उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साना तथा मझौला व्यवसायीको विकास, विस्तार र प्रवर्द्धनका लागि नीतिगत सुधारसहित अन्तर्राष्ट्रिय बजारको पहुँच स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) सांसद रघुवीर महासेठले फाष्ट ट्रयाक निर्माणका लागि रक्षा मन्त्रालयमार्फत बजेट पठाउनुपर्ने बताउनुभएको छ।
चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि पौडीमा चार खेलाडी छनोट भएका छन् । नेपाल पौडी सङ्घले आयोजना गरेको छनोट प्रतियोगिताबाट दुई पुरुष र दुई महिला खेलाडी छनोट भएका हुन् ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोसिस भएको बताउनुभएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बजेटले लक्ष्य अनुरूपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताउनुभएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि टिप्पणी गर्दै यस्तो बताउनुभएको हो ।
तनहुँको भिमाद नगरपालिकाले आफ्नो पालिकामा स्थायी ठेगाना भई बसोबास गर्ने मानसिक रोगीलाई उपचारमा मद्दत गर्ने निर्णय गरेको छ ।
नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले पार्टीको विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको जानकारी दिनुभयो ।
नवगठित लुम्बिनी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम जेठ २६ गते शुक्रबार ल्याउने जनाएको छ । शुक्रबार दिउँसो साढे ११ बजेका लागि बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी भएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।
ताप्लेजुङका स्थानीय तहले परिणाम देखिनेगरी ठुला योजनाहरूमा बजेट केन्द्रित गर्ने भएका छन् । वितरणमुखी योजनाका कारण परिणाम नआएको र गरेको कामले कुनै परिवर्तन नल्याएको भन्दै स्थानीय तहले ठुला योजनामा बजेट केन्द्रित गर्ने जनाएको हो ।
कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले खाद्य शिक्षा र पोषण शिक्षासम्बन्धी सचेतना अभियान सुरु गर्न जरुरी रहेको बताउनुभएको छ ।
सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीस्थित नुनथरमा बुधबार मधेश प्रदेशस्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास गरिएको छ । मधेश प्रदेशको विपद् व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा उद्धार अभ्यास गरेका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा उद्धार अभ्यास गरिएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माण भएका १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको परीक्षण सुरु भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी पक्षका तर्फबाटको बहस सुरु भएको छ । मङ्गलबार सरकारी वकिलको बहस सकिएसँगै आज (बुधबार) देखि प्रतिवादीतर्फका कानुन व्यवसायीले बहस सुरु गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे कनीकुथी विरोध गर्नु उचित नभएको बताउनु भएको छ ।
करिब आठ वर्षदेखि बिग्रिएको साउदी अरब र इरानबीचको कूटनीतिक सम्बन्धमा सुधार आएको छ । चीनको मध्यस्थतामा तेहरान र रियादबीच विभिन्न समयमा भएका सहमतिले द्विदेशीय सम्बन्ध पुनः सुमधुर बन्न लागेको हो ।