• १२ साउन २०८१, शनिबार

मुस्ताङका कलाको चर्चा

blog

काठमाडौँ, मङ्सिर २२ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परम्परागत चित्रकला विभागको आयोजनामा बिहीबार मुस्ताङका कलाका बारेमा अन्तर्क्रिया गरिएको छ । 

अन्तर्क्रियामा मुस्ताङका कलाकार छिरिङ फोन्जो गुरुङले कार्यपत्रमार्फत त्यहाँका गुम्बा, चैत्य, गुफादेखि घर–सम्पदामा रहेका कलाका बारेमा जानकारी गराउनुभएको थियो । कलाकार छिरिङले नेपालको हिमाली भेगका कलाको खोज, अनुसन्धान र प्रवर्धन गर्न जरुरी रहेको उल्लेख गर्दै कलामार्फत पर्यटन विकास गर्न राज्यले ध्यान दिनुपर्ने विचार व्यक्त  गर्नुभयो ।

प्राज्ञ परिषद् सदस्य पाल्साङ्मो लामाले मुस्ताङका कलाका बारेमा अध्ययन अनुसन्धान गरी त्यहाँको मौलिकता र परम्परा खोजी गर्नु नै कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । 

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञ परिषद् सदस्य प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारीलगायतको उपस्थिति थियो ।