बैंक तथा वित्तीय संस्थाले सास्ती दिएको भन्दै बाँके र बर्दियाका १३ वटा उद्योग वाणिज्य सङ्घले संयुक्त आन्दोलन घोषणा गरेका छन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गर्नु भएको छ
बागलुङको बाङ्गेचौर खेल मैदानलाई रङ्गशाला बनाउने योजना बुनेको धेरै वर्ष भयो । सङ्घीयतापछि नै दुईपटक स्थानीय सरकारका जनप्रतिनिधि आए तर बागलुङको बाङ्गेचौरलाई रङ्गाशाला बनाउने योजना अधुर रहेको छ ।
बुधबार साँझबाट सुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार जनजीवन नराम्ररी प्रभावित भएको छ ।
खेती लगाउने बेला बीउ पाएपछि मटिहानी नगरपालिकाका गहुँ खेती गर्ने किसानलाई राहत मिलेको छ । खेती लगाउने बेला नगर कार्यपालिकाको कृषि शाखाले बीउको गहुँ उपलब्ध गराएपछि नगरक्षेत्रका किसानले राहत महसुस गरेका हुन् ।
यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपियाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यसवर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।
उहाँ धेरै मेहनतका साथ खोलाको पानीलाई डोहो¥याएर उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको सहायताले काठका ठेकी बनाउनुहुन्छ । रामेछाप र दोलखाको सिमानाबाट बग्ने मिल्ती खोलाको पानीको साहाराले काठमा जीवन्त कला भरेर काँचो काठलाई आकारमा ढाल्नुहुन्छ धनबहादुर।
काभ्रेपलाञ्चोकको भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय परिवार झन्डै ५० वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहका छन् । कैयौँ पटक सरकारीस्तरबाट स्थलगत भ्रमण र अनुगमन–निरीक्षण गरिए पनि अझै उनीहरुले लालपुर्जा (जग्गाधनी प्रमाणपुर्जा) पाएका छैनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीका बुबाआमासँग भेट गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी आइपुग्नुभएको छ । आज (शुक्रबार) बाट धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव तथा व्यापार मेला उद्घाटनका लागि उहाँ धनगढी आइपुग्नु भएको हो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको सञ्चालक समितिको आजको बैठकले उक्त नीतिको समीक्षा पारित गरेपछि सार्वजनिक गरिएको हो ।
डिभिजन वन कार्यालय मोरङका वन अधिकृत घनश्याम यादवका अनुसार मोरङ खण्डको ३६.२ किलोमिटर क्षेत्रमा पाँच हजार ५५६ रुख छन् ।
चीनका विरुद्ध निर्यात नियन्त्रण नीतिको दुरुपयोग गर्ने र आपसी लगानीमा प्रतिबन्ध लगाउने लगायतका अमेरिकी कदमको चीनले दृढतापूर्वक विरोध गरेको चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले उल्लेख गर्नु भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ ।