सन् १९८६ अप्रिल २६ मा चेर्नोबिलमा विस्फोट भएको थियो । त्यसको १४ घण्टापछि चेर्नोबिलको जुन पहिलो तस्बिर खिचियो, यो त्यही हो । दुर्घटना भएको क्षेत्रमा विकिरणको स्तर मापन गर्न गएको हेलिकोप्टरबाट यो तस्बिर खिचिएको थियो । वायुमा विकिरण अत्यधिक भएका कारण तस्बिर दानेदार छ । क्यामराले तस्बिर खिच्न लाग्दा विकिरणका कारणले त्यसको रिल नै नष्ट हुन थालेको थियो । सो तस्बिर खिच्ने इगोर कोस्टिनले २० जति तस्बिर के खिचेका थिए क्यामराको मोटरमा नै विकिरणको प्रभाव पर्न थाल्यो । जब उनले रिलबाट तस्बिर तयार पार्न था
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो ।
राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौँमा सुरु हुने भएको छ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक तथा माहामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले सङ्गठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथु्र’ भएको छ । इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा दुई हजार सात सय मिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल)निर्माण गरेको हो ।
भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व प्रदान गर्ने उद्देश्यले सुरु भएको जग्गा वितरण कार्य इलाममा भने जनशक्ति अभावले ढिलाइ भएको छ । राष्ट्रिय भूमि आयोगको जिल्ला कार्यालयले जि
कालीगण्डकी नदी तथा आसपासका खोलामा प्राकृतिक रूपमा रहँदै आएका माछाको सन्तुलन कायम राख्न माछाका भुरा छाडिएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको ड्यामको मुख्य क्षेत्र आँधीमुहानमा दुई लाख ५० हजार माछाका भुरा छाडिएको हो । नदीमा सहर, कत्ले, गर्दी, ठडे, हाडे आदि प्रकारका माछाका भुरा छाडिएको जलविद्युत् केन्द्रका प्रमुख बाबुराजा महर्जनले जानकारी दिनुभयो ।
कार्यवाहक प्रमुख र जनप्रतिनिधिबिचको मनोमालिन्यका कारण रौतहटको फतुवाविजयपुर नगरपालिकामा हालसम्म पनि नगर सभा हुन सकेको छैन । नगर सभा गर्न मिति तय गर्ने उद्देश्यले पछि
रुसी सेनामा भर्ना भएका अभिषेक बुढामगर दुई महिनादेखि सम्पर्कविहीन हुनुभएको छ । रोल्पा त्रिवेणी गाउँपालिका–२, नुवागाउँ निवासी (हाल घोराही) मा बस्दै आउनुभएका बुढामगर दुई महिनादेखि सम्पर्कविहीन हुनुभएको हो । उहाँ गएको भदौ २४ गते रुसी सेनामा भर्नाका लागि काठमाडौँबाट जानुभएको थियो । रुस पुगेर पहिलो र दोस्रो क्याम्पको तालिम गर्दासम्म परिवारको सम्पर्कमा रहे पनि तेस्रो क्याम्पमा गएदेखि सम्पर्कविहीन हुनुभएको अभिषेककी श्रीमती सविता बुढाले बताउनुभयो ।
बहुवर्षीय आयोजनाको नाममा मन्त्री र सरकारपिच्छे मनलाग्दी आयोजना बनाउने र बजेट विनियोजन गर्ने प्रवृत्ति बढ्दै गएपछि बागमती प्रदेश सरकारले बहुवर्षीय आयोजनाको आधार र मापदण्ड बनाएको छ ।
कर्णालीमा अहिले पाँच हजार २९७ जना प्रहरी कार्यरत छन् । जबकी प्रदेशभर छ हजार २७९ जनाको दरबन्दी रहेको छ । ९८२ जनाको दरबन्दी रिक्त रहेको पाइएको छ । दरबन्दी अनुसार जनशक्ति नहुँदा प्रहरीको कार्यसम्पादन अपेक्षाकृत रूपमा प्रभावकारी हुन सकेको छैन । प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकालले जनशक्ति कम हुँदा नयाँ रणनीति बनाएर काम गर्दै आएको बताउनुहुन्छ । सामान्यतः एक जना प्रहरीले ३७७ जनालाई सेवा दिनुपर्ने हुन्छ । यस प्रदेशमा एक जना प्रहरीले पाँच सय जनालाई हेर्नु परेको ढकालले जानकारी दिनुभयो । यद्यपि न्यून जनशक्तिलाई परिचालन गरेर प्रदेश प्रहरीले उत्कृष्ट काम भर्न सफल भएको दाबी ढकालको छ ।
गुल्मीमा फोर्टिन स्टार युवा क्लबले फुटबल खेलाडीहरुकोे बिमा गरिदिने भएको छ । आगामी पुस ७ गते देखी १० गतेसम्म तम्घासको चिदिचौरमा सञ्चालन हुने जिल्ला स्तरीय माध्यमिक तहका छात्र फुटबल प्रतियोगिताका खेलाडीहरूको बिमा गरिदिने क्लबले जनाएको छ ।
यस जिल्लाका विभिन्न स्थानमा रहेका तातोपानी कुण्ड मुहानमा नुहाउनेको सङ्ख्या बढ्दै गएको छ । बाथ तथा दमका रोग भएकाले तातोपानीमा नुहाए सन्चो हुने विश्वास गरिएको छ । चिसोको समयमा तातोपानीमा नुहाउने मानिसको सङ्ख्या बढेको स्थानीयवासी बताउँछन् । खार्पुनाथ गाउँपालिका–५, दुर्पा गाउँकी वीरकला बुढाले एक हप्तासम्मका लागि तातोपानी नुहाउन आएको बताउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाले नेतृत्व लिएका क्षेत्रमा भ्रष्टाचार कम हुने गरेको बताउनुभएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा नेपाल प्रेस युनियन महिला विभागले शनिबार आयोजना गरेको समान सहभागिताका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तर्क्रियामा उहाँले नेतृत्वमा महिलाको पहुँच बढाउन ल्याइएको समानुपातिक व्यवस्थाको सही सदुपयोग हुन नसकेको बताउनुभयो ।
नदीजन्य निर्माण सामग्रीको अभावका कारण म्याग्दीमा सञ्चालित विकास आयोजना प्रभावित भएका छन् । ढुङ्गा, गिट्टी र बालुवा आपूर्ति नहुँदा जलविद्युत्, सडक, प्रसारण लाइन, सडक पुल, सबस्टेशन, भवन, नदी नियन्त्रण, सिँचाइ, खानेपानीलगायत पूर्वाधार निर्माणका आयोजना प्रभावित भएका हुन् ।
बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित चोलादेवी पाठक आफ्नो घरमुनिको बारीमा मौरीको स्याहारमा व्यस्त हुनुहुन्छ । उहाँले यो काम गर्न थाल्नुभएको तीन वर्ष पुगिसक्यो । उहाँले भन्नुभयो “बाख्रापालन र मौरीपालन एकसाथ थालनी गरेककी हुँ । यसमा श्रीमान्को साथ र सहयोग पनि रहेको छ । ”