• १२ पुस २०८१, शुक्रबार

दुई केजी सुनसहित तीन जना पक्राउ

blog

सुनसहित पक्राउ परेका बिरु तामाङ, सुनिल भुजेल, ग्याल छिरिङ तामाङ । तस्बिरः प्रहरी

काठमाडौं, मङ्सिर २२ गते।  प्रहरीले दुई किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गा चेकपोष्टमा रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको महिन्द्रा कम्पनीको स्कार्पियो गाडी नियन्त्रणमा लि चेक जाँच गर्दा उक्त गाडीको गेयर बक्स एरियामा सुन जस्तो देखिने पहेलो रङ्गको धातुको विस्कुट आकारको दुई थान ढिक्का (दुई किलोग्राम) बरामद गरेको थियो। 

सुनसहित रसुवाका २६ वर्षीय बिरु तामाङ, २१ वर्षीय सुनिल भुजेल, २८ वर्षीय ग्याल छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ। 

यो पनि पढ्नुहोस

१४ किलो सुन छानबिन गर्न ६ सदस्यीय समिति गठन

निजले अवैध तरिकाबाट सङ्गठित रुपमा भन्सार तथा राजस्व छलि सुनको कारोबार गरेको हुँदा सङ्गठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।