जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम–२ दशमलव ६ डिग्री र अधिकतम तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले राससलाई जानकारी दिनुभयो ।
राजा जयस्थिति मल्ल (१४०३–१४५२) ले समाज सुधारका लागि भारतबाट रघुनाथ झा, रामनाथ झा, कीर्तिनाथ उपाध्याय, महिनाथ भट्ट आदि विद्वान् झिकाई मनुस्मृति र वर्णमालामा आधारित समाज स्थापना गर्न र विभिन्न सुधारको काम गर्न लगाए । समाज सुधारका कार्य ऐतिहासिक भए पनि उनले समाजलाई चार जात १८ वर्णमा विभाजित गरी श्रमको विभाजन र विवाहपछि महिलाको थर पुरुषको थरमा बदलिने प्रचलन ल्याए । त्यसले गर्दा समाजमा जात व्यवस्थाको आधारशिला र महिला परनिर्भरता र शोषणमा पर्ने स्थितिको निर्माण भयो । जातजातिसम्बन्धी जयस्थिति मल्लको सुधार व्यवस्था र हिजो जसले जे पेस गरेको थियो, सोही गर्नुपर्ने अनुलङ्घनीय भयो । जस्तो– बाहुनले हलो जोत्न नहुने, शूद्रले पढ्न नपाइने अनि नयाँ पेसा अपनाउन नमिल्ने, वंशानुगत पेसा फेर्न नपाउने नियमका कारण समाजले कपडा सिलाउने, सफाइ गर्ने, भाँडाकुँडा बनाउने, नाचगान गर्ने, जुत्ता सिलाउनेलगायतका तथाकथित शूद्रले गर्ने भनिएको कामलाई तुच्छ सम्झन पुग्यो ।
गुल्मीमा सहभागी एक कार्यक्रमका सहभागीहरुले पत्रकारिता पेशालाई मर्यादित बनाउन जरुरी देखिएको बताएका छन् । तम्घासमा प्रेस काउन्सिल नेपालद्वारा आयोजित पत्रकारहरुका लागि आचारसंहिता जागरण कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
प्रकृतिमा मानव समुदाय मात्र छैन, यहाँ मानव जातिको अस्तित्व आउनुपूर्व नै कैयौँ सूक्ष्म एककोषीय जीवको अस्तित्व थियो । साथै अन्य ठुलासाना जीवको पनि आश्रयस्थल । आधुनिक सभ्यताको विकासका क्रममा मानव जातिले बुद्धि र विवेकको भरमा प्रकृति र प्राकृतिक जीवमाथि धावा बोल्न थाल्यो । त्यसपछि अन्य जीवको अस्तित्व सङ्कटमा पर्न थाल्यो । कतिपय जीवजन्तुले भने आफूलाई समय अनुकूल परिवर्तन गर्दै आफ्नो अस्तित्वलाई जोगाइराख्न सफल भए । कतिपय जीवजन्तुलाई मानिसले बाँच्ने आधार बनाए । सृष्टिकालदेखि प्रकृतिले मान्छेलाई भोको राखेको थिएन, भेदभाव गरेको थिएन तर मान्छेले भेदभाव र भोकै राख्न बाँकी राखेन । उत्परिवर्तनको सिद्धान्त यहाँ केवल मानव जातिमा मात्र हुन्छ भन्ने कुरामा सीमित राख्न खोजियो तर सुरु सुरुमा बलियोले निर्धोलाई पछा¥यो । जित्नेले आफूलाई शासक बनायो । बलकै भरमा शक्तिशाली बन्ने होडमा मर्न र मार्न पछि परेन । युद्धकै कारण जङ्गली युगबाट निस्किएर नदी किनारमा रोपिएका प्राचीन सभ्यता तहसनहस बनायो
नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ । शुक्रबार सम्पन्न महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
कीर्तिशेष स्रष्टा तथा नेपाल सरकारका पूर्वसचिव राधेश्याम भट्टराईको स्मृति र श्रद्धामा प्रकाशित ‘सम्झनामा राधेश्याम’ र ‘हलेसी’ कृतिको आज राजधानीमा आयोजित विशेष कार्यक्रममालोकार्पण गरिएको छ । बानेश्वर बहुमुखी क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसी दिवस र पूर्वमुख्यसचिव डा. विमल कोइरालाले संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुभएको हो । सो अवसरमा साहित्यकार दिवसले कवि कहिल्यै भूतपूर्व हुन नसक्ने जिकिर गर्दै राधेश्याम भट्टराई पूर्वसचिव भए पनि पूर्वकवि नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “मान्छे पदबाट पूर्व हुन्छ भने सिर्जनशील व्यक्ति पूर्व नभएर अपूर्व भएर बाँचिरहेका हुन्छन् । उहाँको कृति बाहिर आउनुको मूल कारण उहाँ सचिव भएर नभई स्रष्टा भएर आएको हो । सचिवहरू भूतपूर्व भएको देखेको तर कवि कहिले भूतपूर्व नभएको र स्रष्टा सधैँ नै अमर रहनेउहाँको भनाइ छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
