हामीले पहिला नै तीन पटक अमेरिका भ्रमण गरिसकेका थियौँ । त्यसैले छोरी र ज्वाइँको अमेरिका भ्रमणको निम्तोबाट त्यति रोमाञ्चित भएका थिएनौँ तर भ्रमणलाई त्यतिकै टार्न पनि मनले मानेन । यद्यपि हाम्रो अनुमानविपरीत यसपालिको यात्रा अत्यन्तै रोमाञ्चकारी हुन पुग्यो । हामीले जुन २९ मा कनेक्टिकट राज्यको हार्डफोर्डबाट अमेरिकाको सुदूरपश्चिमका राज्यहरूको भ्रमण आरम्भ ग¥यौँ । जुन ३० र जुलाई १ गरेर दुई दिन वासिङ्टन राज्यको ठुलो सहर सियाटलमा दृश्यावलोकन गरेपछि वासिङ्टनकै एलेन्सवर्ग सहरमा बास बस्न पुग्यौँ । एलेन्सवर्गको होटलमा बिहानको नास्तापछि हाम्रो यात्रा पुनः सुरु भयो । दुई घण्टाको यात्रापछि वासिङ्टन राज्यको दोस्रो ठुलो स्पोकन सहरमा पुग्यौँ । स्पोकन सहरलाई ‘फादर्स डे’ को जन्मस्थल भनेर चिनिन्छ । हामीले त्यहाँको पाँच वटा वालमार्ट स्टोरमध्ये एउटामा आगामी यात्राका लागि चाहिने सामग्रीहरूको खरिदमा दुई घण्टा जति समय बितायौँ र एउटा फास्टफुड चमेना गृहमा लन्च पनि ग¥यौँ ।
गोरखा जिल्ला महासिद्धयोगी गुरु गोरखनाथको साधनास्थल हो । गुरु गोरखनाथको नामबाट गोरखा जिल्लाको नामकरण भएको हो । गोरखा पूर्वीय सभ्यताका केन्द्रबिन्दुहरूमध्ये एक हो । राजा द्रव्य शाहले विसं १६१६ साल भदौ २५ गते गोरखा राज्यको स्थापना गरेका थिए । उनीपछिका दसौँ पुस्ताका राजा पृथ्वीनारायण शाह हुन् । गोरखा राज्यको स्थापना र विस्तारसँग गुरु गोरखनाथको सम्बन्ध गाँसिएको छ । त्यसैले उहाँ
नेपाल र अङ्ग्रेजको सैनिक मुठभेड विसं १८२४ देखि सुरु भएको थियो, जुनबेला क्याप्टेन किनलकले कान्तिपुरका राजा जयप्रकाश मल्लको पक्षमा गोर्खालीविरुद्ध आफ्नो सेना उतार्न खोजेका थिए । काठमाडौँमा आक्रमण गर्न आएका गोर्खालीलाई तिनीहरूबाट बचाउन किनलकले मल्ल राजालाई सघाउन आउ“दै थिए । यसमा अङग्रेजको सिन्धुलीमा हार भयो । त्यसको ४८ वर्षपछि आएर सबैभन्दा ठुलो फौजी युद्धमा बदलियो । यसलाई ‘नेपाल–कम्पनी’ युद्ध वा ‘नेपाल–अङ्ग्रेज युद्ध’ भनिन्छ । जसमा नेपालले आफ्नो देशको आधाजसो भूभाग गुमाउन पुग्यो । युद्धमा हारजित विश्वव्यापी सत्य हो । नेपाली सेनाले जिउज्यान लगाएर आफूभन्दा कता हो कता शक्तिशाली शत्रुसँग डिफेन्सिभ÷अफेन्सिभ (जाइ कटक नगर्ने झिकी कटक गर्ने) युद्ध लड्यो । अङ्ग्रेजले नेपाललाई पनि उपनिवेश बनाउन चाहन्थे होलान् तर नेपाल विश्व इतिहासमा कहिल्यै कसैको उपनिवेश बनेन ।
त्रिभुवन विश्वविद्यालयका एक जना प्राध्यापक तथा नेपाली साहित्यका प्रसिद्ध समालोचकसँग एउटा पुस्तकको अन्तर्क्रियामा भेट भयो । निकै लामो समयपछिको भेट भएकाले कुशलक्षेम सोध्ने क्रममा उहाँले सोध्नुभयो, “तपाईं रिटायर्ड हुनुभएको हो ?” उहाँको प्रश्नले म झसङ्ग भएँ । मैले कहिले पनि रिटायर्ड भएको वा रिटायर्ड हुने कुरा सोचेको छैन । मैले उहाँलाई जवाफ दिएँ, “मेरो जागिर मात्र छुटेको हो, म रिटायर्ड भएको होइन ।” मेरो जवाफ सायद उहाँका लागि पनि अनपेक्षित थियो । किनभने केही निश्चित अवधि जागिर खाएर त्यो जागिर छुटेपछि मानिस रिटायर्ड हुन्छन् भन्ने आमबुझाइ छ हाम्रो समाजमा । रिटायर्ड अर्थात् बुढो अर्थात् सव्रिmय जीवन बिताउन नसक्ने अर्थात् अब काम नलाग्ने ।उहाँले मेरो जवाफ सुनेपछि एकछिन विचार गर्नुभयो र त्यसपछि भन्नुभयो, “मैले भन्न खोजेको पनि जागिर छुटेको कुरा नै हो ।”हामी दुवै हाँस्यौँ । यो सामान्य संवाद थियो हाम्रोबिचमा तर यसले मलाई एकाएक सोचमग्न बनायो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले क्यान्सर विरुद्धको लडाइँमा सार्क राष्ट्रका विज्ञहरू एक ठाउँमा उभिनु पर्ने बताउनुभएको छ।
