• १९ वैशाख २०८१, बुधबार

इजिप्टमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु

blog

काठमाडौँ, मङ्सिर २५ गते । इजिप्टमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु भएको छ । विदेशमा रहेका इजिप्टका मतदाताहरूले यसअघि डिसेम्बर १ देखि डिसेम्बर ३ सम्म मतदान गरेका थिए ।

करिब ६७ मिलियन इजिप्टवासीहरू राष्ट्रव्यापी ९ हजारभन्दा बढी मतदान केन्द्रमा मतदान गर्न योग्य छन् । तेस्रो कार्यकालका लागि चुनाव लडिरहेका सिसी सन् २०१४ मा राष्ट्रपति निर्वाचित भएका थिए र २०१८ मा दोस्रो कार्यकालका लागि पनि भारी बहुमतका साथ निर्वाचित भएका थिए ।

अन्य तीन प्रतिस्पर्धीहरु सोसल डेमोक्रेटिक पार्टीका फरीद जहरान हुन्; इजिप्टको अल–वाफद पार्टीको अब्देल सनद यामामा, र पीपुल्स रिपब्लिकन पार्टीका उम्मेदवार हाजेम ओमर छन् । अन्तिम नतिजा डिसेम्बर १८ मा घोषणा गर्ने तालिका छ ।

सिन्ह्वाबाट