• १२ असार २०८१, बुधबार

जहाजको झ्यालको सिसा आकाशबाटै खस्यो

blog

नारायण कुमार श्रेष्ठ 

सोलुखुम्बु, मङ्सिर २५ गते । सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ । आइतबार काठमाडाैं बाट कार्गो सामाग्री लिएर तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडेको जहाजको दायाँ भागको सिसा आकाशबाटै जमिनमा खसेको हो ।

जहाजमा पूरै कार्गो सामग्रीले भरिएकाले भित्रबाट सामग्रीहरुको दबाबले सिसा निस्किएको हुन सक्ने तारा एयर लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पाइलट अमित गुरुङ र कोपाइलट अल्फा लिमा श्रेष्ठले उडाएको उक्त जहाजमा चालक दलका तीन सदस्य मात्रै सवार थिए ।

सिसा कुन ठाउँमा खस्यो भन्नेबारे यकिन हुन नसकेको बताइएको छ । सो जहाज आइतबार विहान १०:०१ मा लुक्ला विमानस्थल अवतरण भएको तारा एयरले जनाएको छ । जहाज अहिले लुक्लामै छ भने मर्मतपछि मात्र काठमाडौँ फर्किने तारा एयरले जनाएको छ ।