पूर्वी नेपालमा झन्डै तीन दशकअघिदेखि रहँदै आएको भुटानी शरणार्थी शिविर बस्तीमा परिणत भएको बताइएको छ । भुटानी शरणार्थी अगुवाले सरोकारवालासँग छलफल नै नगरी बस्तीमा परिणत भएको र यो विषय औपचारिक रूपमा सार्वजनिक नभएको बताएका छन् । विभिन्न कारणले तेस्रो देश पुनर्बास नभएकाहरू, अशक्त तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका लगायतका भुटानी अहिले यहाँ रहेका छन् । भुटानबाट निकाला भएर नेपालमा निर्वासित जीवन बिताइरहेका भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले यो आफूहरूको पनि सरोकारको विषय भएको भन्दै बस्तीमा रूपान्तरण भएको विषयमा अनभिज्ञता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस्तो विषयमा नेपाल सरकारले शरणार्थीलाई जानकारी गराउनु पर्छ । यदि स्थानीयकरणका लागि शिविरलाई बस्ती बनाइएको हो भने त्यसमा हामी गम्भीर छौँ । अझै पनि हामी स्वदेश फर्कन पाउने आशामा छौँ ।
धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणका लागि पुनः स्थलगत अध्ययन गरिएको छ । बिहीबार नेपाल नागरिक उड्डयन प्राधिरकणको समूह र नगर प्रमुख हर्कराज राईले धरान–१७ स्थित डाँडाघोपामा रहेको विमानस्थल बनाउने जग्गाको स्थलगत अध्ययन गर्नुभएको हो । २० वर्षअघि २०६० सालमा विमानस्थल बनाउने सर्तमा धरान वडा नम्बर १७ डाँडाघोपामा स्थानीय बासिन्दाको जग्गा नगरपालिकाको रोहबरमा यती इन्कर्पोरेटले डाँडाघोपाका २५ जनाको सात बिघा पाँच कट्ठा जग्गा खरिद गरेको थियो । त्यति बेला धरानका नगर प्रमुख कुमारबहादुर कार्की, पूर्वनगर प्रमुख मेन्याङ्बो र उपप्रमुख मीनकुमार सुब्बा रोहबरमा रहनुभएको थियो ।
कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जोड्ने सडक स्तरोन्नतिको काम ठप्प भएको छ । बजेट अभाव हुँदा स्तरोन्नतिको काम अघि बढ्न नसकेको हो । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय जुम्लाले उक्त सडक विस्तारको जिम्मा लिएको छ । कार्यालयले जुम्लाको छिनासाँगुदेखि डोल्पाको सिमाना मौरेलेखसम्म ४५ किलोमिटर सडकको काम गरिरहेको छ । उक्त खण्डमा ट्र्याक खोलिए पनि स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४, पूर्णगाउँकी ९२ वर्षीय भीमा मल्लका लागि यो समय सबैभन्दा कष्टकर बनेको छ । भूकम्पले ४६ वर्षीय माइली छोरी गुमाएकी मल्लको दिनरात त्रिपालमा बितिरहेको छ । वर्षाले जाडो बढाएको छ । त्रिपालभित्र आगो बाल्दा आगलागीको डर छ । त्रिपालको बासले स्वास्थ्य अवस्था झन् बिगिँरदै गएको छ । भीमाको मनमा डर छ, “चिसोले दम बढिरहेको छ, भूकम्पले छोरी र घर लियो, चिसोले ज्यान लैजाने होला ।”
भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न रकम निकासा गरिएको छ । भूकम्प प्रभावित दार्मा गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि एक करोड ३० लाख रुपियाँ निकासा भएको छ । सङ्घीय सरकारमार्फत पालिकाका भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न एक करोड ३० लाख रुपियाँ निकासा भएको जनाइएको छ ।
बाजुराका अधिकांश ठाउँमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो रहँदै आएको पाइन्छ । पाखो तथा भिरालो ठाउँको जमिनमा सिँचाइ सुविधा नहुँदा उक्त जमिन बर्सेनि बाँझो हुँदै गएका हुन् ।
धनगढी उपमहानगरपालिकाले विद्यालय समायोजन कार्य सकेर शिक्षक दरबन्दी मिलान भइरहेको जनाएको छ । गत साउनदेखि उपमहानगरपालिकाले विद्यालय समायोजनको काम सुरु गरेको हो । विद्यार्थी सङ्ख्या न्यून रहेका १४ वटा विद्यालयमा तह र कक्षा समायोजन गरी यही मङ्सिरमा दरबन्दी समायोजन गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिका, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीका अनुसार १४ वटा विद्यालयको तह र कक्षा समायोजन एवं ७५ जना शिक्षकको दरबन्दी मिलान गरिएको छ ।
