शिवसताक्षीमा रहेको पूर्वकै प्रसिद्ध पर्यटकीय क्षेत्र दोमुखा सडक कालोपत्रे भएको छ। शिवसताक्षी नगरपालिका–१० स्थित माईधार–दोमुखा करिब तीन किलोमिटर लामो सडक कालोपत्रे भएको हो। उक्त सडक शिवसताक्षी नगरपालिकाबाट विनियोजित चार करोड २४ लाख ८३ हजार २४५ रुपियाँबाट कालोपत्रे भएको हो। जसमा शिवसताक्षी नगरपालिकाको दुई करोड २४ लाख ८३ हजार २४५ रुपियाँ र सङ्घीय समपूरक कोषको दुई करोड रुपियाँ रहेको छ। सडक ढलरहित सात मिटर चौडाइ कालोपत्रे भएको छ। जसमा तीन वटा बक्स कल्भर्ट र दुई वटा ह्युमपाइपसमेत निर्माण भएको छ।
यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित हुनुभएको छ । यहाँ शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उहाँले नगद रु चार लाख पुरस्कारसमेत प्राप्त गर्नुभयो ।
दुध उत्पादनमा वृद्धि तथा आत्मनिर्भरका लागि नस्ल सुधारका लागि सरकारले भारतबाट १५ वटा मुर्रा जातका राँगा ल्याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तथ्याङ्क अनुसार नेपालमा दुध दिने भैँसीको सङ्ख्या १६ लाख ३० हजार ६४२ रहेका छन् । नेपालमा लिमे, पारकोटे र गड्डीलगायत स्थानीय जातका भैँसी छन् । नेपालमा उन्नत जातका मुर्रा र निलिराभी भैँसी रहेका छन् तर ती मुर्रा जातका भैँसी क्रस भैँसीपालन गरिँदै आएको छ । पछिल्लो समय नेपालमा व्यावसायिक रूपमा भैँसीपालन गर्ने क्रम दिन प्रतिदिन बढ्दै गएको छ ।
समाजवादी प्रेस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित हुनुभएको छ । यही जेठ २६ र २७ गते काठमाडौंमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
दमौलीमा दोस्रो राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरिएको छ। गण्डकी वाङ्मय प्रतिष्ठान, तनहुँको आयोजना तथा व्यास नगरपालिकाको प्रायोजनमा उक्त सम्मेलन आयोजना गरिएको हो। लामो खडेरीले गर्मी बढेको र पृथ्वीराजमार्ग विस्तारको क्रममा रहेकाले सडक धुलाम्मे भए पनि कवि त्यसलाई छिचोल्दै दमौलीमा पुग्नुभएको थियो। करिब ३० जिल्लाका कवि दमौलीमा आएको आयोजक गण्डकी वाङ्मय प्रतिष्ठान, तनहुँका अध्यक्ष सागर उदासले जानकारी दिनुभयो।
सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नयाँ नियम ल्याएसँगै सार्वजनिक सवारी सञ्चालन गर्ने व्यवसायीहरूका सङ्घसंस्थाले तयारी अगाडि बढाएका छन् ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वमन्त्री युवराज ज्ञवालीद्वारा लिखित पुस्तक ‘आधुनिक युगको लोकतन्त्र’ शनिबार लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रितले सो पुस्तकको लोकार्पण गर्दै असल र सक्षम व्यक्तिलाई पार्टी र सरकारको नेतृत्वमा लाग्न सके मात्र जनताले परिवर्तनको अनुभूति गर्ने बताउनुभयो।
ङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज (आइतबार) बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।
आफ्नै जिल्लामा ठुला ठुला जलविद्युत् आयोजना बने पनि ढल्केबर र सिन्धुपाल्चोकस्थित लामोसाँघुको बिजुली प्रयोग गर्नुपर्ने रामेछापका नागरिकको बाध्यता अब भने हट्ने भएको छ । अबको केही दिनमा रामेछाप जिल्लामा न्यु खिम्ती सबस्टेसनको लाइन जोडिने भएको हो । न्यु खिम्ती सबस्टेसनको लाइन रामेछाप जोड्ने तयारी अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
पाल्पाको दुई स्थानबाट प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । भारतबाट लुकीछिपी पाल्पाको रामपुरमा ल्याएको अवैध युरिया मल प्रहरीले बरामद गरेको हो ।
तनहुँको आबुखैरेनी गाउँपालिका –५ रसौलीमा एक्साभेटर खसेर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र सफाइका लागि आयोजना गरिएको अन्तरकलेज सफाइ प्रतियोगितामा समृद्धि कलेजले पहिलो स्थान हासिल गरेको छ। गत वैशाख ९ देखि सुरु भएको प्रतियोगितामा जया मल्टिपल कलेज दोस्रो र इम्पेरियल बिजनेस कलेजले तेस्रो स्थान हासिल गरेका छन्।
वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरिएको छ। केन्द्र स्थापना एक साताका लागि वीरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निमित्त उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालले ब्रेन ट्युमर भएका बिरामीको एकै ठाउँमा सहज र प्रभावकारी उपचार हुने उद्देश्यसाथ राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरेको जानकारी दिनुभयो।
जिल्लाको शुभकालीका गाउँपालिका–६ मा आइतबार राति सवार बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
नेपालको हिमाली भेगको तापक्रम वृद्धितर्फ अग्रसर हुन थालेको छ । पूर्वदेखि पश्चिम नेपालसम्मको उच्च हिमाली भेगमा विगत केही दिनयता तापक्रम बढ्दा न्यानो महसुस हुन थालेको छ । जल तथा मौसम विभागका अनुसार पहाडको तुलनामा कम भए पनि हिमाली भेगका लागि न्यानो महसुस हुनु पनि तापक्रम बढ्नु हो ।