प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले अर्को हप्ता चीनको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । बेइजिङले शुक्रबार जनएअनुसार चीनले इजरायल–प्यालेस्टाइन शान्ति वार्तालाई सहजीकरण गर्न मद्दत गर्न तयार रहेको बताएपछि सो भ्रमण हुन लागेको हो ।
कोहलपुर नगरपालिका र विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुन:स्थापना केन्द्र, बनेपा काठमाडौंको संयुक्त आयोजनामा कोहलपुरमा अपाङ्गता भएका बालबालिकाका लागि घुम्ती स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ ।
त्रिभुवन विश्वविद्यालयले उत्कृष्ट अनुसन्धान पुरस्कारका लागि आवेदन दिने म्याद थप गरेको छ ।
तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौं उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज (शुक्रबार) बिदाई भेट गर्नुभएको छ । राजदूत क्यापलर आफ्नो साढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कदै हुनुहुन्छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि खालको अराजक गतिविधिलाई सरकारले छुट दिन नसक्ने बताउनुभएको छ।
नेपालगञ्ज र सो आसपासका क्षेत्रमा तातो हावा लू चल्ने क्रम बढ्दै गएको छ । तातो हावा चल्ने क्रम नरोकिएपछि नेपालगञ्ज लगायत जिल्लाका विभिन्न पालिकाले विद्यालय बिदा लम्ब्याएका छन् ।
सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपतिको कार्यालयबाट झिकाउन आदेश दिएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारलाई प्रभावकारी रूपमा पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौती रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन स्याङ्जाले आफ्नो नवौँ अधिवेशन तथा साधारण सभाका अवसरमा विभिन्न ६ जना पत्रकारलाई नगदसहित पुरस्कृत गरेको छ ।
निर्वाचन आयोगका जिल्ला कार्यालयहरूलाई जिल्ला प्रशासनअन्तर्गत गाभ्ने सरकारको प्रस्तावमा स्वयं सत्तापक्ष दलहरूले नै असन्तुष्टि व्यक्त गरेका छन् ।
चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ ।
आगामी आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा अपाङ्गता भएका नागरिकलाई अपमानित गर्ने शब्द प्रयोग भएको भन्दै हटाउन माग गरिएको छ ।
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली सङ्कलन गर्ने भएको छ ।