुदायका चर्चित कलाकारको सहभागितामा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा बृहत् साङ्गीतिक समारोह आयोजना गरिएको छ ।
म्याग्दीको बेनी नगरपालिका –९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामस्थित शिवालय मन्दिरमा सोमबार विहानैदेखि शतवीज छर्न भक्तजनको भीड लागेको छ ।
पुतलीबजार नगरपालिका १२ पेल्काचौरको ओल पहरोमा साहसिक खेल 'रक क्लाइम्बिङ'मार्फत पर्यटक भित्राउने प्रयास गरिएको छ ।
कर्णाली प्रदेश सरकारले स्वास्थ्य पुनःस्थापनासम्बन्धी सातवर्षीय रणनीतिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको छ । अपाङ्गता न्यूनीकरण तथा पुनःस्थापना गर्नका लागि आगामी २०८७ सालसम्म विभिन्न काम गर्नेगरी उक्त रणनीतिक योजना अघि बढाइएको हो ।
आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ ।
भारतीय सीमावर्ती क्षेत्रमा नेपाली युवामाथि भएको गोली प्रहारको घटनाको छानबिन गर्न मोरङ प्रहरीले भारतीय प्रहरी समक्ष समन्वय अगाडि बढाएको छ ।
वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । उक्त सामूहिक माछापालन पश्चिम म्याग्दीका लागि उदाहरणीय व्यवसाय बनेको छ ।
स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले अभियन्ता गोविन्द केसीको अनशनले चिकित्सा ऐन संशोधन नरोकिने बताउनुभएको छ ।
सत्रौँ संसद् सेवा दिवसका अवसरमा आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
“घरै अगाडि यस्तो पक्की सडक बन्ला भन्ने सोचेका थिएनौँ, अहिले त हामीलाई जता जान पनि सजिलो भएको छ”, सडक नै नहुँदा बसेको बस्तीमा खेती किसानी गर्दै आउनुभएका वलीले भन्नुभयो, “हुलाकी सडक बनेपछि अब बजारमा किनमेल गर्न जान, बिरामी हुँदा अस्पताल जान धेरै सजिलो भएको छ, सडक बन्दा दुई कट्ठा जमिन खेर गयो तर अहिले सडकले जग्गाको भाउ पनि बढाएको छ
पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरा ३८ दशमलव ८८ किलोमिटर दूरीको जसमध्ये २० किलोमिटर दूरीमा छ लेनको बनाईने मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख राजेश पौडेलले जानकारी दिनुभयो ।
इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखना सञ्चालन गरेको छ । इजराली भूमिमाथि आक्रमण भएपछि ुडिफेन्स फोर्स आर्टीलरीु गाजा पट्टी भित्र तैनाथ गरिएको सेनाले जनाएको छ ।
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिनुभएको छ ।