• १२ साउन २०८१, शनिबार

एमाले हुम्लाको कावा अध्यक्षमा रावत

blog

कावा अध्यक्षको जिम्मेवारी पाउनुभएका डबल रावत । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, मङ्सिर २४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) हुम्लाको कावा अध्यक्षमा यसअघिका उपाध्यक्ष डबल रावत चयन हुनुभएको छ । पार्टीको ताँजाकोटमा हालै भएको आठौँ पूर्ण बैठकले सो जिम्मेवारी दिएको हो ।  

कावा अध्यक्ष रावतले ताँजाकोट गाउँपालिका केन्द्र छप्रेलामा बसेको पार्टीको जिल्ला कमिटीको बैठकले विभिन्न निर्णय गरेको बताउनुभयो । उहाँले आफूलाई बैठकले कावा अध्यक्षमा चयन गरेको जानकारी दिनुभयो । 

बैठकमा पार्टीको कामको समीक्षा तथा पार्टीको आर्थिक, राजनीतिक र सांगठानिक प्रतिवेदनबारे बैठकमा छलफल भएको बताउनुभयो । हालका अध्यक्ष कलबहादुर हमाल प्रदेश सभा सदस्यमा चयन हुनु भएपछि रावतले कावा अध्यक्षको काम गर्दै आउनुभएको थियो ।

बैठकले औपचारिक रूपमा निर्णय गरेर रावतलाई कावा दिने निर्णय गरेको हो । बैठकमा स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्यत्रय दलबहादुर रावत, दलबहादुर फडेरा, छक्कबहादुर लामा, एमाले हुम्लाका इन्चार्ज नगेन्द्र शाहीको उपस्थिति थियो ।