शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ३२९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शुक्रबार स्वदेशी तथा विदेशी गरी १७२ समूहका एक हजार ६९ जना पुरुष र २६० जना महिलाले आरोहण अनुमति लिएका हुन् । विभागका निर्देशक राकेश गुरुङका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमादब्लम आरोहणका लागि अनुमति लिनेहरू रहेका छन् । उहाँले भन्नुभयो, “अमादब्लम आरोहणका लागि ४५ समूहका ४१२ जना पुरुष र ८० जना महिला गरी ४९२ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७६ देशका आरोहीले विभिन्न ५२ हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।” त्यस्तै मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक परिवर्तनका लागि कांग्रेस परिवर्तन हुन जरुरी रहेको बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिमको विकासका लागि आफू गम्भीर रहेको बताउनु भएको छ।
हिमाली जिल्ला मनाङमा अनावृष्टि पछि मस्याङ्दी नदीमा आएको बाढीले क्षति पुर्याएको नासों गाउँपालिका–९ दानाक्युको बस्ती ।
शुक्रबार पोखरामा ८ औं पर्वतीय महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री डा. महतले प्राकृतिक र अर्गनिक उत्पादन मात्र सर्भ गर्न पोखराका व्यवसायीलाई अनुरोध गर्नुभयो।
नेपाल सरकारले सन् २०२५ सम्ममा बालश्रम उन्मुलन गर्न लिएको लक्ष्य पूरा गर्न सबैको साझा प्रयास आवश्यक भएको सरोकारवाला पक्षको भनाइ छ ।
सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सुनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ।
नवलपुरको कावासोती –३ मा डिप ट्युबवेल सिंचाइँ सञ्चालनमा आएसँगै कृषकलाई राहत मिलेको छ । सिंचाइँका लागि आकाशे पानीको भर पर्नुपर्ने यस क्षेत्रका कृषक अहिले सिंचाइँ सुविधा पुगेपछि खुसी भएका हुन् ।
आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ ।
नेपाली कांग्रेस मधेश प्रदेशले दुई दिवसीय प्रदेश सम्मेलन गर्न लागेको छ । आगामी पुस ५ र ६ गते गरिने प्रथम प्रदेश सम्मेलनलाई सम्पन्न गराउन विभिन्न समिति उपसमिति गठन गरेको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताउनुभएको छ।
पन्ध्र महिनामा आकाशे पुल निर्माणको काम सम्पन्न गर्ने सम्झौता भएको १३ महिना हुँदासमेत काम सुरु हुन नसक्दा नेपालगन्ज र कोहलपुरमा निर्माण गरिने आकाशे पुल निर्माण योजना अलपत्र परेको छ ।
पञ्चदेवल विनायक नगरपालिकाको टिमलाई पराजित गर्दै पालिकास्तरी खुला महिला भलिवबलको उपाधि कमलजार नगरपालिकाले हात पारेको छ ।
दुग्ध विकास संस्थान (डीडीसी) ले तीन महिनाभन्दा बढी सयमदेखि दुधको पैसा नदिँदा सर्लाहीका किसान र डेरी सञ्चालक मारमा परेका छन् ।
प्रहरीले दुई किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ।