• १० फागुन २०८०, बिहिबार

पार्टिसिपेटोरी आर्ट (कला)

blog

गत राष्ट्रिय कला प्रदर्शनीमा झाडीमा फालिएको जस्तो भएर एउटा काठको डुङ्गा, डुङ्गामाथि सजाएर राखिएको पुस्तकको थुप्रो अनि कलाकार स्वयंले चियापसल थापी चिया ख्वाउने भनेर बनाइएको कला प्रदर्शन भएपछि नेपाली कलाको क्षेत्रमा यसले ठूलो तरङ्ग ल्यायो । कलाकार आफैँले बनाएको सानो अस्थायी चिया पसल अनि यही चियाको सानो पसलबाट कलाकार आफैँले चिया बनाउँदै खान दिएको पनि कलाको एउटा व्रिmयाकलाप नै थियो । भन्दासुन्दा अलि अचम्म जस्तो लागे पनि हेर्न आउने भावकबिना सम्पूर्णता नहुने यो कलामा हरेक भावकको भिन्दाभिन्दै व्रिmयाकलाप यही कलामा समावेश हुने गर्दथ्यो । यस्ता कैयौँ व्रिmयाकलाप कलाकार स्वयंले नसोचे  पनि घटित हुन्थ्यो अनि यो पनि कलाको एक भाग हुन्थ्यो । यही अनि यस्तै व्रिmयाकलापहरू यो कलाको अभिन्न भाग भएर छिनछिनमै भिन्दाभिन्दै स्वरूपमा परिवर्तन भइरहनु नै यो कलाको मुख्य विशेषता थियो । 

चित्र वा मूर्तिहरू प्रदर्शन हुने मूल कक्षभन्दा बाहिर कतै नितान्त एकान्तमा रहेको यो कला खोजी खोजी नपसे आम दर्शकका लागि पनि यो दुर्गम ठाउँ जस्तो थियो । अलिकति इन्स्टलेसन अलिकति पर्फमेन्स अनि कोल्याबोरेटिभ कलाको प्रकृतिमा यो कला देखा पर्दा पनि नितान्त नौलो ढङ्गको कलाको स्वरूपमा देखिनु स्वाभाविक थियो । दर्शकहरू भावकका रूपमा अवलोकन गर्दागर्दै कलाको एक भाग आफू पनि भइसकेको पत्तै नै पाउँदैन थिए । पश्चिमा देशहरूमा यस्ता कलामा धेरै प्रयोग भइरहन्छन् । छलफल हुन्छ, मिमांस हुन्छ अनि यस्तायस्तै कला समीक्षात्मक अभिलेखन भई इतिहास बन्छ । नेपालमा चाहिँ यस्तो प्रचलन आइसकेको छैन ।   

यही कलाको थोरै विस्तारमा अवलोकन गर्दा चाहिँ भावकहरू डुङ्गाभित्र बसेर पुस्तक पढ्ने, पुस्तकालयमा गएर पुस्तक पढेजस्तो । डुङ्गाभित्रै बसेर गफगाफ गर्ने चिया अडर गर्ने चिया खाँदै मस्त भएर गितार बजाएर आनन्दित हुने वा कतैबाट टुप्लुक्क आइपुगेका एउटा भावक डुङ्गाभित्र पसी कविता पाठ गर्दा गर्दै एउटा माहौल खडा भई कवि गोष्ठि हुन जाने, स्कुले केटाकेटीहरू यसैमाथि तल गरेर उफ्री उफ्री खेलिबस्ने, आमा बुवाले आफ्ना छोरा छोरीको लागि केक काटेर यही जन्मदिवस पनि मनाइदिने, कुरा गर्दागर्दै कलाको प्रवचनको कार्यव्रmम पनि यहीँबाट हुने आदि इत्यादि थुप्रै व्रिmयाकलाप हुँदै गर्दा पनि यो कलामा आफैँमा यथेष्ठ रूपमा नवीनता देखिएको हो । 

पार्टिसिपेटोरी आर्टको परिभाषित स्वरूप 

यस्ता कलालाई अहिले पार्टिसिपेटोरी आर्ट (सहभागितामूलक कला) भन्ने प्रचलन छ । जहाँ कलाकार र आम मान्छेको संलग्नतामा अनायास नयाँ कलाको रूपमा जन्म हुन्छ । स्वस्फुर्त इन्स्टलेसन स्वरूपमा बनेको यस्ता कला केही क्षण वा केही दिनपछि यसको अन्त्य त्यहीँ नै हुन्छ । एउटा कला जीवन्त हुँदा तत्क्षणै यस्को मृत्यु हुनु अनि अर्कै कलाको उदय हुनु नै यसको विशेषता हुने गर्दछ । स्वभावतः यहाँ पनि यही विशेषता दृश्यावलोकन हुन पुगेको थियो । यही कला पनि थोरै पर्फमेन्स कलाका विशेषता बटुलेको जस्तो पनि देखिन्थ्यो ।  आफ्नै निजी जीवनमाथि छलफल हुँदा पनि  इन्ट¥याक्टिभ कलाको (अन्तव्रिर्mयात्मक कला) रूपमा कला पनि देखिन थालेको महसुस हुन्थ्यो । कता कता कलाकार आफैँले कतै यसका लागि पहल गरे जस्तो सहजीकरण गरे जस्तोे लाग्नु नै मूलतः पार्टिसिपेटोरी कलाको थप विशेषता पनि हो । 

भावकहरू गफगाफ गर्दै गरेको, अन्तव्रिर्mया गर्दै गरेको जम्मै कुरा कलाकै एक भाग भइदिँदा पनि यो इन्ट¥याक्टिभ कलाको नजिक हुन खोजे जस्तो हुनगएको थियो । अनि थुप्रै विधा उपविधा एकै ठाउँमा जोडिनु यो कोल्याबोरेटिभ काम जस्तो हुनुले पनि यो कला इन्ट¥याक्टिभ कला अनि कोल्याबोरेटिभ कला पनि हुन पुगेको देखिन्थ्यो । विश्वमा सन् १९६० को उतरार्धमा अनि नेपालमा चाहिँ सन् २००० को उत्तरार्धमा वैकल्पिक कलाका यस्ता यस्तै कैयौँ कलागत प्रवृत्ति उदाएका थिए, उदाउँदै छन् । यो काम पनि यसैको थप विशेषता लिएर देखा परेको छ ।  

समुदायमै गएर उनीहरूकै सवाललाई सम्बोधन गर्दै मिलेर कलाको निर्माण गर्नु नै यी माथिका सबैजसो कलाको मूल मर्म पनि हो । योभन्दा पनि अलि पर भनेर पार्टिसिपेटोरी कला भनेको चाहिँ समुदायलाई अझ बढी स्वामित्व ग्रहण गर्न दिने कलाका रूपमा देखा परेको छ । यो कलाको स्वरूपले समुदायले सकारात्मक विकासतर्फ अग्रसर हुन आफैँले गर्दै गरेका व्रिmयाकलापलाई उनैको स्वामित्वमा रहिरहन कलात्मकताको ओढनी ओढाइदेऊ भन्ने अवधारण मूलतः पािर्टसिपेटोरी कलाको मूल मन्त्र पनि हो ।  

गर्न देऊ भनेर बनेको हुँदा पनि यस्ता कलामा सहभागी भावकलाई को–अथर वा सम्पादक बनाउ भनेर पनि यसको अलग्गै कलागत आग्रह रहेको पाइन्छ । यी सबै कला पश्चिममै उदाए अनि विश्व कला बजारमा यसले यथेष्ठ रूपमा दखल दिँदा नेपालमा पनि यसैको बाछिटा परेको हो । यसो भनेर यो पश्चिमाको नक्कल गरेर बनाइएको कला भने होइनन् । आज ग्लोबल कल्चरको जमानामा सोसियल मेडियाको चरम उत्कर्षको प्रभावको सन्दर्भमा वा ग्लोबलाइजेसनको बेलामा विश्वमा कहाँ कसले कलामा नयाँ के ग¥यो भन्ने कुरा भाइरल हुनु सामान्य बन्न गएको छ । कलाकारहरू आफ्नो अलग पहिचानका लागि पनि कलाको अनेक प्रवृत्ति, दर्शन अनि अवधारणा आइरहेका देखिन्छन् । पार्टिसिपेटोरी आर्ट पनि यसैको पराकाष्टा हो । 

यसैमा प्रोजेक्ट आर्टको लक्षण पनि गाँसिएकाले पनि समग्रमा यसलाई पार्टिसिपेटोरी आर्ट भन्न थालिएको हो । अझ भनौँ भने यो कलाले कलाकारको सानो समूहले बनाउने कला अनि ठुलो आम जनतालाई निष्कृय रूपमा मात्र यसलाई अवलोकन गर्न आग्रह गर्दै कलाको बिव्रmी गर्ने खालको कलाको घोर विरोधसमेत गर्दछ । 