भैँसीपालन यहाँका स्थानीय यादव समुदायको पुख्र्यौली पेसा हो । भैँसीपालन गर्ने र दुधबाट दही र घिउ बनाएर बिक्री गर्दै घर व्यवहार चलाउँदै आएका छन् । देउखुरीका गढवा र राजपुर गाउँपालिकामा यादव समुदायले भैँसीपालनबाटै जीविकोपार्जन गर्दै आएका छन् । दैनिक रूपमा दुध, दही बेच्ने किसानले पछिल्लो समय गाउँकै डेरी वा नजिकै बजारमा बिक्री गरे पनि देउखुरी राजपुर क्षेत्रका यादव समुदाय दैनिक करिब ५० किलोमिटर दुरी यात्रा गर्दै घोराहीसम्म दही, घिउ बिक्रीका लागि आउने गरेका छन् । त्यहीमध्येका एक हुनुहुन्छ देउखरी राजपुर गाउँपालिका–३, खरदरिया निवासी लक्ष्मण यादव । उमेरले ५५ वर्ष पुग्नुभएका यादव दिनहुँ दही बिक्रीका लागि घोराही आउने गरेको बताउनुहुन्छ । घरमा छ वटा भैँसी पाल्नुभएका उहाँ हरेक दिन बिहान ४ बजे दहीको भाँडा टाउकोमा बोकेर ५० किलोमिटर टाढा घोराही आइपुग्ने र घोराहीका प्रत्येक घर घर गएर दही बिक्री गर्दै आएको बताउनुहुन्छ ।
कीर्तिपुर स्थिति पुष्पलाल पार्कदेखि मकवानपुरको फाखेल जोड्ने सडक निर्माण तथा पुष्पलालदेखि चम्पादेवी मन्दिरसम्म जाने केबुलकार निर्माणको माग राखिएको छ ।
गुल्मीको कालीगण्डकी गाउँपालिकाले सुत्केरीलाई भाले वितरण गरेको छ । उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले सुत्केरी अवस्थामा झोलिलो र पोसिलो खाने कुरा आवश्यक पर्ने भएकाले सुत्केरीलाई भाले कोसेली दिने गरेको बताउनुभयो । गर्भवती र सुत्केरीको साथमा उपाध्यक्ष कार्यक्रममार्फत यस आर्थिक वर्षको हालसम्म पालिकाभित्रका ६८ जना सुत्केरीलाई भाले वितरण गरिएको दर्लामीले बताउनुभयो । सुत्केरी अवस्थामा बढी आराम गर्नुपर्ने, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने, स्वास्थ्यको एकदमै ख्याल गर्नुपर्ने भन्दै सम्झाउने गरेको दर्लामीले बताउनुभयो । पहिलो प्राथमिकता भाले र भाले उपलब्ध नभएमा घिउ लिएर जाने गरेको उहाँको भनाइ छ । यसका साथै परिवारका सदस्यलाई पनि साथमै राखी स्वास्थ्यकर्मीले स्वास्थ्यका बारेमा सम्झाउने र बुझाउने गरेको स्वास्थ्य शाखा प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकार मातहत कार्यालयको बेरुजु चार अर्ब ३४ करोड ३४ लाख रुपियाँ रहेको छ । बेरुजुको यो रकममध्ये करिब दुई अर्ब फर्स्योट गर्ने लक्ष्यसाथ सार्वजनिक लेखा समितिले सक्रियता बढाएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख बेरुजुलाई फर्स्योट गर्न समितिले नियमित बैठक राखिरहेको छ । समितिका सभापति जितबहादुर मल्लका अनुसार समितिले आर्थिक वर्ष २०७४/७५ देखि हालसम्मको बेरुजुलाई अध्ययन गरी आवश्यक निर्देशनात्मक कार्यहरू गरिरहेको छ । सार्वजनिक लेखा समितिको काम, कर्तव्य र अधिकारमध्ये समितिको निर्वाचन भएयता बेरुजु रकम घटाउन त्यसउपर नियमित छलफल गरिएको बताइन्छ ।
