गुल्मीको तम्घासमा भएको एक कार्यक्रमका सहभागीहरूले नेपालका राजनीतिक दल सच्चिन आवश्यक रहेको बताएका छन् । मानव अधिकार तथा शान्ति समाज गुल्मी शाखाद्वारा आयोजित नागरिक संवाद कार्यक्रमका सहभागीहरूले राजनीतिक दल नसच्चिए नेपालको वर्तमान व्यवस्था कमजोर हुने बताएका हुन् ।
कीर्तिपुरस्थित पुष्पलाल पार्कदेखि मकवानपुरको फाखेल जोड्ने सडक निर्माणको माग भएको छ ।
मस्टा गाउँपालिका–१, लेकी गाउँकी चाखुडी रोकायाको भूकम्पका कारण घर भत्कियो । केही वर्ष पहिले नै श्रीमान् गुमाएकी एकल महिला रोकायाको घर भत्काएपछि दुई छोरी र एक छोरासहित कठ्याङ्ग्रिँदो चिसोमा त्रिपालमा रात काट्न बाध्य हुनुभएको थियो ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमा स्थानीय बासिन्दाले आवतजावतका लागि निर्माण गरेको अस्थायी काठेपुलमा साइकल डोर्याएर गन्तव्यमा जाँदै गरेका महिला । काठेपुलमा आवतजावत गरेवापत मोटरसाइकलको ४० र साइकलको १० रूपियाँ शुल्क तिर्नुपर्दछ ।
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार ¥यालीसहित बजार परिक्रमा र अन्तरक्रिया गरी दिवस मनाइएको छ ।
जनकपुरधाममा सीताराम विवाह पञ्चमीको अवसरमा एक सय दुई क्विन्टल अनाज प्रयोग गरी ११ हजार स्क्वायर फिटको सितारामको प्रतिमा निर्माण गरिने भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना भइरहेको जलवायु विश्व सम्मेलनमा जलवायु नोक्सान तथा क्षति कोषको स्थापना गर्ने निर्णय गरेपछि नेपाल लगायतका कम विकसित मुलुकले यसको कार्यान्वयन छिटो हुनुपर्नेमा जोड दिएका छन् ।
मुगुको छायाँनाथ रारा नगरपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको ऋणीमोच्छ तीर्थस्थल ओझेलमा परेको छ । छायाँनाथ रारा नगरपालिका –१२ मा रहेको ऋणीमोच्छ तीर्थस्थलमा आवश्यक संरचना तथा प्रचार–प्रसारको अभावमा ओझेल परेको हो ।
वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-२८) नेपालका लागि उपलब्धिमूलक भएको बताउनुभएको छ ।
कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता चार हजार पर्यटकले भ्रमण गरेका छन् । गत साउन १ गते देखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य विदेशी ९५ जनासहित चार हजार छ सय ११ पर्यटकले रारा भ्रमण गरेका रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु गर्न लागिएको छ । सन् २०१८ पछि यस वर्ष हात्ती महोत्सव गर्न लागिएको हो ।क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा हुने १७ औँ हात्ती तथा पर्यटन महोत्सवको तयारी गरिएको छ । आगामी पुस १० देखि १४ गतेसम्म अंग्रजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिरहेको परिवार नियोजनको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा ६९ जना नागरिकले सेवा लिएका छन् ।
नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई लयमा ल्याउन केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउनुभएको छ ।
उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाले ‘सेवाग्राही टाइम कार्ड’ को व्यवस्था गरेको छ । सेवाग्राहीको सुविधा र सहजताका लागि मङ्सिर पहिलो साता देखी अदालतले यो व्यवस्था लागू गरेको हो ।
कैलालीको टीकापुर अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा बिहान ८ बजेदेखि सञ्चालन गरेको छ । यसअघि बिहान १० देखि ४ बजेसम्म सञ्चालन हुँदै आएको बहिरङ्ग सेवा बिहीबारदेखि बिहान ८ देखि ४ बजेसम्म सञ्चालन हुन थालेको छ ।