अधिकारकर्मी तथा सरोकारवालाले कानुनले महिलालाई सशक्त बनाएको भए पनि कार्यान्वयन पाटो सोचेभन्दा फितलो हुँदा महिला हिंसा जारी रहेको बताउनुभएको छ ।
इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार रुस भ्रमणका क्रममा गाजा क्षेत्रमा भएको इजरायली आक्रमणलाई तत्काल रोक्ने विषय छलफलको मुख्य विषय भएको बताउनुभएको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औं महासभामा सहभागी भई स्वदेश फर्किनु भएको छ ।
रेडियोमा कृषि कार्यक्रम सुनेपछि तरकारी खेती सुरु गर्नुभएको जिसीले २०७१ सालदेखि कृषकको परिचय बनाउनुभएको छ ।
सप्तरीका किसानलाई गहुँलगायतको हिउँदे वालीको समयमा मलखाद अभाव हुन नदिन सरोकारवालाले चासो दिएपछि यस वर्ष मल अभाव नहुने भएको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदायसँग आग्रह गर्नुभएको छ ।
जलवायु परिवर्तनको असर प्रत्यक्ष रुपमा हिमाली जिल्लामा देखिइसकेको छ । जलवायु परिवर्तनका असरलाई समयमा नै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्वव्यापी रुपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरुप कालापत्थर बन्नेछन् ।
गत असार–साउन र भदौं महिनामा परेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट बालीमा पुगेको क्षतिका लागि किसानले क्षतिपूर्ति पाउने भएका छन् । ताकेता गर्दा कर्णाली प्रदेश सरकारको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सो क्षति उपलब्ध गराउन बजेटको ब्यवस्था गरेको छ ।
भवन बनाउन दान गर्ने दाताकै नामबाट कक्षा कोठा नामकरण गरिएको विद्यालयका प्रधानाध्यापक सोमबहादुर थापाले जानकारी दिनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर ठाडो पारेर काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।
साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ ? यसको जवाफ हुन्छ, गरगहना, जेबर, जग्गा जमिन वा अन्य चल/अचल सम्पत्ति । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलका विपन्न हरवाचरवा दलित परिवारलाई साहुकहाँ बन्धकीमा आफ्नो नागरिकता राख्नुपरेको छ ।
फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुको वाखु क्षेत्रमा पासोमा फसेको रेडपान्डाको जीवितै उद्धार गरिएको हो ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटे सडकखण्डमा बसको ठक्करबाट मोटरसाइकलमा सवार यात्रुको मृत्यु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
इलामको माइपोखरीमा मङ्सिर १ देखि ८ सम्म आयोजित त्रि–धार्मिक महायज्ञमा ३६ लाख ३३ हजार रुपियाँ सङ्कलन भएको छ ।