• १२ साउन २०८१, शनिबार

पालिकालाई वारुण यन्त्र उपलब्ध गराइने

blog

फाइल तस्बिर ।

रेखीराम राना

तानसेन, मङ्सिर २५ गते । जापानका नागरिकले आगलागीका घटनालाई नियन्त्रणमा सहयोग पुग्ने वारुण यन्त्र सहयोग गर्ने भएका छन् । आगलागीका घटनालाई नियन्त्रण गर्न सहयोग पुगोस् भनेर जापानका नागरिकको सहयोगबाट रैनादेवी छहरा गाउँपालिकालाई वारुणयन्त्र (दमकल) दिन लागिएको हो ।  

त्यहाँका नागरिकले एक करोड बढी लागत पर्ने वारुण यन्त्र पालिकालाई दिने तयारी गरेको गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिनुभयो । आफ्नै पालिका तथा छिमेकी पालिकाका विभिन्न स्थानमा आगलागीका घटनालाई नियन्त्रणमा लिन वारुण यन्त्रले सहयोग पुग्ने विश्वास पालिकाका अध्यक्ष भट्टराईले गर्नुभयो । 

वारुण यन्त्र सञ्चालन र व्यवस्थापनको जिम्मेवारी पालिकाले लिनेगरी सहयोग आउन लागेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले बताउनुभयो । पाल्पाका दश पालिकामध्ये तानसेन नगरपालिकामा मात्र वारुण यन्त्र रहेको छ । अन्य नौ पालिकामा भने हालसम्म पनि वारुण यन्त्र नरहेको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताउनुभयो ।