साविक विजेता मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) शहिद स्मारक ‘ए’ डिभिजन लिगका बुधबार विजयी भएका छन् । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्बललाई ३–१ गोलले हरायो । च्यासल मैदानमा भएको अर्को खेलमा एनआरटीले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले स्तब्ध बनायो ।
राष्ट्रिय सभाका सांसद एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेकपा (एमाले) मा प्रवेश गर्न तयार रहेको बताउनुभएको छ।
देशभरबाट युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेका बेला सुनसरीका युवाहरूले भने उदाहरणीय काम गरेर स्वदेशमै मनग्य कमाउँदै आएका छन् ।
भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशङ्कामा बुटवल उपमहानगरले मासु पसलहरू र सप्लायर्सहरुमा अनुगमन थालेको छ ।
सांसद खिमलाल देवकोटाले प्रतिनिधि सभाको आकार ठुलो भएकाले त्यसलाई घटाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको धारणा राख्दै उहाँले प्रतिनिधि सभाको आकार घटाउनका लागि संविधान संशोधनको प्रस्ताव ल्याउन आग्रह गर्नुभयो ।
“नाईटेङ्गल नर्सिङ अवार्ड–२०२३” बाट वीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित हुनुभएको छ ।
झापाको भद्रपुर नगरपालिकाले स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम तयार पारेर यसै शैक्षिक सत्रबाट नगरपालिकाभित्रमा लागु गरेको छ ।
यौन तथा प्रजनन् स्वास्थ्य अधिकारलाई पाठ्यक्रममा राख्न धनगढीमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन सद्भाव आचार्यले अग्रता लिनु भएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी च्याम्पियनसिपमा बुधबार सद्भावले सात अन्डर ६५ खेल्नुभयो ।
खोटाङको दक्षिण भेगलाई तराईसँग जोड्ने बंशिलाघाटस्थित सुनकोसी नदीमा म्याद सकिन लाग्दा पुल निर्माणको काम सुरु भएको छ ।
इलामको चुलाचुली गाउँपालिकामा रहेका अव्यवस्थित बसोबास गर्ने २४ परिवार भूमिहीनहरूले बुधबार जग्गाको लालपुर्जा प्राप्त गरेका छन् ।
निर्देशक केशवराज भट्टको निर्देशनमा तयार भएको ‘धुवाँ धुवाँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भट्टले यसअघि गाजलु, मुखै चिलाउने, पहरी फूल, एकै नजरमा, तिमीसँग नजर जुधाई, शीत शीतललगायत दर्जनौँ भिडियो निर्देशन गर्नुभएको छ।
संविधान सभा सदस्य एवम् पूर्व राज्यमन्त्री महेश चौधरीको आज दिउँसो निधन भएको छ । दंगीशरण गाउँपालिका –४ वैवाङ निवासी चौधरीको ७० वर्षको उमेरमा उपचारका क्रममा आज निधन भएको हो ।
आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारी सञ्चारमाध्यमको पुनः संरचना जोड दिँदै सरकारलाई प्रतिवेदन बुझाएको छ । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई मन्त्रालयमा समितिले आमसञ्चार क्षेत्रको समग्र सुधारका लागि आवश्यक नीति, कानुन तथा नियमनको प्रतिवेदन बुझाएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्का युरोप भ्रमणमा हुनुहुन्छ।