माटोले लिपपोत गरिएको चिटिक्क सानो घर छ । घरभित्र थारू समुदायको मौलिक पहिचान झल्काउने वस्तु व्यवस्थित रूपमा मिलाएर राखिएका छन् । झट्ट हेर्दा थारू गाउँको झल्को दिने यो गाउँ नभई प्रदर्शनी स्थलको दृश्य हो । धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा थारू समुदायको मौलिक कला, संस्कृतिको संरक्षण एवं प्रवर्धन गर्ने उद्देश्यका साथ थारू गाउँको प्रदर्शनी भइरहेको छ । थारू समुदायमा प्रचलित विभिन्न चिजबिज र थारू गाउँका बारेमा जानकारी दिने लक्ष्यका साथ थारू गाउँको प्रदर्शनी भइरहेको हो ।
कैलालीको लम्कीचुहा–३, कर्णाली चिसापानी हुँदै यात्रा गर्ने र घुम्न जानेको पहिलो रहर हुन्छ– चिसापानीको माछा चाख्ने । तिनै यात्रु र पर्यटकलाई माछा बेचेर स्थानीय युवाले जीविका चलाउँदै आएका छन् । चिसापानीमा गाडी रोक्नासाथ या नयाँ मानिस देख्नासाथ ‘माछा माछा’ भन्दै तारेको माछा टोकरीमा लिएर पछि लागिहाल्छन् स्थानीय युवा । कर्णालीकै हो त ? भन्दै यात्रु र पर्यटक पनि माछा चाख्न छुटाउँदैनन् ।
काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र प्लास्टिकका फूल तथा प्लास्टिकबाट उत्पादन गरिएका रुख राख्न निषेध गरेको छ ।
पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारीसहित चार जनालाई कास्की प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको हो ।
चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कैलाश मानसरोवर पुग्नुभएको थियो । गत असोज ११ मा प्रधानमन्त्री त्यहाँ पुग्दा उहाँको भ्रमण दलमा सहभागी पत्रकारमा राससबाट पङ्क्तिकार र फोटो पत्रकार प्रदीपराज वन्त (हाल प्रधानमन्त्री कार्यालयमा), दी राइजिङ नेपालका नन्दलाल तिवारी र नेपाल टेलिभिजनका चूडामणि नेपाल मात्र थियौँ । पहिला कैशाल पर्वतको दर्शन गरेपछि केही पर रहेको मानसरोवर ताल गएका थियौँ । त्यसपछि कैलाशको बेस क्याम्पमा रहेको बजार पुग्न सवारीबाट त्यस्तै तीन घण्टाजति लाग्यो । बजार पुगेपछि मात्र हामीले आआफ्ना मिडियामा समाचार पठायौँ ।
बिहानको सूर्योदयसँगै आँखा खुले तर बिहानीको चिसो मौसमले उठ्न भने पटक्कै मन लागेन । अनि छेउमै रहेको मोबाइलमा ध्यान गयो । सामाजिक सञ्जाल ‘स्कोर्ल’ गर्न थालेँ । अचानक मेरो ध्यान एक्स (ट्विटर) मा गयो । खै किन हो एक्स मलाई सबैभन्दा मनपर्ने एप हो । एक्स हेर्दै थिएँ, त्यहाँ ‘टुडे इज योर बर्थ डे’ लेखिएको रहेछ । आज त मेरो जन्मदिन पो रहेछ । म आफैँसँग एकचोटि झस्किएँ । उमेर गन्न थालेँ । जन्मदिनको थिएन मनमा सानो छँदाको जस्तो उमङ्ग । उमेर बढेसँगै रमाइलो गर्ने चाहनाहरू पनि घट्दै जाने रहेछन् । अनि विगतका जन्मदिन सम्झिन थालेँ । सानो छँदा मलाई मनपर्ने सबैभन्दा ठुलो चाड आफ्नै जन्मदिन हो भन्ने लाग्थ्यो । मेरो जन्मदिन कहिले पर्छ भनेर विद्यालयका सबै साथीहरूलाई पनि कण्ठै हुन्थ्यो । जन्मदिन आउनु दुई÷चार दिनअघिदेखि नै चकलेट केक भन्थे साथीहरूले । त्यही साथीहरूमध्ये मुस्किलले एक/दुई जनाले मात्र अहिले मेरो जन्मदिन सम्झिन्छन् । सायद आफूले पनि त्यस्तै व्यवहार गरेर होला । अहिले न जन्मदिन मनाउँ मनाउँ लाग्छ न परिवारले केक ल्याएर जन्मदिन मनाइदिँदा पहिलेको जस्तो उमङ्ग हुन्छ ।