व्याख्याताहरूले पार्टिसिपेटोरी आर्टको साधारण परिभाषा यस प्रकार गर्ने गरेका छन् । यो यस्तो प्रवृत्तिको कला हो जहाँ सामान्य जनमानस कलाको सिर्जन–प्रव्रिmयामा संलग्न भएका हुन्छन् । कला सिर्जना हुनुमा साधारण मान्छेहरू पनि आफ्नो स्वामित्व बोक्छन् । यसर्थ पनि को–अथर वा सम्पादक भूमिकामा समेत हुन, भइदिन आग्रह गरिने यस्ता कलामा भावकको सशरीर अन्तव्रिर्mयात्मक सहभागिता हुने गर्दछ । यी सब व्रिmया नभएको खण्डमा यस्ता कलालाई सम्पूर्णमा बोकेको मानिँदैन । धेरै कलाविद्हरूले अनेक कोणबाट यसको व्याख्या विश्लेषण गरेका छन् । कला सिर्जनामा भावकको सव्रिmय सहभागिता हुनु नै पार्टिसिपेटोरी आर्ट हो । अर्थात् कला सिर्जनाको प्रव्रिmयामा दर्शकको भूमिका खोज्नु, उनको सशरीर वा अवधारणगत सहभागिता कस्तो रह्यो वा रहन पर्छ भन्ने चासो अनि अपनत्व बोकेको अवस्था यो कलामा अन्तर्निहित हुने गर्दछ । 

यो कलाको सर्जक चाहिँ रवीन्द्र श्रेष्ठ थिए । उनी युवा कलाकार हुन । तथापि यस्ता यस्तै भावकलाई अभिन्न कलाको एक भाग बनाउँदै कलाको सिर्जना गर्ने नेपली समसामयिक कलाका सबैभन्दा अब्बल कलाकारका रूपमा पनि मानिन्छन् । यस्ता यस्तै उनले १५ भन्दा बढी काम गरिसकेका छन् । सबैजसो कलाको अलग अलग प्रकृति अनि लामो इतिहास पनि छ । सबैको उल्लेख यहाँ सम्भव भएन । तथापि अहिलेको नेपाली समसामयिक कलाको नितान्त अलग कलागत प्रवृत्ति देखा परेको यसले यथेष्ठ प्रतिनिधित्व चाहिँ गर्दछ । गत वर्षको राष्ट्रिय कला प्रदर्शनीमा उनले एउटा बडेमाको काठको मुढामा थुप्रै सिक्काहरूलाई ठोकेर प्रदर्शन गरे । उद्घाटन गर्न आएका उपराष्ट्रपतिले पनि यसैमाथि नेपाली सिक्कालाई ठोकिहेरे । अनि यो कला अवलोकन गर्न आउने विदेशीहरूले पनि डलरहरू ठोकेर कलाका एक भाग बनेका थिए । यस्ता यस्तै प्रकृतिका उनका कैयौँ कला सिर्जना भएका छन् ।   

पार्टिसिपेटोरी कलासँग जोडिन आएको यसैबेलाका कलाका अन्य फर्महरू पार्टिसिपेटोरी आर्ट अहिले विश्वमा देखा परेको सर्वनवीन कलागत प्रवृत्ति हो । विश्वमा सन् १९६० पछि देखिँदै आएको नितान्त नौलो प्रवृत्तिका कलाहरूमा पनि यो कला चाहिँ अझ नौलो भएर देखा परेको हो । कलाविद्हरू यसअघि विश्व कला–बजारमा देखा परेका कम्युनिटी आर्ट, पब्लिक आर्ट वा सोसियल इन्गेज्ड आर्ट (सोसिएल प्राक्टिस आर्ट) डाइलोजिकल आर्ट,  आदिलाई यसैको एक भागमा राखेर हेर्दछन् । यी सबै कलाका आआफ्ना विशेषता छन् । तापनि यी चार वटै कलाको प्रवृत्तिले कलालाई आम मान्छेको पहुँचमा पु¥याउने काम गर्दछ । कोठाभित्र नभएर यस्ता कला सडक, चोक र गल्लीमा निर्माण हुने गर्दछ । ग्राफिटी कलाको (भित्तेचित्रको आधुनिक रूप) रूपमा भित्तामा पोतिनेदेखि लिएर गाडी दगुर्ने सडकसम्म पनि कलाकारका लागि कलाको सिर्जना गर्न सीमाहीन क्यानभासका रूपमा रहेको हुन्छ । कलाका लागि यसैले पनि यसलाई स्ट्रिट आर्ट भन्ने चलन पनि छ । कुनै नकुनै सामाजिक, राजनीतिक मुद्दालाई लिएर देखापर्ने यस्ता कलाहरूलाई कन्सेप्चुयल अनि कन्टेस्टस्चुयल कला भन्ने पनि गरिन्छ । सम्भवतः एक कदम अगाडि बढेको सोसियल प्राक्टिस आर्टमा त समाजको वातावरणमा स्वस्फुर्त भइरहेको चहलपहल, दिनचर्या आदिलाई इन द फर्म अफ आर्टका रूपमा हेर्नु वा यसैलाई कलाकारले कला बनाउनु पनि एक अलग अवधारणा बनिसकेको छ अर्थात् समुदाय आफैँले केही गर्दै गर्दा केही भन्दै गर्दा यसैलाई कलाकारले कलाका रूपमा प्रस्तुत गर्नु भन्ने यसले अर्थ राख्छ । अझ यसैको थप विशेषताका साथ पार्टिसिपेटोरी कला बन्न गएकाले गर्दा पनि वर्तमानको सबैभन्दा ताजा कलाका रूपमा देखापरेको हो ।

