गुल्मीमा सरकारी विद्यालयमा कार्यरत कर्मचारीले शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद् गुल्मीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाईमा सामुदायिक विद्यालयमा कार्यरत लेखा शाखा र विद्यालय सहयोगीको रूपमा कार्यरत कर्मचारीको सेवा, सुविधासहित पेसागत स्थायित्वको माग गर्दै धर्ना दिएका हुन् ।
झन्डै १ दशकदेखि सङ्गीत क्षेत्रमा म्युजिक भिडियो सम्पादनमा लाग्नुभएका मिलन विश्वकर्मा यतिबेला कलाकारको पहिलो रोजाई बन्नुभएको छ । उहाँले सम्पादन गर्नुभएका अधिकांश गीत सङ्गीत करोड क्लबमा प्रवेश गर्न सफल भएका छन् ।
कर्णाली प्रदेशमा फलफूल खेतीलाई व्यावसायिकीकरण गर्न नाफा परियोजना लागू गरिएको छ । पहाडी र हिमाली क्षेत्रमा फलफूल खेतीलाई व्यावसायिकीकरण गर्न बाँझो जमिनको उपयोग गरी फलफूल बगैँचा विस्तार गरिने प्रदेश कृषिमन्त्री भीमप्रकाश शर्माले बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा टेबुल भएको छ । बिहीबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रम सभामा टेबुल गर्नुभएको हो ।
ठेउला (चिकन पक्स) को सङ्क्रमण फैलिएको वालिङ नगरपालिका १२ कोखेको विद्यालय बन्द गरिएको छ । सङ्क्रमण समुदायमा फैलन नदिनका लागि एक हप्ताका लागि विद्यालय बन्द गरिएको र भेटघाटमा समेत कडाइ गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वरको ढुङ्गेधारासँगै रहेको पानी ट्याङ्की हटाइएको छ ।
आज विधिवत् उद्घाटन भएको लुम्बिनी केबलकार सञ्चालनले बुटवलको पर्यटन विकासमा कोसेढुंगा साबित हुने विश्वास यहाँका पर्यटन तथा अन्य व्यवसायीले विश्वास व्यक्त गरेका छन् ।
स्याङ्जाको वालिङ नगरपालिकाले लैङ्गिक समानता, अपाङ्गता, सामाजिक समावेशीकरण सम्बन्धी नीतिको व्यवहारिक प्रयोग गर्न सुरु गरेको छ ।
पश्चिम नेपालका विशेषगरी थारु समुदायमा जन स्वास्थ्य समस्याको रूपमा रहेको सिकलसेल एनिमियाका बिरामी पत्ता लगाउने अभियानलाई बाँकेमा तीव्र पारिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा लुम्बिनी केबलकारको बिहीबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।
सांसद राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावका बारेमा सोच्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नयाँको नाममा सुरु भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक गरिरहेको बताउनुभएको छ ।
सांसद रवि लामिछानेले बजेटको प्राथमिकताले आमजनताको दिनचर्यालाई सम्बोधन गर्नसके मात्र बजेट सफल हुने धारणा व्यक्त गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताउनुभएको छ ।
कालीकोटको रास्कोट नगरपालिका–२ सेरामा जिप दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।