वैदेशिक रोजगारीका क्रममा खास गरी खाडी मुलुकमा गएका नेपाली नागरिकको विविध कारणले ज्यान गएको समाचार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाकसमा शव नआएको दिनै हुँदैन । स्वदेशमा रोेजगारीको पर्याप्त अवसर नभएका कारण परिवारको भरणपोषणका लागि विदेश जानु धेरै नेपालीको बाध्यता भएको छ तर विदेश जानेहरू सबै बाध्यतावश नै गएका होइनन् कि भन्ने दुःखलाग्दो अर्को तथ्याङ्क पनि बाहिर आइरहेकै छ । लाखौँ रुपियाँ खर्च गरेर अवैधानिक बाटोबाट विदेश जानेहरूका दुःखका कारुणिक समाचार आइरहेका छन् । दलाललाई ७०/८० लाख रुपियाँ बुझाएर विभिन्न देश हुँदै महिनौँको
पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो प्रगति हासिल भएको हो ।
विधि अर्थात् कानुन निर्माणको व्यवस्थालाई व्यवस्थित गर्ने गरी सरकारले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याएको छ । विधायनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८० असोजमा राष्ट्रिय सभामा दर्ता भएको हो । सङ्घीय संसद्बाट निर्माण हुने कानुनलाई गुणस्तरीय बनाई कानुन निर्माणमा एकरूपता कायम गर्ने, जारी भएका ऐनको व्यवस्थित अभिलेख राख्ने, प्रत्यायोजित विधायनको सीमा तोक्ने, ऐनबाट प्रत्यायोजित अधिकार प्रयोग गरी ने
दिगो विकास, सुशासन, सामाजिक सद्भाव, शान्ति, राजनीतिक स्थायित्व र कानुनी शासनको स्थापनाका लागि भ्रष्टाचार एउटा प्रमुख चुनौती हो । नेपालको सन्दर्भमा भ्रष्टाचारबाट कुनै पनि क्षेत्र अछुतो देखिँदैन । जनताको समृद्धि र देशको विकासका लागि पनि भ्रष्टाचारको नियन्त्रण जरुरी छ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मत लिने क्रममा उहाँले ‘राम्रो काम मात्र गर्छु, नराम्रो गर्दिनँ र गर्न पनि दिन्न’ भन्नुभएको थियो । यो भनाइले उहाँमा देश र जन
केही दिनदेखि सरकार पुनर्गठनको चर्चा परिचर्चाहरूले स्थान पाएको छ । सरकार पुनर्गठनको चर्चा हुनु अनौठो मानिँदैन तर नेतृत्व तहका जिम्मेवार पदाधिकारीहरूबाट राजनीतिक अस्थिरता निम्त्याउने खालका विरोधाभाषपूर्ण र अस्पष्ट अवधारणाहरू आउनु चाहिँ राम्रो ठानिँदैन । यस्ता विचार विमर्शहरू पनि उद्वेलित हुनु हुँदैन । पुनर्गठनका लागि हिसाब–किताब भइरहेका होलान्, त्यो आफ्नै ठाउँमा छ । राजनीति असीमित सम्भावनाको पुञ्ज हो, कहिलेकाहीँ नसोचेको पनि हुन्छ
बिहीबार राती दुबई फ्लाइटबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका गोरखा वारपाकका चन्द्र घले करिब १४ किलो सुनसहित पक्राउ परेका छन् ।
जनजिब्रोले हरवाचरवालाई हरुवाचरुवा भन्ने गरेको पाइन्छ । नेपाली बृहत् शब्दकोषले हरवालाई खेतबारीमा हलो जोत्ने व्यक्ति र चरवालाई गाईबस्तु चराउने मानिस, गोठालो भनी परिभाषा गरेको छ । हरवा अर्थात् बँधुवा श्रमिक साहुको घरमा काम भएको बखत अरू ठाउँमा गएर ज्यालादारी काम गर्न वा आफ्नो खेतीपातीको काम गर्न स्वतन्त्र हुन्छ तर साहुको काम परेको बखत जताबाट पनि आइपुग्नु पर्छ ।
मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सरकारले नयाँ घोषणाको तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारमा सरकार अत्यन्त गम्भीर रहेको र समाधानका लागि सबै सरोकारवालासँग बृहत् बैठक गरेर केही नयाँ घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो । बिहीबारदेखि सुरु चौथो जिम्मेवार व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यसका लागि सरोकारवाला सबैको सक्रिय सहभागिता र महत्वपूर्ण सुझावको सरकारले अपेक्षा गरेको बताउनुभयो ।