बिहान सुरु भएको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मङ्गलबार बस्ने नियमित बैठक बस्न नसकेका कारण आज बसेको बैठकले विभिन्न निर्णयहरू गरेका छन् ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण मङ्गलवार बस्ने नियमित बैठक बस्न नसकेका कारण बैठक आज बसेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
सुगम जिल्लाकारुपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका –३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ । उनीहरू एक गाग्री पानी लिन दुई घण्टा उकालो हिँडेर खोला आउजाउ गर्दैआएका छन् ।
भाइबहिनीहरू, काठमाडौँ उपत्यका मन्दिरै मन्दिरले भरिएकोे सहर हो । यहाँ बाह्रै महिना कुनै न कुनै जात्रा तथा पर्व भइरहेको हुन्छ । अझ भनुँ विविध धर्म र संस्कृतिमा नेपाल संसारमै धनी मानिन्छ । हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर आषाढ शुक्ल चौथीसम्म मनाइने सांस्कृतिक उत्सवलाई रातो मच्छिन्द्रनाथको रथयात्रा भनिन्छ । रातो मच्छिन्द्रनाथका दुईवटा मन्दिर छन्, एउटा बुङ्गमतीमा, अर्को ललितपुर तःबहालमा । छ महिना बुङ्गमती र छ महिना ललितपुरमा राख्ने गरिन्छ ।
बाँके जिल्लाको दोस्रो ठुलो सहर कोहलपुर नगर योजना भित्रका सडकहरू स्तरोन्नति गर्ने कार्य सुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरभित्रका अधिकांश स्थानमा नाला निर्माण गर्ने कार्य सम्पन्न भइसकेकोले सडक निर्माणलाई अगाडी बढाइएको हो ।
काठमाडौँबाट राजविराज तर्फ जाँदै गरेको ना ६ ख १८८२ नम्बरको शिव शक्ति बस बर्दिबास ११ पूर्वपश्चिम राजमार्गको शिव चोकनजिक आज बिहान दुर्घटना हुँदा ८ जना घाइते छन् ।
खाँडाचक्र नगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने भएको छ। जिल्ला सदरमुकाम मान्म बजारमा सार्वजनिक जग्गा मिचेर केही व्यक्तिले घर बनाएपछि सार्वजनिक जमिनको खोजी गरी अतिक्रमित भए खाली गराउने निर्णय गरेको हो। खाँडाचक्र नगरपालिका–१ वडाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय कालीकोटमा बसेको विशेष संयन्त्रको बैठकले बजार क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर तथा टहरालाई हटाउन अनुरोध गर्ने निर्णय गरेको हो।
साहित्यिक पत्रकारिताको ढोका कहिले खुल्यो ! यतातिर सोच्ने हो भने म कताकता बरालिन्छु । जसका बारेमा केही सोचिएकै थिएन, त्यतातिरको लक्ष्य, चुली देखिने कुरो पनि भएन । यस्तोमा अगाडिको यात्रामा पाइला लम्काउने कुरै थिएन ।
कैलालीको सुर्मीनाला–बढैपुर सडकमा गरिएको कालोपत्रे गुणस्तरहीन रहेको स्थानीयले आरोप लगाएका छन्। हालै गरिएको कालोपत्रे पाँच दिनभित्रै उप्किन थालेपछि स्थानीयले यस्तो आरोप लगाएका हुन्। कालोपत्रे गर्ने जिम्मा लिएको निर्माण कम्पनीले सडक बनाउनमा लापरवाही वा गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै गुणस्तर जाँच गर्नसमेत माग गरिएको छ। कालोपत्रे पाँच दिनभित्रै उप्केको स्थानीय शङ्कर चौधरीले बताउनुभयो।
ढुङ्गा फो-यो र, बाली लगायो माटो थिएन,
नेपालको संविधानको भाग २४, धारा २४५ मा स्वतन्त्र र स्वायत्त संवैधानिक निकायको रूपमा निर्वाचन आयोगको व्यवस्था रहेको छ । धारा २४६ मा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार तोकिएका छन् । आयोगले संविधान र सङ्घीय कानुनबमोजिम राष्ट्रिय महìवको विषयमा जनमत सङग्रह गराउने, राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश स
जनतामा सरकारी सेवा र सुविधा सहज पु-याउने मूल दायित्व प्रशासनिक संयन्त्रमा निहित रहेको हुन्छ । प्रशासनिक संयन्त्र राजनीतिक तह (सरकार) को प्रमुख कार्यकारी अङ्गका रूपमा रहने र राजनीतिक तह जनताको नजिक रहने तथा भिन्न राजनीतिक वादलाई आफ्नो मूल लक्ष्य बनाएर अगाडि बढेको हुन्छ तर सरकार वा प्रशासनिक संयन्त्र कुनै राजनीतिक वादमा आधारित हुँदैन । यो कार्यपालिकाको सहयोगी अङ्ग मात्र हो । सरकारी नीति र कार्यक्रमलाई कुनै आस्था, वाद वा अन्य
१. फ्रान्सको कान्स सहरमा आयोजित ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल, २०२३’ मा तीन विधामा अवार्ड प्राप्त गर्न सफल नेपाली चलचित्र कुन हो ? राधा – सुवर्ण थापाद्वारा निर्देशित सो चलचित्रले उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट अभिनेतृ र उत्कृष्ट निर्देशकको अवार्ड हात पार्न सफल भएको छ । – निर्देशक थापाको लेखनसमेत रहेको चलचित्रले महिलाको सहनशक्ति चरित्रको कथालाई प्रस्तुत गरेको छ । – सो फिल्म फेस्टिभलमा नेपाली चल