शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौं, असोज २९ गते । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टाइ योङबिच सिंहदरबारमा शिष्टाचार भेट भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार दुई पक्षीय भेटवार्ता भएको हो ।
भेटमा द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो । भेटमा दुई पक्षका अधिकारीहरुको सहभागिता थियो ।