गीत/सङ्गीतको रोयल्टी सङ्कलन सम्बन्धमा सोमबार एक सम्झौता भएको छ । प्रस्तोता समाज नेपाल, सङ्गीत रोयल्टी सङ्कलन समाज नेपाल, सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपाल र चिरायु अस्पतालबिच सो सम्झौता भएको छ । प्रस्तोता समाजका कार्यवाहक अध्यक्ष निर्णय श्रेष्ठ, रोयल्टी सङ्कलन समाज नेपालका कार्यवाहक अध्यक्ष चन्द्र शर्मा र सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर तथा अस्पतालका निर्देशक सञ्जीवराज भण्डारीबिच अस्पतालमा गीत/सङ्गीतको सार्वजनिक प्रयोग भएबापत रोयल्टी सङ्कलनको सम्झौता भएको हो । अध्यक्ष मगरले अस्पतालले तीनवटै सिएमओका सदस्यलाई उपचारमा हुने छुटको समेत महत्वपूर्ण सम्झौता गरिएको बताउनुभयो ।
अत्यधिक गर्मीले छटपटी भइरहेका बेला विद्युत् अनियमित भइदिँदा मलङ्गवा वितरण केन्द्र अन्तर्गतका सेवाग्राही मारमा परेका छन्। नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्र अन्तर्गत पर्ने गाउँका बासिन्दाले विद्युत् नियमित नहुँदा गर्मीले थप छटपटीमा परेको गुनासो गरेका हुन्। हुलाकी सडकमा पर्ने बिजुलीको खम्बा सार्न भन्दै मलङ्गवादेखि पूर्वी भेगमा सोमबार दिनभर बत्ती काटियो।
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा करिब डेढ अर्ब रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम ‘क’ वर्गका वाणिज्य बैङ्क, ‘ख’ वर्गका विकास बैङ्क र ‘ग’ वर्गका फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
रुकुमपश्चिमको कर्णाली बेभरेज इन्डस्ट्रिज प्रालिले ‘रुकुमको’ नामक प्रशोधित शुद्ध पिउने पानी बजारमा ल्याएको छ । जिल्लाको आठबिसकोट नगरपालिका–१२, झिनचौरमा रहेको कर्णाली बेभरेजले प्रशोधित शुद्ध पानी बजारमा पठाउन थालेको हो । बेभरेज प्रालिका अध्यक्ष दलबहादुर शाहका अनुसार वडा नम्बर १० झारमारे लेकको मुहानबाट ल्याएको पानी प्रशोधन गरेर शुद्ध पिउने पानी ‘रुकुमको’ नामबाट बजारमा पठाउन थालिएको हो । उहाँका अनुसार स्थानीय बजारका साथै जिल्लाबाहिर समेत पानी बिक्री हुन थालेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।
दोस्रो चरणमा बिस्तार हुन गइरहेको चक्रपथ सडक खण्डको कलङ्कीदेखि महाराजगन्जसम्मको सडकको अवस्था बारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय प्रकाश ज्वालाले अनुगमन गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी वाणिज्य बैङ्कहरूलाई २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा विभिन्न छ वटा सुविधा प्रदान गर्ने भएको छ । राष्ट्र बैङ्कले नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन/परिमार्जन/थप गरी सुविधा थप गरेको हो ।
नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई दोस्रो चरणमा धितोपत्र दलाल व्यवसायीको प्रमाणपत्र (ब्रोकर लाइसेन्स) प्रदान गरेको छ । यसअघि बोर्डले पहिलो चरणमा सात वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको थियो । दुई चरणमा रिब्रोकर लाइसेन्स प्राप्त गर्ने कम्पनीको सङ्ख्या १९ पुगेको छ ।
मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको नौ वर्षपछि निर्माण हुन थालेको छ। कानेपोखरी र रङ्गेली नगरपालिकाको सीमा खोलामा निर्माण हुने यो पुल फिचर एन्ड सराउद्दिन जेभिले २०७१ सालमा ठेक्का पाई काम सुरु गरेको थियो।
अर्थमन्त्री डा. प्रकाशशरण महतले वार्षिक बजेट तर्जुमाका क्रममा बाह्य व्यक्तिलाई सामेल गराई करका दर हेरफेर गरेको आरोप नियोजित भएको बताउनुभएको छ । उहाँले करका दर हेरफेरका लागि अवकाश प्राप्त नायब सुब्बा रामकृष्ण श्रेष्ठलाई प्रयोग गरेको भन्ने आरोप खण्डन गर्नुभयो । उहाँले अनधिकृत व्यक्तिले चलखेल ग-यो भन्ने नियोजित भाष्य मात्र भएको टिप्पणी गर्नुभयो । उहाँले श्रेष्ठलाई अधिकार प्राप्त व्यक्तिले गरेको निर्णय कार्यान्वयनका लागि निर्णयकर्ताकै निर्देशनमा काम लगाइएको बताउनुभयो ।
कार्यक्रमका अध्यक्षज्यू, उपस्थित महानुभावहरू, कूटनीतिक प्रवासी सदस्यहरू, वक्ताहरू, प्रतिनिधिहरू, पत्रकार मित्र, पाटा नेपाल विद्यार्थी च्याप्टरका पर्यटन व्यवसायी, विशिष्ट अतिथि, महिला तथा सज्जनवृन्द, नमस्ते र शुभ सन्ध्या । नेपालको सुन्दर सहर काठमाडौँमा चौथो हिमालय ट्राभल मार्टमा तपाईंहरू सबैलाई स्वागत गर्न पाउँदा मलाई गर्व लागेको छ । नेपाल सरकारका तर्फबाट विश्वभरका सम्माननीय व्यक्तित्वहरू, सरकारी अधिकारीहरू, वैचारिक नेतागण, वक्ताहरू, विश्वव्यापी व्रmेता र बिव्रmेता, यात्रा ब्लगर, पत्रकार मित्र र प्रतिनिधिहरूलाई म न्यानो स्वागत गर्दछु ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धात्मक बनाउन सरकारले सहयोग गर्ने बताउनुभएको छ । राजधानीमा मङ्गलबारदेखि सुरु भएको चारदिने हिमालयन ट्राभल मार्ट उद्घाटन कार्यक्रममा बोल्दै उहाँले नेपाललाई पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्न पर्यटन पूर्वाधारमा लगानी गर्न सरकार प्रतिबद्ध रहेको जनाउनुभयो ।
शिक्षकको तलबका लागि भिरमौरी सहयोगी भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुइने मङ्गलेमा भिरमह बेचेर प्राप्त भएको आम्दानीले विद्यालयका शिक्षकलाई तलब दिने गरिएको छ । वडा कार्यालयले भिरमहको सिकार गर्न ठेक्का लगाउँछ । यस वर्ष भिरमहको सिकार गर्न गाउँका तीन जनाले वडाभरको भिरमा रहेका माहुरीको घारबाट मह सङ्कलन गर्ने ठेक्का पाएका छन् । भिरमह ठेक्का लगाएर प्राप्त भएको आम्दानी स्थानीय एक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबमा खर्चिने गरिएको छ ।
रुकुम पश्चिममा मंगलबार दिउँसो भेटिएका बम नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना पर्ने त्रिसिङमा फेला परेका बम रुकुम पश्चिममा रहेको नेपाली सेनाको चण्डिदल गण सल्लेको टोलीले डिस्फोज गरेको हो ।
मंगलबार भएको खेलमा नेपाल घरेल टोली म्यानमारसँग ५–० गोलले पराजित भएको हो । पहिलो हाफमा दुई गोल गरेको म्यानमारले दोस्रो हाफमा तीन गोल थपेको थियो ।