उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्कनु भएको छ।
नेपालगन्ज उपमहानगरपालिकाको नेतृत्वमा उपमहानगरभित्र दाइजो प्रथा अन्त्यका लागि सुरु गरिएको अभियान अन्तर्गत दाइजो प्रथा अन्त्य गर्न कार्ययोजना निर्माण गरिएको छ । यहाँ आयोजित एक कार्यक्रममा सहभागी सम्बन्धित विभिन्न सरोकारवालाले संयुक्त रूपमा दाइजो प्रथाविरुद्धको कार्ययोजना निर्माण गरेका हुन् ।
म्याग्दीको बेनी नगरपालिका–९, स्थित ऐतिहासिक धार्मिक स्थल गलेश्वरधाममा लाग्ने बालाचतुर्दशी मेलाको तयारी पूरा भएको छ।
नेपालगन्जमा पहिलो पटक रैथाने बस्तुबाट उत्पादन गरिएका लुगा कपडा र खाद्यवस्तुको प्रवर्धनका लागि हाटबजार सञ्चालन भएको छ ।
समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा फूल्छ । हिउँद लागेसँगै पैयुँ फूल्न थाल्छ । यसको रस माहुरीका लागि प्रमुख आहारा हो ।
दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी जिल्लाका पालिकाहरूले एकीकृत घुम्ती शिविर सञ्चालन गरेका छन् । जिल्लाको रैनदेवी छहरा, निस्दी र रिव्दीकोट गाउँपालिकाले एकीकृत घुम्ती शिविरमार्फत नागरिकलाई सेवा प्रवाह गरेका हुन् ।
व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा पछिल्ला समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचिअनुरूप व्यावहारिक सीप दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ । आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले सहकारीको माध्यमबाट कृषिजन्य उत्पादनमा आत्मनिर्भरता बन्न सकिने बताउनुभएको छ ।
रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रबार राति भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन् ।
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा खटेको पाल्पाली टोलीले ४३ वटा अस्थायी घरटहरा निर्माण गरेको छ ।
तनहुँको सदरमुकामको दमौली अस्पतालमा जनशक्तिसँगै भौतिक पूर्वाधारको समेत अभाव छ । अस्पतालमा दरबन्दी अनुसार विषय विशेषज्ञ चिकित्सकको अभाव हुँदा यस क्षेत्रका बिरामी उपचारका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले मानव अधिकार प्राप्तिका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेको बताउनुभएको छ ।
मकवानपुरमा रु. एक करोड फिरौती मागेकाे आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।