नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा मुद्दाका प्रतिवादीका कानुन व्यवसायीले बहस सुरु गरेका छन्। सरकारी वकिलको बहस सकिएपछि बुधबारदेखि प्रतिवादीका पक्षबाट बहस सुरु भएको हो। बुधबार तीन प्रतिवादीका कानुन व्यवसायीले बहस गरेका छन्। मुद्दासाथ उपस्थित गराइएका प्रतिवादीका तर्फबाट थुनछेक बहसको प्रव्रिmया हुनेछ।
हवाई सेवामा भएको सुधार र विस्तारका कारण यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएको पाइएको छ । हवाई सुरक्षामा समेत निकै सुधार हुँदै गई विश्वसनीय बन्दै गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा विश्वको औसतभन्दा राम्रो अवस्थामा पुगे पनि नीतिगत सुधारको अभावले नेपाली विमानको युरोप उडान समस्या भने विद्यमान रहेको देखिन्छ ।
मानव तस्करले नेपाली बालबालिकालाई भारतको पिथौरागढ लगेर बेच्ने गरेको रहस्य खुलेको छ। मानव तस्कारको फन्दामा परेर बालश्रम, यौन शोषण र बलात्कारमा परेका २७ जना बालबालिकालाई त्यहाँको एक संस्थाले उद्धार गरेर संरक्षणमा राखेको छ। मानव तस्करी र बलात्कारको आरोपमा केही भारतीयमाथि मुद्दासमेत चलाइएको छ।
गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी असार तेस्रो साता सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । बोर्डका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा ल्याउने काम भइरहेको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार विभिन्न केन्द्रमा परीक्षण सम्पन्न भएका उत्तरपुस्तिका र नतिजा केन्द्रीय कार्यालयमा ल्याउने काम अन्तिम चरणमा पुगेको छ ।
चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कल र एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
सर्लाहीको हरिवनबाट प्रहरीले स्रोत नखुलेको १८ लाख रुपियाँसहित चार जनालाई पक्राउ गरेको छ ।
अर्जुन चौपारी गाउँपालिका–३ खोलेमा जिल्ला समन्वय समितिको पिकअप गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्नाका कुनै पनि प्रक्रिया नगर्न परिपत्र जारी गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको नागरिकता विधेयकको सफल कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले बुधबार प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत इलिवेथ भोन क्यापेलरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गरिएको भृकुटीमण्डपस्थित धारामै पानी आउँदैन भन्दा धेरैलाई अनौठो लाग्न सक्छ। तर यो वास्तविकता हो।
एन्टिबायोटिक औषधिको जथाभाबी प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पुगेको भन्दै सामान्य रोग लाग्दैमा एन्टिबायोटिक औषधि प्रयोग नगर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । जनकपुरधाममा आयोजित कार्यक्रममा चिकित्सकले सो सुझाव दिएका हुन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्यायमा परेका सहकारीका बचतकर्तालाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
ढाका, जेठ २४ गते । बङ्गलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौँ विद्यालय बन्द गरेको छ । राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) को हाराहारीमा पुगेको छ ।“सन् १९७१ मा बङ्गलादेश स्वतन्त्र भएयता हामीले यति लामो समयसम्म गर्मी कहिल्यै देखेका थिएनौँ,” बङ्गलादेशको मौसम विभागका वरिष्ठ अधिकारी बज्लुर रसिदले भन्नुभयो ।सरकारले दशौं हजार प्राथमिक विद्यालयहरू बन्द गरिदिएको छ र एयर कन्डिसनर र पङ्खाहरूको माग बढेपनि बिजुली उत्पादनमा भारी कटौती गरिएको छ ।सोमबार, देशले सरकारले कोइलालाई इन्धनका लागि खर्च गर्न असमर्थ आफ्नो सबैभन्दा ठुलो पावर प्लान्टमा सञ्चालन स्थगित गर्न बाध्य भएको जानकारी गराएको थियो ।गत वर्ष अमेरिकी डलरको तुलनामा बङ्गलादेशी टाकाको मूल्य करिब २५ प्रतिशतले अवमूल्यन भएको थियो, जसले गर्दा इन्धन आयात र विद्युत उपयोगिताको लागत बढेको छ ।अन्य प्लान्टहरूले माग पूरा गर्न सकेका छैनन्, जसका कारण घण्टौँसम्म लोडसेडिङ भएको छ । रासस/एएफपी