अति नौलो हुने क्रममा यो कलाले आममान्छेको संलग्नता, स्वामित्वसमेत खोज्दा समाजको वास्तविक मुद्दाहरू छर्लङ्ग भएर कलामा देखिन्छन् भन्ने अवधारणा पनि अगाडि आएको हो । कला सिर्जनाको प्रतिफल (प्रोडक्ट) भन्दा पनि प्रव्रिmयामा बढी केन्द्रित हुन पुग्दा कला भनेर नगरिएका सामान्य व्रिmयाकलाप पनि कहिलेकाहीँ यो कलामा देखिन सक्छ भन्ने पनि मान्यता पनि रहेको देखिन्छ । हेर्नु चिन्तन मनन गर्नु अनि यसको उपादेयतालाई समाजको सकारात्मक परिवर्तनको ध्येय हुनुसँग यो कलालाई गाँस्ने उपव्रmम पनि बनेको छ । सुन्दा भन्दा पनि यसलाई पनि कला भन्ने हो त भन्ने प्रश्न पनि उब्जन सक्छ । तथापि यस्ता कलागत प्रवृत्ति विश्व कला बजारमा चलनचल्तीमा आइसकेपछि हामी चाहिँ यसबाट पन्छिएर बस्नु समसामयिक हुन नसकेको भन्ने अर्थ निक्लन्छ । मूलतः विश्व कला बजारमा यस प्रकारको कला उदाएपछि नेपाली समसामयिक कलाकारहरूले पनि यो नौलो कलाको प्रवृत्तिसँग खेलेको, खेल्न थालेको केही कलागत उदाहरणहरू छन् । थाहा पाएर नपाएर यस्ता कला प्रवृत्तिमा प्रवेश गर्दा देखिएका सकारात्मक प्रभावबाट भावक अनि सर्जक दुवै आनन्दित भएका घटना धेरै छन् । आजका नेपाली युवा कलाकार के गर्दैछन् भन्ने सोधखोज हुँदा यस्ता प्रवृत्तिले नेपाली कलालाई प्रभावित पर्नु, पार्नुलाई अन्याथा मान्न भएन । 

पार्टिसिपेटोरीको सीधा अर्थ हुन्छ कसैसँग मिलेर काम गर्नु । सिर्जना गर्नु । अनि एकै भएर सिर्जनामा लिन हुनु हो । एउटै समाजमा विविध खाले सर्जक बस्छन् । सबै जसो सर्जकले उठाउने गरेको सामाजिक, राजनीतिक वा धार्मिक मद्दा पनि एउटै हुने गर्दछन् । सामाजिक सवालहरूलाई पहल गर्ने प्रव्रिmयामा जन्मन पुगेका यस्ता कला, साहित्य वा नाटक वा सङ्गीत आदि इत्यादि पनि समाजको सकारात्मक परिवर्तनको मूल उद्देश्य लिएर आएको हुन्छ । समाज भड्खालोमा जाओस् भनेर मूलतः कुनै पनि खाले कलाकारहरूले सिर्जना गर्ने गर्दैनन् । यस्तो प्रकारले एउटै मद्दालाई विविध कलागत–फर्ममा उठाउने प्रचलन त त्यसै पनि छँदैछ । यसैलाई एकै ठाउँबाट उठाउने भन्न्ो सन्दर्भ निक्लिँदा यसले कोल्याबोरेटिभ आर्टको उपमा पाएको पनि धेरै भइसक्यो । कोल्याबोरेटिभ आर्टको अर्थ आसय अनि प्रकृति पार्टिसिपेटोरी आर्टभन्दा खासै फरक नपरे पनि कला सर्जकको थप परिकल्पनाले थप विशेषताका साथ पार्टिसिपेटोरीको अवधारण उदाएको हो । सकारात्मक पहल, सहजीकरण, एकीकरण अनि सबैको कलामाथिको संयुक्त स्वामित्वकरण नै मूलतः पार्टिसिपेटोरी कलाको मूल विशेषता पनि हो 


