• १२ साउन २०८१, शनिबार

संसदका महासचिव गौतमद्वारा पदबाट राजीनामा

blog

सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतम ।

काठमाडौं, मङ्सिर २५ गते । सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा दिनुभएको छ । 

उहाँले आइतबार नै आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्नुभएको जानकारी सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले दिनुभयो । 

यस्तै, उहाँले के कारणले राजीनामा दिनुभएको हो, त्यो भने खुलेको छैन र राजीनामाबारे औपचारिक जानकारी सचिवालयलाई पनि प्राप्त भएको छैन ।