सत्रवर्षे उमेरमा एसएलसीपछि महिनाको तिस रुपियाँ तलब खाने गरी मास्टर भएको हो उहाँ धनकुटाको बालमन्दिरमा । काठमाडौँबाट पढेर फर्किएका तुलसी दिवसले चित्रकला र कविता लेखनमा हुटहुटी जगाएपछि कलम र कुची पनि चलाएको हो । स्थानीय पत्रिकामा १७ सालमै कविता र १८ सालमा गोरखापत्रमा समालोचना छापिएपछि त धनकुटाका टोपी साहु (सूर्यबहादुर श्रेष्ठ) का छोरा
गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा घर गल्र्यामगुर्लुम ढलेसँगै यहाँका नागरिक खुला आकाश मुनि बस्न थालेको महिना दिन पूरा भयो । आर्थिकरूपमा विपन्न त्रिपालकै सहारामा खुला आकाश मुनि अनेकन पीडालाई लुकाउदै बस्न बाध्य छन् ।
भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध औपचारिक रूपमा लागूभएको अधिकारीहरूले बताएका छन् । बिहीबार साँझ विदेश व्यापार महानिर्देशनालयद्वारा जारी गरिएको सूचनाअनुसार प्याजको निकासी नीतिलाई मार्च ३१, २०२४ सम्म प्रतिबन्ध लगाएको हो ।
गत राष्ट्रिय कला प्रदर्शनीमा झाडीमा फालिएको जस्तो भएर एउटा काठको डुङ्गा, डुङ्गामाथि सजाएर राखिएको पुस्तकको थुप्रो अनि कलाकार स्वयंले चियापसल थापी चिया ख्वाउने भनेर बनाइएको क
हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले जनजीवन प्रभावित बनेको छ । पानीको धारामा बरफ जम्न थालेको छ भने तापक्रम माइनसमा झरेको छ ।
कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाले विद्यालयका प्रधानाध्यापक नियुक्ति गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत सुर्खेत जुम्ला इजलासले आदेश गरेको छ । गाउँपालिकाले परीक्षा लिएर विद्यालयका प्र अ नियुक्ति गरेको विषयमा घुसपैठ भएको भन्दै शिक्षकहरूले उच्च अदालत जुम्लामा रिट दर्ता गरेपछि अदालतले अन्तरिम आदेश दिँदै निर्णय कार्यान्वयन नगर्न भनेको हो ।
काठमाडौँ महानगरपालिकाका केही स्थानका छाडा कुकुरमा डिस्टेम्पर रोग देखा परेको छ । काठमाडौँ महानगरपालिका पशुपक्षी विभागका प्रमुख डा. अवधेश झाले समुदायमा रहेका कुकुरमा समस्या देखिएपछि स्थानीयबाट आएको सूचनाका आधारमा परीक्षण गर्दा डिस्टेम्पर रोग थाहा भएको जानकारी दिनुभयो । कुकुरहरुमा हुने यो रोग एउटा कुकुरदेखि अर्को कुकुरमा सजिलै सर्ने भन्दै उहाँले यो रोग कुकुरबाट मान्छेमा नसर्ने बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस सरकारका प्रतिनिधिहरूबिच छलफल गर्नुभएको छ। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संविधानको व्यवस्थाबमोजिमका सङ्घीय कानुनहरू निर्माणको विषयमा छलफल भएको थियो।
सन् १९८६ अप्रिल २६ मा चेर्नोबिलमा विस्फोट भएको थियो । त्यसको १४ घण्टापछि चेर्नोबिलको जुन पहिलो तस्बिर खिचियो, यो त्यही हो । दुर्घटना भएको क्षेत्रमा विकिरणको स्तर मापन गर्न गएको हेलिकोप्टरबाट यो तस्बिर खिचिएको थियो । वायुमा विकिरण अत्यधिक भएका कारण तस्बिर दानेदार छ । क्यामराले तस्बिर खिच्न लाग्दा विकिरणका कारणले त्यसको रिल नै नष्ट हुन थालेको थियो । सो तस्बिर खिच्ने इगोर कोस्टिनले २० जति तस्बिर के खिचेका थिए क्यामराको मोटरमा नै विकिरणको प्रभाव पर्न थाल्यो । जब उनले रिलबाट तस्बिर तयार पार्न था
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो ।
राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक तथा माहामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथु्र’ भएको छ । इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा दुई हजार सात सय मिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल)निर्माण गरेको हो ।
भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व प्रदान गर्ने उद्देश्यले सुरु भएको जग्गा वितरण कार्य इलाममा भने जनशक्ति अभावले ढिलाइ भएको छ । राष्ट्रिय भूमि आयोगको जिल्ला कार्यालयले जि
कालीगण्डकी नदी तथा आसपासका खोलामा प्राकृतिक रूपमा रहँदै आएका माछाको सन्तुलन कायम राख्न माछाका भुरा छाडिएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको ड्यामको मुख्य क्षेत्र आँधीमुहानमा दुई लाख ५० हजार माछाका भुरा छाडिएको हो । नदीमा सहर, कत्ले, गर्दी, ठडे, हाडे आदि प्रकारका माछाका भुरा छाडिएको जलविद्युत् केन्द्रका प्रमुख बाबुराजा महर्जनले जानकारी दिनुभयो ।
कार्यवाहक प्रमुख र जनप्रतिनिधिबिचको मनोमालिन्यका कारण रौतहटको फतुवाविजयपुर नगरपालिकामा हालसम्म पनि नगर सभा हुन सकेको छैन । नगर सभा गर्न मिति तय गर्ने उद्देश्यले पछि