समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वलक्षित गरी सञ्चालन गरेको सहुलियत मूल्य पसलबाट आठ करोड रुपियाँभन्दा बढीको कारोबार गरेको छ । असोज २१ देखि मङ्सिर १९ सम्म खाद्य कम्पनीले उपत्यकासहित देशका ४९ स्थानमा सञ्चालित सहुलियत मूल्य पसलबाट आठ करोड ३० लाख पाँच हजार ८५९ रुपियाँ बराबरको कारोबार गरेको हो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल मानव अधिकार र सामाजिक न्यायको पक्षमा थप अग्रसर भइरहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपालले राजनीतिक, आर्थिक र सामाजिक विकास गरिरहेको उल्लेख गर्नुभएको छ ।
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूको पक्राउ पुर्जीबारे निकास निकाल्ने तयारी गरेको छ । सोमबार जिल्ला अदालत काठमाडौँले विप्लवसहित नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा, माइला लामालगायत नेतालाई पक्राउ पुर्जी जारी गरेको थियो ।
राष्ट्रिय गौरवको योजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति काम सम्पन्न नहुँदा प्रथम पटक एक वर्ष म्याद थप गरिएको छ । कोरोनाको मारमा परेको र सडकमा विद्युत् पोल र अतिक्रमण हटाउन ढिलाइ भएका कारण समयमा काम सम्पन्न नहुँदा म्याद थप गरिएको जनाएको छ ।
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा महादीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज (आइतबार) बेलुकीदेखि हुँदै छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात अर्थात् आज (आइतबार) राति दिवङ्गत पितृका नाममा महादीपदान बालेर गर्न चलन रहिआएको छ । बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा दीप प्रज्ज्वलनदेखि मुख्य क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाएको जनाएको छ ।
सेवाग्राहीको चाप कम गर्दै छिटोछरितो सेवा प्रवाहका लागि यातायात कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा तीव्रता दिइएको छ । आर्थिक वर्ष २०८०÷८१ मा १८ वटा यातायात कार्यालयला
भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ ।
विर्ता युनाइटेड क्लब झापालाई हराँउदै डाँगीहाट फुटबल क्लब मोरङले ‘प्रथम वाइवाइ किराँत गोल्डकप २०८०’ को उपाधि उचालेको छ।
काठमाडौँ, मङ्सिर २३ गते। मङ्गल बहुमुखी क्याम्पस, मङ्गल माध्यमिक विद्यालय र टोनी हेगन फाउन्डेसनको संयुक्त आयोजनामा शनिबार नमुना युवा संसद् कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस प्रमुख प्रदिप महर्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रा.डा. लक्ष्मी बहादुर महर्जन, त्रि.विका पूर्वउपकुलपती प्रा.डा.हिराबहादुर महर्जन र मङ्गल मा.वि.का प्राचार्य लोकलाल महर्जन युवा संसदले विद्यार्थीहरुलाई सामाजिक तथा राजनीतिक ज्ञानको अभ्यास गर्न सिकाएको बताउनुभयो। टोनी हेगन फाउन्डेसका कोषाध्यक्ष वसन्त थापाले टोनी हेगनले नेपाललाई विश्वसामू परिचित गराउने योगदान गरेको बताउनुभयो। युवालाई संसदीय अभ्यास सिकाएर आफ्ना विचार स्वस्थ ढंगबाट प्रस्तुत गर्न, युवामा प्रजातान्त्रिक आचरणको विकास गराउने तथा प्रतिनिधि सभामा नीति निर्माण गर्ने प्रक्रियाको बारेमा अवगत गराउने उद्देश्यले युवा संसद आयोजना गरेको क्याम्पसका उपप्रमुख रक्की महर्जनले गोरखापत्रलाई जानकारी दिनुभयो। नमुना युवा संसद्मा विद्यार्थीहरुले संसदको झल्को दिने गरी सभामुख, शिक्षा मन्त्री, सत्तापक्ष, प्रतिपक्ष र स्वतन्त्र सांसद्, मर्यादापालक, संसद सचिवालयका कर्मचारीको भूमिका निभाएका थिए। युवा संसदमा सभामुख अद्धेत ढकालले बैठक प्रारम्भ भएको घोषणा भएपछि शुन्य समयमा सांसदहरुले देशमा विद्यमान भ्रष्टाचार, बेथितिलगायतका मुद्दालाई सभामुख मार्फत् सरकारलाई ध्यानाकर्षण गराउनुभयो। युवा सांसद् सन्तोष दुवाडीले वर्तमान समयमा देशको लागि चुनौतीको रुपमा रहेको मुद्दा “शिक्षा र रोजगारीको नाममा मुलुकको मानव संसाधन र पुँजी विदेशमा पुगेर भयावह स्थितिलाई सम्बोधन गर्न” संकल्प प्रस्ताव प्रस्तुत गर्नुभयो। प्रस्तुत संकल्प प्रस्तावमा सत्तापक्ष, प्रतिपक्ष र स्वतन्त्र युवा सांसद्ले गहन बहस गर्नुभयो। युवा संसदमा शिक्षमन्त्री डोल्मा स्याङ्तानले उठेका विषय सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभयो। मङ्गल बहुमुखी क्याम्पस, मङ्गल मावि, शहीद स्मारक कलेज र जनसेवा माविका सहभागी ४० जना विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा टोनी हेगन फाउन्डेसनका अध्यक्ष प्रा.डा. प्रमोदकुमार झा, सचिव फटिक थापा, सदस्य तेयानाथ भट्टराई र चिरन घिमिरे लगायतको उपस्थित कार्यक्रममा टोनी हेगनले निर्माण गर्नुभएको “उहिलेको नेपाल” वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।
तानसेनको बतासेडाँडाको ‘श्रीनगर सांस्कृतिक डबली’ चिटिक्क बनेको छ । गोरखापत्रमा प्रकाशित समाचारपछि तानसेन नगरपालिकाले डबलीको सरसफाइ गरेपछि डबलीको मुहार फेरिएको हो ।
खेत जोत्ने क्रममा करेन्ट लागेर रौतहटका एक किसानको मृत्यु भएको छ । किसानले जोतिरहेको एउटा गोरु समेत घटनास्थलमै मरेको छ । जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहामा रहेको खेत जोत्दै गर्दा भुईँमा लत्रिएको ११ केभी को तारमा परेर सोही वडाका ५५ वर्षीय बैजु पण्डित र उहाँको एउटा गोरु मरेको हो । एक हल गोरुमा एउटा गोरु मरेको हो । अर्को गोरु भने सामान्य छ ।
नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी रुपान्तरण अभियानले जनतामा नयाँ आशा र उत्साह सञ्चार गरेको बताउनुभएको छ ।
मनहरी गाउँपालिका चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८० आगामी शनिबारबाट हुने भएको छ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुढी गण्डकी आयोजना अघि बढाउन खोज्दा आफू नेतृत्वको सरकार ढालिएको बताउनुभएको छ ।