थप नयाँ प्रयोगात्मक काम  

मूलतः सन् २००० को उत्तरार्ध कालमा यसरी प्रयोग हुने काम बढी हुने गरेको छ । जसको कारण अहिले विश्वमा चलिरहेको समसामयिक कलाको धेरैजसो प्रवृत्तिलाई नेपाली कलाकारले आत्मसात गरिरहेका छन् । अनि यही ढाँचामा तर आफ्नो मौलिकता कायम गरी काम पनि गरिरहेका छन् । प्रसङ्ग पार्टिसेपेटोरी कलाकोे उठिरहेको सन्दर्भमा यसैको एक अलग भाग भएको भनिएको पब्लिक आर्ट पनि यतिबेला उत्कर्षमै छ । एउटा समसामयिक मुद्दालाई केन्द्रमा राखेर आर्टुडियो नामक एक सानो समूहले उल्लेख्य काम दर्शक माझ राखे । युवा कलाकार कैलाश श्रेष्ठले यसको अगुवाइ गरिरहेका छन् । उनी कला अभियन्ता पनि हुन् । उनैको अवधारणामा एउटा सानो कलाकारको जत्थाले काठमाडौँको नयाँ बानेश्वरको सडकको वालमा ग्राफिटी कलाको सिर्जना गरे । 

अर्को चाहिँ जनकपुरका घरको भित्तामा स्थानीय मैथिली लोक कलाकारहरूले कलाको सिर्जना गरे । दुवैको थिम समावेशी नै थियो । स्ट्रिट आर्ट प्रोजेक्ट २०२२ नामकरण गरिएको यो काममा सर्वसाधारणदेखि लिएर विकासका स्टकहोल्डरसँग अन्तव्रिर्mया आदि इत्यादि अनेकौँ व्रिmयाकलाप भएका थिए । काठमाडौँमा यस्ता ग्राफिटी कलाहरू गत वर्षदेखि थुपै्र हुन थालेका छन् । जताततै देखिन्छन् पनि तथापि यो कला चाहिँ थप आकर्षक किन पनि बन्यो भने भित्तामा कलाको सिर्जना भइसकेपछि आम मान्छेको यसमाथि हुने गरेको बहस, संलग्नता चासो अनि एउटा जल्दोबल्दो मुद्दामा केन्द्रित हुने गर्दथ्यो । 

अर्को चाहिँ युवा कलाकार अमृत कार्कीले ब्रिदिङ थ्रु द स्टिलनेस नामक दर्दले भरिएको पर्फमेन्स कला हो । पर्फमेन्स कलामा आफैँले पीडाको महसुस गरी भावकलाई यसको महसुस गराउने यो कला नेपालमै भइरहेको पर्फमेन्स कलाको पनि उच्चतम प्रस्तुति थियो । माइतीघर नजिकै रहेको आर्ट काउन्सिलको ठुलो कक्षमा चार इन्चको पर्खालमा चार घण्टा एउटै पोजमा स्थिर भएर उभिरहनु उनको कलागत प्रव्रिmया रहेको थियो । झ्यालको खापा राखे जस्तो गरी कलाकारलाई उभ्याएपछि यसैको चारैतिरबाट चार जना डकर्मी र ज्यामीहरूले पर्खाललाई उठाइरहेको परिदृश्य अगाडि बसेर सयाँै दर्शकले चार घण्टासम्म अवलोकन गरिरहे । कैयौँ दर्शक भित्र बाहिर गरिरहे तर कलाकार चाहिँ निश्चल भएर काठको मुढा जस्तो भएर उभिइ नै रहे । पछि पर्खाल भत्कियो अनि अचेत अवस्थामा रहेको कलाकारलाई अस्पताल लगियोे । यो एउटा वास्तविकतामा आधारित वर्तमान अवस्थामाथिको कटाक्ष, व्यङ्ग्य नै थियो । 

मल्ल वरिष्ठ कलाकार र कला समीक्षक हुन् ।