विराटनगर महानगरपालिका ७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर एनसेलको शेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीका लागि सञ्चालन गरिएको निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा शिविरमा एक हजार चार जनाको आँखा जाँच गरिएको छ।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले संविधानमा व्यवस्था गरिएको ३३ प्रतिशत महिला कोटामा प्रत्यक्षतर्फ नै महिलालाई जिताउनुपर्ने जरुरी भएको बताउनुभएको छ ।
सन् २०२४ मा आयोजना हुने कोपा अमेरिका कप फुटबलमा साविक विजेता अर्जेन्टिना र पेरु एउटै समूहमा परेका छन् ।
काठमाडौं, मङ्सिर २२ गते। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा पारित हुने विश्वास व्यक्त गर्नुभएको छ। शुक्रबार काठमाडौंमा आयोजित १५ औं मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन समारोहाम बोल्दै उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदले त्यसलाई टुङ्ग्याउने गरी छलफललाई अघि बढाएकाले संसद्को आगामी अधिवेशनबाट पारित हुने बताउनुभएको हो। सभामुख घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित ऐन निर्माणका लागि आफूले असहमत राजनीतिक शक्ति, नेतृत्व र पक्षसँगको छलफललाई अघि बढाएको र त्यसलाई टुंगो लगाउने विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको दाबीसमेत गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘सङ्क्रमणकालीन न्याय सम्पादन गर्ने र सदाका लागि विगतका दिनलाई बिर्सिएर पीडितले शान्ति महसुस गर्ने, पीडाको रिलिफ महसुस गर्ने, परिपूरण प्राप्त गर्ने र सही कुराहरु के हो ? यसको समाधान खोज्ने। सत्यको आधारमा जे भएको छ। त्यसलाई लिएर जाने र समानताका साथ समाजलाई अगाडि लिएर जाने कुरामा अझै पनि कानुन पूरा हुने कुरा बाँकी छ। अहिले संसदको कानुन तथा न्याय समितिमा छलफल भएर पनि करिब टुङ्गिन लागेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट यसलाई टुङ्ग्याउने अधिकार हुन्छ। मलाई विश्वास छ, संसद्को आगामी अधिवेशनमा टुङ्ग्याउने काममा उहाँहरुलले सफलता हासिल गर्नु हुनेछ। त्यसलाई सफलतापूर्वक टुङ्ग्याइसकेपछि हामीले एउटा उपलब्धि हासिल गर्नेछौं। ’त्यस अवसरमा सभामुख घिमिरेले मानव अधिकारसँग सम्बन्धित कानुन निर्माणमा पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
टोट्टनहाम र न्युक्यासल युनाइटेडलाई इङ्लिस प्रिमियर लिग फुटबलमा धक्का लागेको छ । घरेलु मैदानमा बिहीबार राति भएको लन्डन डर्बीमा टोट्टनहाम वेस्ट हाम युनाइटेडसँग २–१ गोलले पराजित भयो । अर्को खेलमा न्युक्यासल एभर्टनसँग ३–० गोलले स्तब्ध बन्यो ।
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेपछि रुपन्देहीका उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतन्त्रलाई परिणाममुखी बनाउन सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ ।
तोरीको तेलको मूल्यमा पछिल्लो समय वृद्धि हुँदै गएपछि तोरीखेतीतर्फ कृषकहरुको आकर्षण बढ्न थालेको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको विशेष रुपान्तरण अभियानले जनतामा नयाँ, आशा जगाउन सफल भएको बताउनुभएको छ ।
एसिसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको चुनौती दिएको छ।
विगत चार वर्षदेखि रोकिएको रोमाञ्चकारी हात्ती महोत्सव यस वर्ष पुनः नयाँ ढङ्गले हुने भएको छ ।
यो पछिल्लो पाँच वर्षको तुलनात्मक अवस्था भएको जोखिमविद् निरोज तिमिल्सिनाले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।