६० को दशकको सर्वाधिक चर्चामा रहेको गीत ‘बलेको आगो जलेको प्रेम’ का गायक राजीव लोहनी नयाँ गीत लिएर केही वर्षपछि पुनः नेपाली साङ्गीतिक बजारमा आउनुभएको छ । गीतकार मन्दिरा ढुङ्गेलको शब्द रचना, राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको गीतलाई कन्च क्रियटिभको प्रस्तुतिमा म्युजिक नेपालको च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रिन्स नेपालीले एरेन्ज गर्नुभएको छ ।
वज्र कला कुञ्जको प्रस्तुति रहेको सांस्कृतिक नाटक ‘बोधिसत्व’ को टेकुस्थित कौशी थिएटरमा मञ्चन सुरु भएको छ । नाटकमा मानिसले आफ्नो भोग विलास र तृष्णाका लागि अनेकौँ राम्रा र नराम्रा काम गरेर अकुत सम्पत्तिको जोहो गर्ने तर वास्तविक र कहिल्यै नास नहुने सम्पत्ति भनेको बोधिसत्व प्राप्त गर्नु हो भन्ने देखाइएको छ । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्दा जीवन र जगत्लाई जसरी सरल भाषामा बुझे, त्यही कुरालाई हामीले पनि बुझ्न सके र लागु गर्न सके सधैँ खुसी हुन सक्छौँ भन्ने वरपर रहेर नाटक तयार पारिएको छ । वज्र कला कुञ्जले यसअघि नामसङ्गीति, कुमारी र पचली भैरव जस्ता सांस्कृतिक नाटकको मञ्चन गरिसकेको छ । इँगिहोपो काँइच सुनुवारले नाट्य रूपान्तरण गर्नुभएको नाटकलाई चन्द्रमान मुनिकारले लेखन, परिकल्पना तथा निर्देशन गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिएपछि तिर्नुपर्ने भन्दै राष्ट्र बैङ्कले ऋणको सदुपयोग गरेकालाई सहजीकरण गर्ने बताउनुुभयो । राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको समीक्षापछि आयोजित पत्रकार सम्मेलनमा उहाँले नीतिगत रूपमा व्यवस्था गरेको र ब्याज कोरिडोर मेन्टेन गर्नका लागि राष्ट्र बैङ्क सजग रहेको बताउनुभयो । बैङ्क तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरूउपरको कारबाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणलगायतका माध्यमबाट सहजीकरण गरिने उहाँको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणले यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपियाँ बराबरको विद्युत् भारत निर्यात गरेको छ । प्राधिकरणले जेठ २८ गतेदेखि भारतमा विद्युत् निर्यात सुरु गरेको थियो । प्राधिकरणका अनुसार मङ्सिर २० गतेसम्म एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् भारतमा बिक्री गरिएको हो । प्राधिकरणले प्रतियुनिट औषत आठ रुपियाँ ७७ पैसाको दरले विद्युत् निर्यात गरेको जनाएको छ । सो अवधिमा दैनिक अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात भएको प्राधिकरणले जानकारी दिएको छ ।
दुग्ध विकास संस्थान (डिडिसी) ले दुध किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसासले डिडिसीका कर्मचारी तथा सञ्चालक समितिले पाउने अतिरिक्त भत्ता र सुविधा रोक्नु भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा संलग्न भएका भनिएका नेपाली नागरिकको यकिन तथ्याङ्क सङ्कलन र स्वदेश फिर्ताको पहल भइरहेको बताउनुभएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिमा उहाँले भर्ना भएकाको सङ्ख्या र स्वदेश फिर्ताका लागि सहजीकरण गर्न कूटनीतिक रूपमा रुसलाई आग्रह गरिएको बताउनुभयो । उहाँले विद्यार्थी तथा भ्रमण प्रवेशाज्ञामा गएर फरक प्रयोजनमा काम गरिरहेको पाइएको बताउनुभएको छ ।
सङ्घीय व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यले स्थानीय सरकार सञ्चालन ऐन संशोधनको सुरु भएको तीन वर्षमा पनि प्रक्रिया अगाडि बढेको छैन । स्थानीय सरकारका जनप्रतिनिधि र विज्ञसँग व्यापक छलफल गरेर सङ्घीयतालाई थप बलियो बनाउने गरी तीन वर्षअगाडि ऐन संशोधनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको थियो ।