• १९ वैशाख २०८१, बुधबार

रोमको अस्पतालमा आगलागी, चारको मृत्यु : २०० जनाभन्दा बढीको उद्धार

blog

रोम, मङ्सिर,  २४ गते ।  रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रबार राति भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते  भएका छन् ।

इटालीको फायर ब्रिगेडलाई उद्धृत गर्दै बताइए अनुसार राति करिब १०:३० बजे शवगृह, क्लिनिक र भान्सा नजिक एक्कासि आगोले समातेको र तुरुन्तै माथिल्लो तलाको आपत्कालीन कोठासम्म फैलिएको थियो ।

मृतक चार जनामध्ये दुई जनाको धुवाँले निसास्सिएर मृत्यु भएको बताइएको छ भने एकजनाको हृदयघातका कारण मृत्यु भएको छ भने अर्का एक जनाको जलेर मृत्यु भएको छ ।

शवगृहमा रहेका अन्य शव पनि जलेको पाइएको छ ।

उद्धार गरिएकामध्ये सात बालबालिका र धेरैजसो बच्चा छन् । अस्पतालका प्रवक्ताले बताए अनुसार उद्धार गरिएकामध्ये १३४ जनालाई नजिकैका अस्पतालहरूमा लगिएको छ ।

आकस्मिक कोठामा उपचारका लागि पर्खिरहेका प्रत्यक्षदर्शीहरूका अनुसार एक्कासि बिजुली गएको र आगो सनसनी रूपमा फैलिएको बताएका छन् । रासस/एएनआ