चितवन एफसीलाई ३-१ गोलले हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो शीर्षस्थानमा उक्लिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्न सरकारले ढिलाइ गरेको भन्दै चाँडो व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्नुभयो ।
प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता पुस २५ गतेदेखि सुरू हुनेभएको छ ।
हिउँ परेपछि चिसोले जमेको हिमाली जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल । हिमपात भइरहेको अवस्थामा पनि बाह्य पर्यटक यो ताल हेर्न आउने गरेका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा न्युरो सर्जरी विभाग अन्तर्गत राष्ट्रिय ब्रेन ट्युमर केन्द्र मार्फत ब्रेन ट्युमर विशेष क्लिनिक सेवा हप्तामा दुई दिन सुरु भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) हुम्लाको कावा अध्यक्षमा यसअघिका उपाध्यक्ष डबल रावत चयन हुनुभएको छ । पार्टीको ताँजाकोटमा हालै भएको आठौँ पूर्ण बैठकले सो जिम्मेवारी दिएको हो ।
एसिसी यु–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पताल भर्ना हुनुभएको छ । प्रमुख शर्मालाई शनिबार बिहानदेखि ज्वरो आएपछि अस्पताल भर्ना हुनुभएको हो ।
सप्तरीको खडक नगरपालिकाको एक सहकारीले नगर प्रमुखको फर्जी हस्ताक्षर गरी सिफारिस बनाएर मल सप्लाइ गरेको छ । खडक नगरपालिका –११ बनौलीको सहकारी संस्था लिमिटेडले नगरपालिकाको नगर प्रमुख जयप्रकाश चौधरीको हस्ताक्षर किर्तेगरी कृषि सामग्री कम्पनी राजविराजबाट एकसय ३० बोरा डिएपी र १२ बाेरा युरिया मल लगेको पाइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्ने बताउनुभएको छ ।
पोखरामा रोकिराखेको बस चोरेर चितवन लग्दैगर्दा एक किशोर पक्राउ परेका छन् । शुक्रबार राति पोखरा महानगरको वडा–९ मा पार्किङमा राखिएको ग १ ख ९६३८ नम्बरको बस चोरी गरेका किशोरलाई प्रहरीले पक्राउ गरेका जनाएको हो ।
सरकारले गठन गरेको एनसेलको शेयर खरिद–बिक्री अध्ययन तथा छानबिन समितिले काम थालेको छ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालमा सरकारी क्षेत्रमा हुने ढिलासुस्ती नै विकासको बाधक भएको बताउनुभएको छ । उहाँले विकास निर्माणका फाइल यता र उता बोकेर हिँड्नुपर्ने प्रवृत्ति हटाउनुपर्ने सुझाव दिनुभयो ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेशका सञ्चार क्षेत्रको विकासमा तीनै तहका सरकारको भूमिका महत्त्वपूर्ण भएको बताउनुभएको छ ।