डेरी उद्योगीले बक्यौता रकम भुक्तानी नगर्दा दुध उत्पादन गर्ने किसान मर्कामा परेका छन् । डेरी उद्योगीले किसानलाई चार/पाँच महिनादेखि भुक्तानी दिएको छैन । किसानले डेरी उद्योगीबाट करिब छ अर्ब रुपियाँ भुक्तानी पाउनुपर्ने देखिएको छ । भुक्तानीको माग गर्दै शुक्रबार माओवादी केन्द्र निकट किसान सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) राष्ट्रिय कृषक समूह महासङ्घ, केन्द्रीय दुग्ध सहकारी सङ्घ लि. नेपाललगायतका सङ्घ संस्थाले विज्ञप्ति जारी गरेका छन् । यी संस्थाले किसानको बक्यौता रकम भुक्तानी नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् ।
बागमती प्रदेश सरकारले कानुन पालना, पारदर्शी र नागरिकप्रति जवाफदेहिता पालना नगरेको पाइएको छ । ऐन, कानुनको पालना एवं कार्यान्वयन प्रदेश सरकारका मन्त्रालय र मातहतका निकायले नै गर्ने गरेका छैनन् । बागमती प्रदेश सरकारले सरकारको कामकारबाहीलाई खुला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन प्रदेश सूचनाको हकसम्बन्धी ऐन, २०७६ बनाएको छ । ऐनमा सार्वजनिक निकायले आफ्नो निकायसँग सम्बन्धित सूचनासहितको विवरण चौमासिक रूपमा स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था गरिएको छ । तथापि, प्रदेश सरकारका मन्त्रालय र सरकारका निकायले नै उक्त ऐन पालना एवं कार्यान्वयनमा अटेर गर्दै आएका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिकाले छोरीको जन्मदर बढाउन ‘नगरकी छोरी’ कार्यक्रम सुरु गरेको छ । पछिल्लो समय छोरीहरूको जन्मदर कम हुँदै गएको भन्दै पालिकाले यस्तो कार्यक्रम सुरु गरेको जनाएको छ
बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो मार्ग महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक एक महिनाका लागि बन्द गरिएको छ । सडक स्तरोन्नतिको काम भइरहेकाले बिहीबारबाट एक महिनाका लागि सवारी आवागमन बन्द गरिएको हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दूतराज तितुङका अनुसार मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेको र निर्धारित समयसीमाभित्र सडकको काम पूरा गर्नुपर्ने भएकाले सवारी आवागमन बन्द गरिएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रवार दिउँसो कैलालीको धनगढी आउँदै हुनुहुन्छ । कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउन लाग्नु भएको हो ।
काठमाडौँमा नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा मङ्सिर २३ देखि २६ सम्म हुने महोत्सवको ११ औँ संस्करण नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुने छ । विश्वभरिबाट खुला आवेदनमार्फत सङ्कलित वृत्तचित्र, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्र महोत्सवमा प्रदर्शन हुँदै छन् । नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटाली, आयरल्यान्ड, किर्गिस्तान, जर्जिया, पोल्यान्ड, ताजकिस्तान, नर्वे, युक्रेन, बङ्गलादेश र भारतबाट प्राप्त मानव अधिकारका विषयमा निर्मित चलचित्र तथा वृत्तचित्र महोत्सवमा प्रदर्शन गरिने छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत चित्रकला विभागको आयोजनामा बिहीबार मुस्ताङका कलाका बारेमा अन्तर्क्रिया गरिएको छ । अन्तर्क्रियामा मुस्ताङका कलाकार छिरिङ फोन्जो गुरुङले कार्यपत्रमार्फत त्यहाँका गुम्बा, चैत्य, गुफादेखि घर–सम्पदामा रहेका कलाका बारेमा जानकारी गराउनुभएको थियो । कलाकार छिरिङले नेपालको हिमाली भेगका कलाको खोज, अनुसन्धान र प्रवर्धन गर्न जरुरी रहेको उल्लेख गर्दै कलामार्फत पर्यटन विकास गर्न राज्यले ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । प्राज्ञ परिषद् सदस्य पाल्साङ्मो लामाले मुस्ताङका कलाका बारेमा अध्ययन अनुस
लुम्बिनी प्रदेश सरकारले दाङमा मौरी स्रोत केन्द्र स्थापना गर्ने निर्णय गरेको चार वर्ष बितिसक्दा पनि काम सुरु हुन सकेको छैन । मौरी स्रोत केन्द्र स्थापना गर्ने गरी आफ्नो नीति तथा कार्यक्रम बनाएको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा प्रदेशका विभिन्न जिल्लामा विभिन्न प्रकारका स्रोत केन्द्र स्थापना गर्ने नीति अनुसार दाङमा मौरी स्रोत केन्द्र स्थापना गर्ने उल्लेख गरेको थियो । स्रोत केन्द्र स्थापनाका लागि घोराही उपमहानगरपालिका–१३, कलमघारीमा जग्गा छनोट गरिएको थियो । नेपाल मौरीपालक महासङ्घका निवर्तमान केन्द्रीय उपाध्यक्ष दीपक श्रेष्ठका अनुसार घोराही उपमहानगरपालिका–१३ को कलमघारीमा स्रोत केन्द्रका लागि जग्गा छनोट गरिएको थियो तर अहिले पनि मौरी स्रोत केन्द्र स्थापनाको काम अघि बढ्न नसकेको बताउनुभयो ।
सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुङ्गानाविरुद्ध राजस्व न्यायाधीकरणमा आफैँसँग इजलास सेयर गरेका एक सदस्यले संसदीय सुनुवाइ समितिमा उजुरी गरेको पाइएको छ । ढुङ्गानाले न्यायाधीकरणको अध्यक्षता गर्दा लेखा सदस्य रहनुभएका पुष्पप्रसाद गुरागाईंले समितिमा उजुरी दिनुभएको हो । सुनुवाइमा प्राप्त उजुरी यसअघि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा पनि परेको थियो । न्यायाधीशको सुनुवाइ यही मङ्सिर २७ गतेदेखि मात्र हुने छ ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गैरआवासीय नेपालीले समेत प्रतिस्पर्धा गरी उपकुलपति नियुक्त हुने व्यवस्था गर्न राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सहमति भएको छ । समितिमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा छलफलका क्रममा यस प्रकारको सहमति भएको हो ।
नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको नयाँ जहाज खरिद बोलपत्रमा तीन वटा विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन् । निगमले गत कात्तिक ५ गते सार्वजनिक गरेको बोलपत्रमा दुर्गममा उडान भर्ने तीन वटा साना जहाज खरिदका लागि क्यानडा, चीन र भारतीय कम्पनीले चासो देखाएका हुन् ।
चितवन एफिसी र बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) मा बराबरी खेल्दै अङ्क बाँडेका छन् । दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा चितवन र बुटवल १–१ गोलको बराबरीमा करोकिए ।